Sunday, February 23, 2014

On Kishor Pahadi's "Mugdha Symphony"

किशोर पहाडी दाइको "मुग्ध सिम्फोनी" भित्रका कथाले साधारण मान्छेका जीवनभोगाइलाई सरल तरिकाले प्रस्तुत गरेका छन् । छोटा कलेवरका यी कथामा बालबालिकाका दु:खपीडा, पुरुष महिला सम्बन्ध, यौनका आयाम, देशको बेथिति, गरिबका कष्ट, मातापितासँग सन्तानको सम्बन्ध लगायतका विषय परेका छन् । पहाडीका पहिलेका कथा मैले पढेकाले तीसँग तुलना गर्दा मलाई यहाँ संग्रहित कथा फितला लागे । विषय र प्रस्तुतिमा नावीन्य भेटिनँ मैले । पुरानै पाराका कथा छन् । पहाडीको विशेषता भनेको पात्र र परिवेशप्रति पाठकमा करुणा र सहानुभूति जगाउन सक्नु हो । यी कथामा पनि त्यो विशेषता त पाइन्छन् तर ती भावको उत्थान केही कमजोर लाग्छन् । अझ पहाडीको हास्यचेत त गजबकै लाग्छ मलाई र यी कथाहरूमा त्यसको अभाव खट्क्यो । कथानकका तार्किक शृंखला मिलेका जस्ता लागेनन् (प्रसंग फेरिएका जानकारी पाइन्नन्) र घटनाहरू अत्यन्तै मसिनो धागोमा बाँधिएका लागे । सम्पादनको कमीले पनि यसो हुन पुगेको होला । सम्पादनकै कुरा गर्दा वाक्यहरू टुक्रिएका छन् कतिपय ठाउँमा जसको औचित्य साबित हुँदैन । "संज्ञा" भन्ने कथाले मेरो हृदय स्पर्श गर्‍यो भने अन्य कथाले सम्भावनामात्र देखाए । "संज्ञा" मा वृत्त र रेखाका दार्शनिक चर्चा मन परे । "कथा अनन्त" मा अनन्त किन यति धेरै क्रूर छ आफ्नो छोरोप्रति भन्ने कुरा खुल्दैन । "फेसबुक" मा जुही थापाको कथालाई अनुवाद मात्र गरिएको छ, आफ्नो व्याख्या छैन । "मुग्ध सिम्फोनी" भनेको के हो ? सिम्फोनी आफैँ मुग्ध छ कि श्रोता सिम्फोनीमा मुग्ध छ ? कि त्यो कथावाचक घर मुग्ध छ सिम्फोनीमा ? "समय सहचर" मा आएको "त्यस्तो अँध्यारो भएपनि टाङ्टाङ टुङ्टुङको आवाज चाहिँ प्रस्ट आइरहेको थियो" भन्ने आशयको वाक्य अचम्मको छ । अँध्यारोमा आवाज सुन्न त के व्यवधान होला र ?

Devi Worship in Bengal

देवी शक्तिलाई आदर गर्ने परम्परा (दिनदिनै पूजा गर्नुपर्ने ५ देवतामा देवी पनि पर्नुहुन्छ) हुँदा हुँदै पनि वैदिक परम्परामा प्रमुख देवताका रूपमा पूजा गर्ने चलन व्यापक थिएन केही शताब्दी पहिलेसम्म । हुन त तन्त्रलाई सीमान्तीकृत गरिएकाले पनि देवी आराधनाको व्यापकता नभएको होला । डाँकु तथा समाजबाट बहिष्कार गरिएका मानिसले देवीलाई खुब मान्ने गर्दथे । श्रीमद्भागवतमा पनि जडभरतको प्रसंगमा डाँकुले जडभरतलाई देवीसमक्ष बलि दिन लाग्दा देवीले मूर्तिबाट प्रकट भएर डाकुको टाउको काटी भकुन्डो खेलेको उल्लेख छ । चम्बलका डाँकाले "जय भवानी" भन्दै आक्रमण गर्थे । बंगालमा देवी पूजाको व्यापकता बेलायती उपनिवेशको सुरुवातसँगै भएको भन्ने तर्क छ आसिस नन्दीको । अंग्रेजले हिन्दू धर्मको "निष्क्रियता र मूर्खता" मा जोड दिँदै प्रहार गर्न थालेपछि त्यसको प्रतिकारस्वरूप बगालको उच्चवर्गीय भद्रालोकले वैष्णव समर्पणवादलाई त्यागेर आक्रामकता बोक्ने शक्तिको आराधना गर्न थालेका हुन् र आश्विनको दुर्गा पूजाको महत्त्व बढ्न थालेको हो भन्छन् नन्दी । हाम्रो देशमा त शक्ति पूजाको लामै परम्परा विद्यमान छ किनकि काठमाडौं मण्डलको त ठूलो तान्त्रिक महत्त्व छ ।

Yagyagaad Bhawati Parjanya

श्रीमद्भगवद्गीतामा आउने "यज्ञाद्भवति पर्जन्य:" को अर्थ के हुन्छ ? स्थूल रूपमा बुझ्दा त यज्ञ गर्दा त्यसबाट निस्केको धुँवाबाट बादल बन्छ र वर्षा हुन्छ भन्ने अर्थ लाग्ला । सानातिना यज्ञले बादल बन्लान् त ? यो अवैज्ञानिक जस्तो लाग्यो । बादलै बन्न त संसारभर एकैचोटि यज्ञ गर्न पर्ला नि ! (हुन त जापानले ध्वस्त भएको हिरोसिमा नागासाकीमा यज्ञ गरेर हराभरा बनाउनलाई भारत र नेपालबाट ब्राह्मण लग्ने कुरा पनि चलाएको थियो उहिले, पछि त्यो त्यत्तिकै सेलायो ।) यहाँ आधिभौतिक अर्थ लगाउनु श्रेयस्कर नहोला । हरिशंकर जोशी नामक विद्वानले यसको आध्यात्मिक योगपरक अर्थ निकालेका छन् । उनका अनुसार प्रत्येक तत्त्वमा प्रतिपल यज्ञ चलिरहेको हुन्छ ब्रह्माण्डीय स्तरदेखि सूक्ष्म स्तरसम्म । हाम्रो शरीरमा पनि चल्ने यो यज्ञाग्नि कहिल्यै निभ्दैन । मनरूपी हृदयको आकाशमा प्राणरूप जलमा रहेको वडवाग्नि जस्तो सतत जलिरहने अग्निका कारण निस्केको बाफबाट बन्छन् स्वच्छ निर्मल बादलरूपी यो स्थूल शरीर जसको पछाडि छ सूर्यरूपी चमकिलो आत्मज्ञानको ज्योति । यो अर्थ विचारणीय लाग्यो मलाई ।

On Vigyan-Bhairav

तन्त्रको सौन्दर्य तथा महानता यसले स्वीकारभावलाई अपनाएकाले गर्दा हो । संसारमा देखिने सबै वस्तु भैरव प्राप्तिका साधन हुन् । तिनबाट भाग्नुभन्दा तिनको अस्तित्वलाई स्वीकार गरेर अद्वैतको साधन बनाउनका लागि तन्त्रले निर्देशन गरेको छ । "विज्ञानभैरव" मा एउटा श्लोक छ : 

"यत्र यत्र मनस्तुष्टिर्मनस्तत्रैव धारयेत् । 
तत्र तत्र परानन्दस्वरूपं सम्प्रवर्तते ।।७४।।

अर्थात्, जहाँ जहाँ मनले सन्तोष प्राप्त गर्दछ त्यहाँ मनलाई अल्झाउनु पर्दछ; त्यहीँ नै परमानन्द स्वरूप प्रकाशित हुन्छ । 

अब सुन्दर वस्तुमा त मन गैहाल्छ जसको पनि । साधनामा बस्दा भौतिक कुरामा मन गयो भनेर आत्तिनै परेन । चित्तले क्षोभ अनुभव गर्‍यो भने चंचल हुन्छ र ध्यान भंग हुन्छ । त्यो अल्झिएको मनलाई "म शिवस्वरूप हुँ र यो सुन्दर रूपमा म आफ्नो स्वरूप देखिरहेछु" भन्ने धारणा बनाउँदा भाव शुद्धि त भैनैहाल्यो अनि मनले शान्ति पनि अनुभव गर्दछ । त्यही धारणामा निदिध्यासन गर्दा त शिवप्राप्ति हुनलाई कुनै व्यवधान हुँदैन । माध्यम हो जे पनि । ॐ श्री भैरवाय नम: ।

On play "Mitjyu"

मण्डला नाटकघरमा चलिरहेको नाटक "मितज्यू" हेरेर आइयो । ठीकै मात्र लाग्यो । एकजना किराँती र अर्को माझी पात्रले बुढेसकालमा आफ्ना जवानीका दिन सम्झेको बारेमा बनेको हो यो नाटक । कथा खासै छैन । जवानीमा असाध्यै क्रोधी हर्कबहादुर चेम्जोङले जाँड खाएको सुरमा रामबहादुर माझीसँग झगडा गरेर काटमार गर्न लाग्दा उनीहरूभन्दा जेठा अच्छाबहादुरले दुवैलाई मित बन्न लगाउँछन् र उनीहरू सदाका लागि साथी बन्छन् । दुवैले बिहा गर्दैनन् । बुढेसकालमा पनि काम गरिरहन्छन् । उनीहरूबीचको सम्बन्धका आयाम फराकिला छैनन् । "मेल बन्डिङ" का गहिराइ पाइन्नन् यिनमा । एक अर्कालाई कुनै प्रकारको सम्बल प्रदान गर्ने कुरालाई नाटकमा गौण बनाइएको छ । अनि विजातीय सम्बन्धका डाइनामिकलाई नाटकले खोतल्न सकेको छैन । हर्कलाई आफूले मन पराएकी केटी मनमाया नपाएकोमा पीर छ तर रामबहादुरको इच्छा प्रस्ट छैन । आफू मरेर गएपछि अरुले आफ्नो सम्झना राखून् भन्ने उनीहरूको कामना छ र त्यसका लागि उनीहरू भउते परियारको सहयोगमा च्याब्रुङ र नाउ बनाउन कस्सिएका छन् । नाटकमा पूर्वीय नेपालको किराती संस्कृति (नाच, भेषभूषा, बोलीचाली)यथार्थपरक तवरले देखाइएको छ । हास्यचेतले पूर्ण छ नाटक । किराँती पुरुषहरू लाहुरे बन्न जाने कुरालाई पनि उठाइएको छ । तर यी सबै पक्षलाई एकजूट गर्ने बलियो कथा भने नाटकमा नहुनाले मलाई यसले त्यति आकर्षित गर्न सकेन । मंच परिकल्पना भने राम्रो लाग्यो । पहाडका थुम्काको आभास दिन्छ मंचले ।

Hidden meanings


http://myrepublica.com/portal/index.php?action=news_details&news_id=69956
The teaching of rhymes at the foundation level of education has been an accepted practice in almost all parts of the world. The musical quality of rhymes is able to hold sustained attention of children. In fact, repetition and rhythm hold the key to learning a new language for children and rhymes fit the bill perfectly. Child development experts have pointed out that rhyme and rhythm enhance children’s ability to learn language and help increase their cognitive awareness to prepare them for future reading and writing. They are thus useful for the instructor to involve children in classroom.

With the British colonization that reached its apogee in the 19th century, English rhymes traveled wide. As a policy of introducing their language and culture in the colonized countries, the British incorporated their books and other cultural artifacts into the curricula of the schools in the colonies. Although it was never colonized by the British, Nepal embraced English education system with a desire to become modern and nursery rhymes became a part of children’s education here as well. In this context, it would be relevant to analyze select rhymes for children and examine their relevance in Nepali cultural context.



The rhyme Chubby cheeks seems to set a standard of beauty for children and describes certain bodily features for being teacher’s favorite in classroom. It shows a bias for white complexion and is sure to instill inferiority complex in children of the colonized territories. The full lyrics goes: “Chubby cheeks, dimple chin/Rosy lips, teeth within/Curly hair, very fair/Eyes are blue—lovely too. /Teachers pet, is that you? / Yes, Yes, Yes!” It is clear that a fair-skinned girl student is being described here. The cherub-like feature of chubby cheeks complete with the cleft-chin might be recognizable but distinctly Caucasian “very fair” and “blue eyes” are somehow puzzling for the Africans and Asians. In learning this rhyme, children with black and brown complexion may feel rejected by more attractive peers and even the teachers.

In fact, it has been found that teachers are prejudiced towards attractive children. TJ Kehle in his 1973 doctoral dissertation found that “attractiveness was a factor in teacher ratings of fifth grade students.” The beauty myth in favor of fair complexion can sway the attitude of the teacher towards attractive students despite their poor academic performance. These cute children then become “teacher’s pets” as emphasized by the repetitive “yes, yes”. Nepali classrooms are made up of children from various ethnicities and backgrounds. This psychological study of the preference of the teacher towards children with certain features may not have been carried out in Nepal, but it can be surmised that there is a similar trend here as well.

One of the most recognizable rhymes, Jack and Jill might have some resonance in Nepali society. There are many interpretations of this rhyme including Norse mythological story of the journey of a brother and a sister from the earth to the moon and political interpretation of the decapitation of King Louis XIV and Mary Antoinette during the French Revolution. These metaphorical understandings maybe correct in their own regard, but in my interpretation the rhyme depicts the condition of poor children who had to toil hard because of their poverty. Jack and Jill may have had to fetch water climbing a steep hill and it may have posed risk to their physical wellbeing. This rhyme rings a familiar note in the poverty-stricken Nepali society where poor children have to perform vary laborious tasks. These children also attend English-medium schools these days and they may thus identify with this rhyme.

But not all rhymes translate well in Nepali context. Loaded with alien cultural meanings, the learning of English rhymes does not seem of significance to Nepali students and they are likely to simply cram them up. Despite all the positive aspects of rhymes stated above, the question still rises: do they hold any meaning for our children? How would the teacher justify the relevance of those rhymes in a cross-cultural context like ours? One may dismiss this question by saying that small children don’t pose such loaded queries, but such dismissal undoubtedly undermines the perspicacity of a child. There are plenty of English rhymes that Nepali children are taught and the individual analysis of each rhyme may give us a better answer.

Truth of Raasleelaa

भगवान् श्रीकृष्णको रासलीलाका अनेकौं अपव्याख्या गरिएका पाइन्छन् । यसलाई आधुनिक स्थूल मस्तिष्कले यौनक्रीडा भन्ने बुझे पनि रास भनेको सुन्दर नाच हो । रातको समयमा घर छोडेर जंगलमा श्रीकृष्णसँग विहार र उहाँको दिव्य अंगप्रत्यंगलाई अपलक निहारेको कुरालाई हामीजस्ता अदनाले बुझ्ने नै यौन भनेर होला तर पुराण तथा काव्यहरूमा यसको संकेत भेटिँदैनन् । "महाभारत" को "हरिवंश" मा (विष्णुपर्वको २० औं अध्यायमा) रास भनेको गीत गाउने, नाच्ने र वनविहार गर्ने क्रियाकलाप हो भनी उल्लेख गरिएको छ । भासको "बालचरित" मा कृष्ण र गोपिकाहरूको नाचलाई "हल्लीष" भनी चर्चा भएको छ । यो भनेको गोलाकार भएर ८, १६ वा ३२ व्यक्तिको समूह भई नाच्ने हो । आप्टेले संस्कृत शब्दकोषमा "हल्लीष" को अर्थ गीत गाउँदै गोलाकार भएर नाच्ने जसमा एकजना पुरुष र दसजनासम्म महिला संलग्न रहन्छन् भनी गरेका छन् । नृत्य ललितकलाको सर्वोच्च विधा हो किनकि नृत्यमा नर्तक र नाचको तादात्म्य हुन्छ, यी दुईको पार्थक्य हुन सक्दैन । आफूलाई भगवानमा पूर्ण समर्पण गरेका गोपीहरूले नृत्यमा प्रियतमसँगको तादात्म्य भेटेका हुन् रासमा भन्ने बुझ्छु म । (बाललीला हो रास, किशोर लीला हैन, शारीरिक अवस्था पनि त विचारणीय छ ।)

Remembering Lord Krishna and Rukmini in Valentine's day

आज भ्यालेन्टाइन डे भन्छन्, प्रेम दिवस रे । प्रेमका लागि दिवस नै चाहिने त होइन तर बजारले उपहारलगायतका सामान बेच्नलाई यसको भरपूर उपयोग गरिरहेछ । उहिल्यै भ्यालेन्टाइन भन्ने पादरीले प्रेमका लागि बलिदान दिएको सम्झनामा मनाइने भनिएको यो दिवसमा हाम्रा पौराणिक ग्रन्थमा आएका प्रेमप्रसंग सम्झिनु वाञ्छनीय लाग्दैछ मलाई ।

श्रीमद्भागवतको दशमस्कन्धको उत्तरार्धको ५२ औं अध्यायमा रुक्मिणीले भगवान् श्रीकृष्णलाई एकब्राह्मणमार्फत पठाएको प्रेमसन्देश सातवटा श्लोकमा उल्लेखित छ । भगवानको रूप, गुण, शीलको महिमा सुनेपछि रुक्मिणीमा पलाएको प्रीतिलाई यी श्लोकले प्रकट गरेका छन् । पहिलो श्लोक हेरौं :

श्रुत्वा गुणान् भुवनसुन्दर शृण्वतां ते
निर्विश्य कर्णविवरैर्हरतोङ्गतापम् ।
रूपं दृशां दृशिमतामखिलार्थलाभं
त्वय्यच्युताविशति चित्तमपत्रपं मे ।।३७।।

