Sunday, February 23, 2014

Devi Worship in Bengal

देवी शक्तिलाई आदर गर्ने परम्परा (दिनदिनै पूजा गर्नुपर्ने ५ देवतामा देवी पनि पर्नुहुन्छ) हुँदा हुँदै पनि वैदिक परम्परामा प्रमुख देवताका रूपमा पूजा गर्ने चलन व्यापक थिएन केही शताब्दी पहिलेसम्म । हुन त तन्त्रलाई सीमान्तीकृत गरिएकाले पनि देवी आराधनाको व्यापकता नभएको होला । डाँकु तथा समाजबाट बहिष्कार गरिएका मानिसले देवीलाई खुब मान्ने गर्दथे । श्रीमद्भागवतमा पनि जडभरतको प्रसंगमा डाँकुले जडभरतलाई देवीसमक्ष बलि दिन लाग्दा देवीले मूर्तिबाट प्रकट भएर डाकुको टाउको काटी भकुन्डो खेलेको उल्लेख छ । चम्बलका डाँकाले "जय भवानी" भन्दै आक्रमण गर्थे । बंगालमा देवी पूजाको व्यापकता बेलायती उपनिवेशको सुरुवातसँगै भएको भन्ने तर्क छ आसिस नन्दीको । अंग्रेजले हिन्दू धर्मको "निष्क्रियता र मूर्खता" मा जोड दिँदै प्रहार गर्न थालेपछि त्यसको प्रतिकारस्वरूप बगालको उच्चवर्गीय भद्रालोकले वैष्णव समर्पणवादलाई त्यागेर आक्रामकता बोक्ने शक्तिको आराधना गर्न थालेका हुन् र आश्विनको दुर्गा पूजाको महत्त्व बढ्न थालेको हो भन्छन् नन्दी । हाम्रो देशमा त शक्ति पूजाको लामै परम्परा विद्यमान छ किनकि काठमाडौं मण्डलको त ठूलो तान्त्रिक महत्त्व छ ।

No comments: