Sunday, February 23, 2014

Primitive Communism

प्राचीन इतिहासमा रुचि लाग्न थालेको छ अचेल । विल डुरान्टको ११ भोलुमको "द स्टोरी अफ सिभिलाइजेसन" को पहिलो भाग पढ्न सुरु गरेँ । आदिम समाजमा साम्यवाद थियो । बलियाबांगाले सिकार गरेर ल्याएपछि सबैलाई बराबर बाँड्थे । अन्य कविलाले केही उपहार दिए भने त्यो पनि एक्लैले राख्दैनथे, सबै बाँडिदिन्थे । यस्तो पुनर्वितरण सबैले मानेका मुखियाले गर्थे । कालान्तरमा यो प्रथाको दुरुपयोग अल्छेले गर्न थाले । काम चाहिँ नगर्ने, बाँडिएको सामान चाहिँ लिने । दु:ख गरेर ल्याउने आफू, मोज गर्ने अर्को भन्ने लागेपछि बलियाले आर्जन गरेको सामान आफैँ राख्न थाले र त्यसलाई रक्षा गर्न कुनै कसर बाँकी राखेनन् र तिनको इच्छालाई सम्मान पनि गर्‍यो समाजले किनकि बलियालाई युद्धमा उपयोग पनि त गर्नुथियो । यहीँबाट निजी सम्पत्तिको अवधारणा विकसित भयो । कालान्तरमा वर्गभेद बढ्दै गयो यसैकारण ।

No comments: