Sunday, February 23, 2014

Selfie

अहिले सोसियल नेटवर्कतिर "सेल्फी" को खुब चर्चा छ । आफ्नो फोटो आफैँ खिचेर अपलोड गर्ने यो ट्रेन्ड विशेषगरी पश्चिमी देशका युवतीहरूमा प्रख्यात छ तर अहिले सबैतिरका सबैथरीले यसो गर्न थालेका छन् । अमेरिकी प्रथम महिला मिसेल ओबामाले सेल्फी राखेको भनेर आलोचित भएकी थिइन् । हुन त यस्ता सेल्फी पहिलेदेखि नै खिँचिदै आइएका हुन् तर अहिले धेर चलेको सेल्फीलाई समकालीन आत्मकेन्द्री प्रवृत्तिसँग जोडेर व्याख्या गर्न सकिन्छ जस्तो लाग्छ । परिवार विखण्डित भएको, आदर्शहरू धूलिसात् भएको, ईश्वरको मृत्‍यु भएको यो उत्तरआधुनिक युगमा मान्छेको एउटै सम्बल भनेको आफैँ हो । त्यसमाथि प्रविधिको विकासले यो आत्मकेन्द्री प्रवृत्तिलाई झनै बढावा दिएको छ । मोबाइल सेटमा झुन्डिएर बस्ने पुस्ता नार्सिसिस्ट हुनु आश्चर्यको कुरा हैन ।

No comments: