केही मानिस आफूलाई "साइको" भएको घोषणा गर्न रुचाउँछन् । अरुभन्दा आफू फरक भएको देखाउनका लागि "म त बौलाहा, पागल" खालको छु भन्दै हिँड्छन् । यसो भन्नेहरू अधिकांश त देखावटी मात्र हुन् (प्रदर्शनमा आनन्द प्राप्त हुन्छ कसैलाई) । तिनीहरू खासमा "ठीस" हुन् । तर जेनुइन साइकोहरू चाहिँ सामान्यजनभन्दा फरक सोच्छन् र थोपरिएको र्यासनालिटीको विरुद्ध जान्छन् । देवकोटाको "पागल", एमिली डिकिन्सनको "म्याड्नेस" ले फरकपनालाई समाजले पागल भन्छ भनी उल्लेख गरेबाट के निष्कर्ष निकाल्न सकिन्छ भने पागलपन वैकल्पिक बौद्धिकता हो र पागलहरू अनप्रेडिक्टेबल हुन्छन् । हिन्दीको एउटा अर्धशेरका अनुसार (दीवाना वो है जो): बहके तो सम्भल जाए सम्भले तो बहक जाए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment