Sunday, February 23, 2014

Office blues

कार्यालयमा काम गरेर सन्तुष्ट मान्छे मैले कमै भेटेको छु । थोरै तलब पाउनेदेखि लिएर मोटो तलब बुझ्ने धेरै कर्मचारीलाई आफ्नो काम र कार्यालयप्रति कुनै न कुनै प्रकारको गुनासो हुने गरेकै पाइन्छ । (मेरो आफ्नो अनुभव पनि यही हो ।) किन यसो हुन्छ ? मार्क्सले भनेजस्तो "एलिएनेसन" हो यो कि यसको पछाडि अरु कुनै मनोवैज्ञानिक कारण छ ? कार्यालयको त्यो "स्पेस" नै नकारात्मक हुन्छ कि ? आफ्नै कार्यालय खोलेर बसेकाहरूमा अपनत्वको भावना हुन्छ होला तर अर्काकोमा गएर काम गर्नेलाई असन्तोष रहिरहन्छ । विदेशमा गरिएको एक सर्वेक्षणअनुसार अफिसका कर्मचारीले सबभन्दा बढी चहार्ने वेबसाइट "जब" सम्बन्धी नै हो रे । अधिकांश कर्मचारी आफ्नो काम मन नपराएर अर्को काममा जान तम्तयार हुन्छन् ।

No comments: