Sunday, February 23, 2014

On Vigyan-Bhairav

तन्त्रको सौन्दर्य तथा महानता यसले स्वीकारभावलाई अपनाएकाले गर्दा हो । संसारमा देखिने सबै वस्तु भैरव प्राप्तिका साधन हुन् । तिनबाट भाग्नुभन्दा तिनको अस्तित्वलाई स्वीकार गरेर अद्वैतको साधन बनाउनका लागि तन्त्रले निर्देशन गरेको छ । "विज्ञानभैरव" मा एउटा श्लोक छ : 

"यत्र यत्र मनस्तुष्टिर्मनस्तत्रैव धारयेत् । 
तत्र तत्र परानन्दस्वरूपं सम्प्रवर्तते ।।७४।।

अर्थात्, जहाँ जहाँ मनले सन्तोष प्राप्त गर्दछ त्यहाँ मनलाई अल्झाउनु पर्दछ; त्यहीँ नै परमानन्द स्वरूप प्रकाशित हुन्छ । 

अब सुन्दर वस्तुमा त मन गैहाल्छ जसको पनि । साधनामा बस्दा भौतिक कुरामा मन गयो भनेर आत्तिनै परेन । चित्तले क्षोभ अनुभव गर्‍यो भने चंचल हुन्छ र ध्यान भंग हुन्छ । त्यो अल्झिएको मनलाई "म शिवस्वरूप हुँ र यो सुन्दर रूपमा म आफ्नो स्वरूप देखिरहेछु" भन्ने धारणा बनाउँदा भाव शुद्धि त भैनैहाल्यो अनि मनले शान्ति पनि अनुभव गर्दछ । त्यही धारणामा निदिध्यासन गर्दा त शिवप्राप्ति हुनलाई कुनै व्यवधान हुँदैन । माध्यम हो जे पनि । ॐ श्री भैरवाय नम: ।

No comments: