Sunday, February 23, 2014

Beauty Myth

आजकल शरीर र यससम्बन्धी पक्षको अध्ययनमा रुचि लाग्दैछ । नाओमी वुल्फको पुस्तक "द ब्युटी मिथ" पढ्न थालेँ । महिलाहरूका लागि सौन्दर्यको एउटा असम्भव मापदण्ड खडा गरेर त्यो सौन्दर्यको अभिलाषी बनाउने काम गर्दैछ बजारले र महिलाहरू यसको फन्दामा परिरहेछन् । "जिरो साइज फिगर", गोरो वर्ण, ठूला कूच आदिलाई आदर्श बनाएर महिलाहरूले शरीरलाई नै हानि पुग्नेगरी खाना नखाने अनि खानेबित्तिकै बान्ता गर्ने जस्ता खराब आदत बनाउन थालेका छन् भने अनेकथरी कस्मेटिक्स दलेर छाला बिगार्दैछन् । पुरुषले पनि "मसल" बनाउने चक्करमा अनेकथरी औषधिको सेवन गर्ने गरेका छन् र त्यस्ता औषधिले मुटुरोग पनि हुने भेटिएको छ । लैंगिक आकर्षणको आदिम भावलाई आधुनिक सौन्दर्य बजारले मजाले उपयोग गरिरहेको छ र यसमा सचेत हुनु जरुरी छ भन्ने वुल्फको तर्क छ ।

No comments: