Wednesday, May 29, 2013

"Saurabhkaa 25 Barsa"

"सौरभका पच्चीस वर्ष"  पढिसिध्याएँ । अखबारहरूमा स्तम्भ लेख्ने सौरभका लेख जटिल हुन्छन् किनकि उनी आफूले जानेका सबै कुरा एकै ठाउँमा पोख्छन् । धैर्य गरेर पढ्नुपर्छ उनका लेख । तर सौरभ  प्रखर पाठक अनि निर्भीक टिप्पणीकार हुन् । पंचायतकालदेखि गणतन्त्रकालसम्मका घटनामा टिप्पणी गरेका छन् उनले । उनी तर्क गर्न माहिर छन् । आफ्नो तर्कलाई पुष्टि गर्न उनी प्राय: विदेशी सन्दर्भ ल्याउन चुक्दैनन् ।  यो पुस्तकमा उनका पुराना र नयाँ लेखहरू समावेश गरिएको छ, पहिल्यै कान्तिपुर, गोर्खापत्र, देशान्तर, राजधानीलगायतका पत्रिकामा छापिएका । देशमा अराजकता ल्याउने जोकोही (जातिवादी, भ्रष्ट, विदेशी)  लाई पनि उनले आफ्नो तीखो लेखनीले प्रहार गरेका छन् । देश बनाउने पवित्र ध्येय राखेर लेखेका जस्ता लाग्छन् सौरभले यी लेख । ठूला दलका नेता, पंच, राजा, कर्मचारी, प्राध्यापक, वकिल, पत्रकार सबैको  विकृति  औंल्याएका छन् उनले । अनि उनमा हास्यचेत पनि प्रबल रहेछ । एउटा लेखको सुरुवातै उनले जोकबाट गरेका छन् भने हास्य छिर्का लेखहरूमा प्रशस्त पाइन्छन् । तर उनले प्रयोग गरेका केही बिम्ब बुझ्न गाह्रो हुने । (यति कुरा त पाठकले बुझ्नुपर्ने हो भनेर जिस्क्याउँछन् हामीलाई उनी घरिघरि ।) पुस्तकको  सम्पादन चाहिँ गतिलो भएको छैन । भाषिक अशुद्धि प्रशस्त छन् । कतिपय पुराना लेखका सान्दर्भिकता निर्देशनका लागि केही लेखिनुपर्थ्यो, त्यसमा अल्छी गरिएको छ । पादटिप्पणी भने छन् जसले अल्लि सजिलो पार्छ कुरा बुझ्न । छपाइमा समस्या भएर होला कुनै शब्द टुक्रिन पुगेका ।      


Tuesday, May 28, 2013

Dan Brown's "Inferno"

Finished reading Dan Brown's latest novel "Inferno" (in ebook). It is more than 500 pages long. The burning issue of environmental crisis that the world is facing is the subject of this novel. Human population has been growing at an alarming rate and the world is in precarious position because of it. The bleak scenario that environmental specialist Paul Ehlrich depicted in his book "The Population Bomb" is true. Human consumption of natural resources and exploitation has contributed to global warming and climate change which have been wreaking havoc in many countries. Dan Brown has fictionalized this issue in his signature thriller featuring Harvard symbologist Robert Langdon. A visionary genetic scientist Bertrand Zobrist has produced a vicious virus which aims to terminate human productivity. He seeks the help of a global security organization called The Consortium to put him in a secret place to work on this virus as he is on the watchlist of World Health Organization as a potential bioterrorist. He has sent a videotape to The Consortium for uploading on the web at a certain date but out of a sudden he commits suicide. In the tape, he has indicated the place where he had planted virus pathogens and WHO seeks the help of Robert Langdon to locate that place as Zobrist's message is riddled with symbols referring to Dante's famous work "Inferno". Will Langdon be able to stop the spreading of the virus or is it too late? During the race against time to stop the virus, Langdon is physically assaulted, is duped by an apparent helper, stalked by an assassin, has to see his friend dying, has to run around Italy hungry and faces stressing situations galore. There are many thrilling moments in the novel. The secret organization The Consortium works just like Consumer Recreation Services in David Fincher's movie "The Game" (if you have watched the movie). I found the novel enjoyable and there is silly fun to be had. Not the stuff for readers who demand seriousness in fiction. But behind the madness of the narrative there is a serious message of environmental awareness and activism which is very relevant to modern times.

Monday, May 13, 2013

Guns, Germs and Steel

ज्यारेड डाइमन्डले अंग्रेजीमा लेखेको विगतको १३००० वर्षको विशाल पुस्तक "गन्स, जर्म्स यान्ड स्टिल" पढ्दा धेरै तथ्य थाहा पाइयो । युरोपले सारा संसारलाई आफ्नो साम्राज्य बनाउन कसरी सफल भयो भन्ने प्रश्नको उत्तर डाइमन्डले वातावरण र भौगोलिकताका आधारमा दिएका छन् । सिकारी प्रवृत्तिमै रहेका आदिवासीहरू कृषि गर्ने मानिसको तुलनामा कमजोर हुँदा रहेछन् र सजिलै पराजित भएछन् । दीर्घकालसम्म युरोप र एसियामा कृषि गर्नेहरूसँग धारिला हतियार, पशुमाथिको नियन्त्रण, आवागमन गराउने वाहनमाथि आधिपत्य हुनाले उनीहरूले सिकारी आदिवासीलाई हराउन सफल भए । यिनै कुराको अभावले गर्दा आदिवासी (जस्तो, अमेरिकाका रेड इन्डियन्स, अस्ट्रेलियाका एबोरिजिनल्स, न्युजिल्यान्डका मोरिओरी तथा माओरी, अफ्रिकाका पिग्मीहरू) युरोपियनहरूबाट सहजै पराजित भए । अनि कृषि तथा पशुपालन गर्नेहरूलाई पशुबाट सरेका अनेक रोग पचाउने क्षमता विकास भैसकेको हुँदो रहेछ र तिनीहरू आदिवासीकोमा जाँदा त्यो रोग थाहै नपाई सारिदिँदा रहेछन् । आदिवासीहरूमा त्यो रोगसँग लड्ने क्षमता नभएर पनि भकाभक मर्ने रहेछन् । हुन त युरोपेलीहरू आदिवासीकहाँ पुग्दा स्थानीय रोगको सामना गर्नुपरेको थियो तर युरोपेलीहरू यसबाट सोत्तरै चाहिँ भएनन् । अनि अक्षर र लेखाइको आविष्कारले पनि सूचना तीव्र गतिमा संचार गर्न पाएर युरोपेलीहरूले आदिवासीलाई युद्धमा हराउन सकेका रहेछन् । यसरी हालको विश्वमा राजनीतिक सन्तुलन बन्नुमा भौगोलिक तत्त्वले ठूलो भूमिका खेलेको छ भन्ने डाइमन्डको तर्क छ । यसलाई वातावरणीय भाग्यवाद भनेर आलोचना गरिएको छ किनकि मानवले गर्ने आविष्कार र मानवीय सिर्जनालाई यसले नकारेको जस्तो देखिन्छ । तर फलानो जातिका मानिस महान र अन्य तुच्छ हुन्छन्, महानले तुच्छलाई जित्छन् नै भन्ने जातिवादी व्याख्याकारको घृणास्पद तर्कभन्दा त यो तर्क नै राम्रो हो जस्तो लाग्छ । जे भएपनि डाइमन्डको यो पुस्तकले पाठकलाई गतिलो बौद्धिक खुराक दिन्छ ।

Tuesday, May 7, 2013

Germany Tour


कुर्भे भन्ने संस्थाले दिने शान्ति तथा समावेशितासम्बन्धी दुईवटा तालिममा भाग लिन २०१३ मार्च १७ देखि मार्च ३० सम्म जर्मनीको भ्रमणमा सहकर्मी सुमित्रा राईसँग गएको थिएँ शनिवार, मार्च १६ मा कतार एयरवेजबाट विमानयात्रा गर्नु थियो अनि दोहा ट्रान्जिट परेको थियो अध्यागमनसम्बन्धी सबै प्र क्रिया समयमै पूरा गरियो सेन्जेन भिसा भएपनि अरु देश जान मिल्नेगरी लामो समयको भिसा दिएको हैन जर्मन एम्बेसीले भैगो, जर्मनीका सहर घुम्न पाइहालिन्छ नि !  खैर, दोहा जाने विमान यहाँ त्रिभुवन विमानस्थलबाट राति ७:३० बजे उड्यो
कतार एयरवेजको सुविधा राम्रै हो तर लामो विमानयात्राको अनुभव नभएकाले होला, अल्लि वाकवाक लाग्ला जस्तो हुँदै प्लेनमा बसिरहियो अझ, कतारमा श्रम गर्न जाने एउटा नेपालीले प्लेनमै बेस्सरी रक्सी धोकेर हल्लाखल्ला मच्चाएकाले दिक्क लाग्यो अन्तर्राष्ट्रिय परिवेशमा नेपालको बेइज्जती गर्ने कुपात्रदेखि घृणा लागेर आयो यस्तोमा राम्रो निदाउन के सकिन्थ्यो ? अनि प्लेनको खाना पनि बेस्वादिलो सुमित्राजीले खासै खानै सक्नुभएन, मैले चाहिँ भोजनभन्दा भोक मिठो भन्दै खाएँ फिल्म हेर्न पनि मन लागेन
लगभग ४:३० घन्टाको उडानपछि दोहा विमानस्थलमा झरियो विमानबाट झर्दा हप्प गर्मीको हावाले छोप्यो विमानस्थलको गाडीले ट्रान्स्फर यान्ड डिपार्चरमा लगेर छोड्यो कति विशाल हो विमानस्थल, बाफ रे ?  काठमाडौं सहरजत्रो एयरपोर्टै होला विमानस्थलमा काम गर्ने अधिकांश नेपाली पो रहेछन् खासै कुरा गरिएन उनीहरूसँग अनि सुरु भयो बर्लिन जाने विमान कुर्ने क्रम पाँच घन्टाको ट्रान्जिट फेसबुक चलाएर, यसो कुर्सीमै पल्टिएर बिताइयो
पाँच घन्टा बितेपछि बर्लिन जाने प्लेन दोहाबाट उड्यो विमान परिचारिकाले दिएको कम्बलले मुख ढाकेर बसियो अलिअलि निदाइएछ यहाँ पनि खाना ठीकठीकै थियो खाना खाएपछि चाहिँ राम्रै निदाइएछ बिहानीपख ब्रेकफास्ट गर्ने हो भन्दै एयर होस्टेसले ब्युँझाइन् जागेपछि प्लेनको झ्यालबाट यसो बाहिर हेरेको सूर्योदय हुनलागेको अनुपम दृश्य देखियो तल हेर्दा सानाठूला सहर देखिए मजा आयो
आइतबार स्थानीय समयअनुसार बिहान ६:३० बजे बर्लिनको टेगेल विमानस्थलमा झरियो ओहो, बर्लिन क्या जाडो रहेछ मुटुसम्म काँपियो नि नेपाल कतारमा गर्मी थियो त्यसैले पातलै लुगा लगाइएको थियो, यहाँ यतिले के पुग्थ्यो ? हतारहतार भित्र पसेर अध्यागमनको काम सकियो अब शौचकर्म पो कता गर्ने ? यहाँ पेट दुख्न थालिसक्याछ त्यहीँ कुनामा रहेछ शौचालय त्यहँ गएर सफा भइयो ट्वाइलेटमा काम गर्ने वृद्ध महिलाको कारुणिक मुहार देखेर दया लाग्यो हरे, यो उमेरमा पनि जागिर गरेर पेट पाल्नुपर्ने
त्यसपछि एयरपोर्ट इन्फर्मेसन सेन्टरमा ट्रेन स्टेसन जाने बसका बारेमा सोधेर बाहिर निस्किइयो बस पनि आइपुग्यो हप्तवाहनोफ (रेल स्टेसन)  सम्मको टिकट काटियो स्टेसनमा पुगेपछि अब जाल्जवेडल जाने रेलको टिकट कता काट्ने, बर्लिन टुर गराउने बस कता पाइन्छ लगेज राख्ने ठाउँ कता हो भनेर टुरिस्ट इन्फर्मेसन डेस्कमा सोधियो त्यहाँकी महिलाले अंग्रेजीमा बताएपछि टिकट काउन्टरमा गएर पैसो तिरेर स्टेन्डाल हुँदै जाल्जवेडलसम्मको टिकट काटियो, दिउँसो २:३० बजेका लागि अनि दिनभरिका लागि एउटा लकरमा लगेज राखियो त्यसपछि बस खोज्न गइयो यति गरुन्जेल ८:३० जति भएको थियो चढ्दै, झर्दै गर्ने सुविधा भएको घुम्ती बस १० बजेदखि मात्र हिँड्छ पो भन्छन् टिकट काटियो अनि जाडोमा तातो/तीतो कफी पिउँदै बस कुर्न थालियो
बल्ल १० बज्यो गाडी चढियो कानमा एयरफोन लगाएर रेकर्डेड कमेन्ट्री सुन्दै बर्लिनका प्रमुख स्थल घुम्न थालियो भिक्ट्री टावरनजिक ओर्लिएर टावरमाथि चढियो हाम्रो धरहराजस्तै रहेछ भुइँतलामा ऐतिहासिक महत्त्वका तस्विर राखिएका रहेछन् थुप्रो भर्याङ चढेर माथि पुगियो त्यहाँबाट बर्लिनका धेरै भाग देखिने रहेछन् अरु पर्यटक पनि थिए तीसँगै दृश्यावलि हेरियो फोटा पनि खिँचाइयो केही समय त्यहाँ बिताएपछि झरियो बस कुर्न थालियो खै, समयमा आउँदैन बस फेरि तल कुर्नप¥यो केही समय कुरेपछि बल्ल आयो बस अनि त्यहीँबाट अलेक्जेन्डरप्लाट्जलगायतका ठाउँ पुगियो त्यता चाहिँ ओर्लिने इच्छा लागेन बरु बर्लिन वाल चेकप्वाइन्ट चार्लीमा ओर्लेर लामै समय घुमियो शीतयुद्धको समयमा कम्युनिस्ट पूर्वी जर्मनी पुँजीवादी पश्चिमी जर्मनीलाई छुट्ट्याउने बर्लिन वालतिरै नाजीकालीन यातनागृहका भग्नावशेष पनि रहेछन् यी सबै पुराना अवशेषले इतिहासका कालखण्डलाई सम्झाइरहनेछन् अनि बर्लिन सहरको विशेषता नै ऐतिहासिक महत्त्व बोकेका यहाँका प्राचीन भवन तथा स्मारकहरू रहेछन् रमाइलो लाग्यो घुम्दा
जाडो छेक्ने बाक्ला लुगा नभएर चाहिँ गाह्रै भयो हावा उधुम चलने, सिरेटोले हानेर उल्का घुमघाम गर्दा पनि जाडोले अप्ठ्यारै पार्ने अनि भिखारीले पैसा मागेर समेत हैरान बनाउने तैपनि सकेसम्म घुमियो नै गाडी, रेल, पसलभित्र चाहिँ न्यानो
चेकप्वाइन्ट चार्ली घुमेर गाडी चढ्दा रेलको समय हुन लागिसकेको थियो अरु ठाउँ घुम्न नमिल्ला जस्तो भो बसले रेल स्टेसन ढिलो पु¥याउने पो सुर कस्यो ड्राइभरलाई हाम्रो रेल छुट्ने भो भन्दा अर्को बसको मान्छेसँग कुरा गरेर त्यसमा चढाइदियो लगभग १८ मिनेट बाँकी हुँदा रेल स्टेसन पुगियो हतारहतार लगेज झिकेर रेलतिर कुदियो फेरि पिसाबले च्यापेर यहीबेला त्यो पनि सिध्याएर रेलको प्ल्याटफर्म पुगियो ढोकामा टिकट चेकर कुनै मेसिन टिकट हेर्ने यही रेल होला नि हाम्रो गन्तव्यमा पु¥याउने भित्र छिरेर एउटी वृद्ध महिलालाई सोधियो, यो स्टेन्डाल जान्छ भनेर कस्तो जहाँ गए पनि अंग्रेजी बोल्ने मान्छे भेटिएका ? उनले हो भनेपछि ढुक्क भइयो सुमित्राजी चाहिँ गलत रेलमा चढियो कि भनेर त्राहि हुनुभयो
रेलभित्र पनि टिकट चेक गर्न कोही नआउने रहेछन् टिकटचेकर हुन हुँदा रैछन् तर कहिले आउने, कहिले नआउने गर्दा रैछन् सीमित मानवीय स्रोतको मात्र उपयोग गरिँदो रहेछ टिकट नलिई यात्रा गर्दा पनि चेक गर्न खासै नआउने पो रहेछन् तर त्यहाँका मान्छेले सरकारलाई धोका दिँदैनन् खैर, निर्धारित समयमा स्टेन्डाल पुगियो ओर्लिइयो हराइएला भनेर डराउनै पर्ने रहेनछ किनकि रेलले स्टेसनैपिच्छे घोषणा गर्ने रहेछ त्यसपछि फेरि जाडोमा जाल्जवेडल जाने रेल कुर्न थालियो निर्धारित समयमा रेल आयो चढियो जाल्जवेडल रेल स्टेसनमा चरो मुसो छैन बा ! हामी जाने वुस्त्रो भन्ने ठाउँका लागि ट्याक्सी लिनुपर्ने, देखिँदैन कतै नि ! एउटी केटीलाई सोधेको, अंग्रेजी बुझ्दी पनि रैनछे, बोल्दी पनि रैनछे एकछिन अलमल्ल पर्यौं पछि एउटा ट्याक्सी आयो ड्राइभरलाई सोधेको जान्छु भन्यो, अंग्रेजी पनि बोल्दो रैछ जे होस्, साँझको पाँच बजे वुस्त्रो पुगियो त्यहाँ रहेकी इन्टर्न जेनिफरले हामीलाई स्वागत गरिन् आआफ्ना कोठा देखाइदिइन्      
अब भोलिपल्ट सोमबारदेखि पहिलो कार्यशाला तालिम सुरु हुने हो त्यो दिन सफा भइयो अनि खाना खाएर सुतियो भोलिपल्ट दिउँसो बजेबाट तालिम सुरु भयो त्योभन्दा अगाडि त्यहाँ रहेका सबैसँग अनौपचारिक परिचय आदानप्रदान भयो नेपालकै अर्को संस्थाका अनिल पनि रहेछन् अनि नाइजेरियाका दुई, मेसिडोनियाकी एक जर्मनीकै तीन सहभागी पनि थिए शान्ति व्यवस्थापनसम्बन्धी तालिम दिने योखन आन्याले हामीलाई विषयगत जानकारी राम्रो गरी दिए अन्य सहभागीहरूसँग मिलेर कार्यशालामा सक्रिय भाग लियौं हामीले सुरुसुरुमा विषय केही नि बुझिएन, पछि बुझ्दै गइयो
टाइम जोन परिवर्तन भएकाले शरीरलाई त्यहाँ एडप्ट हुन चाहिँ गाह्रो भयो राति राम्ररी निदाउन सकिएन त्यताको चामल अल्लि मोटोखाले हुनाले पचेन पनि ब्रेड पनि पेट घोच्नेखालको साह्रो तर ठाउँ भने साह्रै शान्त गाउँ हो ससानो वस्ती, थोरै मान्छे हिउँ परेको कस्तो मनोहर दृश्य भने ! पश्चिमी आख्यानमा पढेको साइलेन्ट स्नोफल प्रत्यक्ष देख्न पाउँदा चित्त प्रफुल्लित भयो बाहिर घुम्न निस्कन जाडोले गर्दा आँट आएन तर संस्थाको चौरमा जमेको हिउँमा उफ्रिएर रमाइलो गरियो अनि संस्थाका मान्छे साह्रै असल हुनाले गजबको आतिथ्य पाइयो त्यो ठाउँमा शाकाहारी भोजन मात्र गरिने हुनाले मलाई सजिलो भयो बिहीबार बेलुका वुस्त्रोभन्दा अलि पर रहेको सामुदायिक रेस्टुरेन्टमा गएर डिनर गरियो त्यति स्वादिलो लागेन खाना घरमा श्रीमती, छोरीसँग स्काइपमा च्याट गरिन्थ्यो
शुक्रबार १२:३० मा पहिलो तालिम सकियो सप्ताहान्तमा ह्याम्बर्ग जाने योजना बनाइयो हामी तीन नेपालीले कुर्भेमै काम गर्ने जेसिकाकी साथी आन्याको ह्याम्बर्गमा अपार्टमेन्ट रहेछ, उनले बस्न दिने भइन् ठेगाना लिएर गइयो वुस्त्रोबाट उल्त्सन भन्ने ठाउँसम्म गाडीमा अनि त्यहाँबाट रेलमा जानुपर्दो रहेछ   तालिम दिने आन्याले आफ्नै गाडीमा एक घन्टामा उल्त्सन पुर्याइदिइन् उल्त्सनमा आन्या, उनका श्रीमान् छोराछोरी अनि सुलामिथचाहिँ गाडी पार्क गरेर ह्यानोभरतिरको रेल चढ्ने तरखर गर्न थाले भने हामीले चाहिँ ह्याम्बर्ग जाने रेल चढ्यौं एक घन्टामा त्यहाँबाट ह्याम्बर्ग पुगियो
ह्याम्बर्गबाट छोटो दूरीको रेल चढेर आल्टोना भन्ने ठाउँ जानुपर्ने पो रहेछ हामी बस्ने अपार्टमेन्ट पुग्न गयौं आल्टोना रेल स्टेसनमा ओर्लियौं अब त्यो अपार्टमेन्ट भएको थेडेस्टास पो कता हो ? त्यहाँ नक्सा रैछ तर त्यो हेरेर पनि केही थाहा पाइएन बाहिर निस्केर एउटी भद्र देखिने जवान महिलालाई सोधियो त्यो दार्जिलिंगसम्म आएकी नेपालको बारेमा थाहा पाएकी मिसनेरी रहिछ भरे के योजना , बाइबल सुन्न जाउँ भन्दैथिई हुन्छ भनेर नम्बर लिइयो, तर को जाओस् अजनबीसँग लुट्देलान् भन्ने डर त्यसले पनि थेडेस्टास पत्ता लगाउन सकिन अनि स्टेसनको इन्फर्मेसन डेस्कमा सोधियो हेर, त्यहाँ पनि अंग्रेजी बोल्न जान्ने मान्छे रहेछ गुगल म्याप हेरेर ठ्याक्कै भनिदियो
नजिकै रहेछ थेडेस्टास हिँडेर १५ मिनेटमा पुगिने त्यो ठाउँ पुगियो तर हरे शिव, हामीलाई जेसिकाले तीन तलामाथिको अपार्टमेन्टको ढोकाको साँचो जुत्तामा भनेकी थिई यहाँ तलै आइरन गेटमा साँचो रैछ अब के गर्ने ? फेरि चिसो स्याँठले हानेर जिउ थिलथिलो भको तलैको अर्को घरको ढोकामा घन्टी बजाइयो एकजना भद्र महिला निस्किन् अनि हामीले आन्याको अपार्टमेन्ट छिर्नुपर्ने थियो तर तलै गेटमा पो साँचो चाहिने रहेछ भन्यौं उनी अंग्रेजी बोल्न जान्ने रहिछन् उनले आफ्नो घरको सुरक्षा गर्न यसै गर्छन् नि, तिमीहरू राम्ररी कुरै नबुझिकन किन आएका भनिन् अनि जेसिकालाई फोन गरेको, उसले उठाइन बर्बादै हुने भो नि ! तिनै महिलालाई हामीले यता नजिकै कतै होस्टेल भनेर सोध्यौं उता सडकपारि भनिन् लौ भनी हामी गयौं साथीहरूले मलाई प्रस्ट कुरा नबुझी किन आएको भनेर ख्याउँख्याउँ गरे पनि मलाई के था भनेर झर्किएँ चिसो हावाले हानेर बिजोक भाछ तर अलि पर के पुगेका थियौं ती महिलाले चिच्याएर हामीलाई बोलाइन् भगवान् छन् भन्दै खुसी हुँदै हामी पनि दौडियौं तिनले गरेको फोन हेरेर जेसिकाले उठाइछ कलब्याक गरिछ अनि उनीहरूले जर्मन भाषामा कुरा गरेपछि ती महिलाले हामीलाई आन्याको कोठासम्म पु¥याइन् तपाईंले देवदूत नै हुनुभो हाम्रा लागि भनेँ मैले उनलाई मेरो पखेटा आको छैन भनेर ठट्टा गरिन् उनले गइन् सन्तोषको सास फेर्यौं   हामीले अझ, कोठाको न्यानो पाएर हर्षित भयौं
आन्याले कोठा हाम्रो विश्वासमा छोडेर अन्तै गएकी थिइन् विदेशीहरूको यस्तो विश्वास देखेर हामी नतमस्तक भयौं आन्या एकचोटि नेपाल आएकी रहिछन् नेपालीप्रति उनमा आत्मीयता रहेछ त्यसले पनि हामीलाई सजिलो बनायो कोठामा एकछिन आराम गरेपछि चामल, प्याज गोलभेंडा किन्न अनिल बाहिर निस्कियौं अनि ल्याएपछि सुमित्राजीले पकाउनुभयो खाएर सुत्यौं हामी एकैचोटि भोलिपल्ट बिहानमात्र ब्युँझिनेगरी
भोलिपल्ट उठेर फेरि खाना खाएर आल्टोनाको रेल स्टेसनमा आयौं त्यहाँ ह्याम्बर्ग जाने रेल चढ्यौं ह्याम्बर्गको मेन स्टेसनमा पुगेपछि अनिल हामीसँग छुट्टिएर अन्तै लाग्यो, सोमवार वुस्त्रो आइपुग्छु भनेर सुमित्राजी चाहिँ सहर दर्शन गर्ने गाडी चढेर ह्याम्बर्ग घुम्न थाल्यौं यो पनि पुरानो सहर रहेछ ऐतिहासिक महत्त्वका प्राचीन भवन यहाँ पनि प्रशस्त रहेछन् बसमै बसेर गाइडले प्रमुख ठाउँको जानकारी गराउँदै लगे हामी एल्बे नदीको किनारमा ओर्लियौं एल्बे नदी चाहिँ नर्थ सी (उत्तरी समुद्र) मा गएर मिल्ने विशाल नदी रहेछ त्यहाँ हार्बर बोट ट्रिप गरियो एक घन्टासम्म अनेकथरी जहाज देखाउँदै घुमायो जहाजले गाइड पनि थियो तर उसले पूरै जर्मन भाषा बोलेकोले केही बुझिएन फेरि थकाइ भोक लागेकाले मलाई केहीमा पनि रुचि नै लागेन
एक घन्टापछि हामी फेरि बस चढ्ने ठाउँमा आयौं त्यसपछि अनेकौं ठाउँ घुमाउँदै बसले रेलवे स्टेसन ल्याइपु¥यायो दिउँसोको दुई बजेको थियो मिनियाटुर वन्डरल्यान्ड भन्ने ठाउँ जाने योजना मैले बनाएको थिएँ तर जिउ दुखेजस्तो भएकाले रहर लागेन ह्याम्बर्गबाट आल्टोना गएर हल्का सपिङ गरेर कोठामा पुगी निदाइयो बेलुका उठेर खाना खाएर फेरि सुतियो
भोलिपल्ट उठेर ह्याम्बर्गलाई बाइबाइ गरियो सफा वातावरण, फराकिला सडक, चिटिक्क मिलेका घर, स्वच्छ नदी, समयमा चल्ने यातायातका साधन बर्लिन ह्याम्बर्ग अनि सायद युरोपका सबै सहरको विशेषता होला यिनैमा रम्यौं हामी
ह्याम्बर्गबाट उल्त्सन जाने रेल एक घन्टा ढिलो आयो हरे, जाडोमा फेरि कुर्न पर्यो बल्लबल्ल रेल आयो अनि त्यसमा चढेर एक घन्टामा उल्त्सन पुगियो पुग्दा दिउँसोको एक बजेको थियो रेलबाट झरेर बसस्टप गको, एउटा गाडी देखिन्न बा ! टाइमटेबल हेरेको वुस्त्रो जाने एउटा मात्र गाडी साँझको ५:४५ मा मात्र पो आउने रहेछ थुक्क बुद्धि, पहिल्यै राम्ररी टाइमटेबल हेर्नुपर्ने नि के गर्नु, कुर्नैपर्ने भो अब सुमित्राजी गफिन थाल्यौं जाडोले पो सतायो बेस्सरी बाक्ला लुगा किन ल्याइएनछ नि भनेर थक्थकाइयो अनि त्यहाँ घरिघरि गुन्डीजस्ती देखिने केटी आहोरदोहोर गरिरहेकी थिई लुटपिट गर्देली भनेर डर लाग्यो दुइचोटि अत्ति तीतो कफी पिएँ जाडोमा पिसाबले च्यापेर हैरान अनि पिसाब गरेपिच्छे एक युरो खर्च हुने मैले पार्किङ लटको भर्याङपछाडि गएर तुर्क्याइदिएँ कसले पो देख्ला र ? पैसो बच्यो नि !
बल्लबल्ल साँझमा गाडी आयो चढियो एक घन्टामा वुस्त्रो पुगियो खाना खाएर सुतियो त्यो दिन भोलिपल्ट अर्को तालिम सुरु हुनेवाला थियो दिउँसो तीन बजेमात्र तालिम सुरु हुने भन्ने खबर पाएपछि त्यही कुर्भेमै भएको साइकल लिएर नौ किमि परको लुसो भन्ने बजार घुम्न जाउँ भनेँ मैले सुमित्राजीलाई साइकल लिएर गइयो पनि खैरेले चढ्ने अग्लो साइकल कुदाउन अल्लि गाह्रै भो मलाई तैपनि लगभग एक किलोमिटर कुदाएँ चिसो हावा बेतोडले चलेको थियो अचानक मेरो मुटु उफ्रेर उल्का गाह्रै पो पार्यो हौ आँखाअगाडि सेतो पर्दा पो छायो भो, अब लुसो जान सकिन्न फर्किउँ भनेर साइकल घुमाएर यसो अडिएको त्यहीँ भुक्लुक्क ढलेँ गुल्टिएर तल खेतमा पुगेछु पाँच मिनेटजति बेहोस भएँछु सुमित्राजीले बोलाएको पछि मात्र सुनेँ अघिल्लो दिनको थकान अहिलेको गाह्रोले शरीर थिलथिलो भको रैछ, पेल्न खोजेर के हुन्थ्यो ? फर्केर आएर एक झमट सुतियो अनि बल्ल जिउ चंगा भो
अनिल आइपुगेन ठूलो काण्ड मच्चियो हामीलाई अनिलले धोका दियो अब त्यसलाई बिर्सेर तालिम सुरु भयो स्वेत्का प्रसाद भन्ने ट्रेनर थिए समावेशितासम्बन्धी तालिम दिए सहभागी संख्या थोरै थियो, हामी दुई नेपाली, त्यहीँ कुर्भेमा इन्टर्न गर्न बसेका दुई जर्मन केटी सुडानबाट शरणार्थीका रूपमा आएर बसेकी एउटी अफ्रिकन तालिमका क्रममा दुईटी सहभागीले चर्तीकला देखाए दुवै घमन्डी अनि तीमध्येकी एउटी रुन्ची हैरान खेलाए सबैलाई तर नराम्रो केही भएन बिहीवार दिउँसो उल्रिके भन्ने महिलासँग लुसो बजार घुम्न गइयो किन्न लायक सामान खासै भेटिएन बेलुका चाहिँ रेस्टुरेन्टतिर नगएर आफैँ खाना बनाउने भनेर सबैले आफ्नो देशको खाना बनाइयो हामी नेपालीले आलुको परिकार बनायौं हल्का नाचगान पनि गरियो
शुक्रवार तालिम सकियो बिदाइका बेलामा हामी सहभागीले एकअर्कालाई प्रशंसायुक्त पत्र लेख्यौं बिदाइका बेला प्रायः सबैको आँखामा आँसु थियो एक सहभागी दुई ट्रेनर त्यही दिन हिँडे त्यो दिन इस्टर पनि थियो कार्यालय नै सुनसान भयो हामी भने भोलिपल्ट बिहान निस्कने भनेर बस्यौं अनलाइन टिकट काटियो बर्लिन जाने रेलको
भोलिपल्ट बिहान उठेर दुईटी इन्टर्नसँग बिदा लिएर जाल्जवेडल जाने बस चढियो त्यसपछि स्टेन्डाल हुँदै बर्लिन पुगियो अन्त कतै नलागी टेगेल विमानस्थल पुगियो हाम्रो फ्लाइट दिउँसो २:२० मा थियो सबै प्रक्रिया पूरा गरेर प्लेन चढियो प्लेनमा खाना चाहिँ नमिठो भएपनि मैले सबै खाएँ सुत्दै, उठ्दै बेलुका नौ बजेतिर दोहा पुगियो
दोहादेखि काठमाडौं जाने फ्लाइट ११ घन्टापछि मात्र थियो कत्ति लामो ट्रान्जिट ? बेलुकाको बिहानको खाना दियो कतार एयरवेजले सुत्नलाई कोठा देऊ भनेको ४० डलर तिर्नुपर्छ भन्छ कहाँ पाउनु त्यत्रो पैसा ? कुर्सीमै सुतियो अलिअलि जिउलाई चाहिँ चरम अत्याचार भयो बल्लबल्ल बिहान फ्लाइटको समय आयो प्लेन चढियो त्यसपछि ४:३० घन्टाजतिको फ्लाइटपछि काठमाडौं झरियो आफ्नो देश आइपुग्दा मुटु ढक्क भएर आउने रहेछ
यसरी जर्मनीको १५ दिने भ्रमण सम्पन्न भयो धेरै मिठा सम्झनाहरू अझै मस्तिष्कमा सुरक्षित छन् तीमध्येका केही प्रभाव यहाँ प्रस्तुत गरेको हुँ