अर्थात्, हे संसारकै सुन्दरतम प्रभु ! हजुरका गुण, जसले सुन्ने मानिसहरूको कानको बाटो भएर हृदयमा प्रवेश गरी प्रत्येक अंगका ताप तथा जन्मजन्मान्तरका जलनलाई शीतल बनाउँछन् अनि त्यो रूपसौन्दर्य, जुन जीवका आँखाका लागि चारै पुरुषार्थका फल एवं स्वार्थ परमार्थ सबै हुन्, ती गुण र त्यो रूपका बारेमा सुनेर प्रिय अच्युत ! मेरो चित्त लाज, सरम सबैलाई त्याग गरी हजुरमा नै प्रवेश गरिरहेको छ ।

त्यसैगरी अन्य श्लोकमा शिशुपालसँग जबर्जस्ती विवाह गर्न लागिएकी रुक्मिणीजीले भगवानलाई पुकार्दै आफूसँग विवाह गर्नका लागि बिन्ती गर्नुभएको छ ।

यो सन्देश सुनेपछि भगवान् भन्नुहुन्छ : (५३ अध्यायमा)
तथाहमपि तच्चित्तो निद्रां च न लभे निशि ।।२।।

अर्थात्, जसरी रुक्मिणी मलाई चाहन्छिन् त्यसैगरी म पनि उनलाई चाहन्छु । मेरो चित्त उनमा नै लागिरहन्छ । मलाई रातमा निद्रा पनि लाग्दैन ।

प्रेमस्वरूप भगवान् र रुक्मिणीजीको यो प्रीतिप्रसंग आजका दिनमा सान्दर्भिक छ ।

Strange animal: man

विचित्र प्राणी हो मानिस । गृहनिर्माण गर्दा उज्यालाका लागि झ्याल हाल्छ पहिला अनि त्यै उज्यालो छेक्नलाई पर्दा हाल्छ पछिबाट ।

Truth of Somras

हाम्रो वेदमा आउने सोमरस/सोमपान शब्दलाई मदिराको रूपमा व्याख्या गर्नेहरू शठ हुन् । अहिलेका जँड्याहाले जिस्केर सोमरस भन्ने गरे पनि सोम भनेको जाँडरक्सी वा लागुपदार्थ हैन । यो कुनै जडीबुटी पनि हैन । एकजना भारतीयले यसलाई जडीबुटी ठानेर यसको खोज गर्न गएको अनुभव समेटेर अंग्रेजीमा पुस्तक पनि निकालेको थियो । बिचरोले के हो के हो थाहा नपाएर रनभुल्लमा परेको देखिन्थ्यो पुस्तकभर । कुनै ठोस निष्कर्ष दिनसकेको थिएन त्यसले । ऋग्वेदमा आउने "यदि चेदहमपां सोमं तदा पीता सोमविन्दवो मां तीव्रगतिकाश्वोरथमिवोर्ध्व शीघ्रमगमयन्" अर्थात् यदि मैले सोमको पान गरेँ भने ती सोमका थोपाले मलाई तीव्र गतिका घोडाले रथलाई बेपत्ता कुदाएजस्तो माथितिर उडाएर लगून् भन्ने ऋचाको स्थूल र गलत अर्थ लगाएर सोम पिएपछि "ट्रिप" भएको हो भन्लान् कसैले । तर ऋग्वेदमै "सोमं मन्यते पपिवान् यत्सम्पिशन्त्योषधिम् । सोमं यं ब्रह्माणो विदुर्नतस्याश्नाति कश्चन: ।। आच्छद्विधानैर्गुपितो बार्हतै: सोम रक्षित: । ग्राव्णमिच्छ्रिण्वन्तिष्ठसि न हि ते अश्नाति पार्थिव: ।।" अर्थात्, जो मानिस जडीबुटीलाई घोटेर रस निकालेर सोमपान गर्यौँ भन्ने सोच्छन् तिनीहरूको यो भूल हो । ब्राह्मण दार्शनिक ऋषिगण जेलाई सोम भनेर अनुभूत गर्छन् वा जान्दछन् त्यसलाई त कसैले पनि खाने पिउने गर्न सक्दैन, अनुभूति मात्र गर्न सकिन्छ त्यसको । सोमको रहस्य त वेदका गूढ अर्थमा निहित छन् । सिलौटोमा घोटेर रस निकाल्दै खाने भनी बुझ्ने अदना मान्छेहरूले केही बुझेकै छैनन् । यति भन्दा भन्दै पनि पिउने कुरा त आएको हुनाले के चाहिँ पिइन्छ त भन्ने प्रश्न उठ्नु स्वाभाविक छ । खास पिउने त्यो सोम जलरूप प्राणलाई तपस्यामार्फत शरीराग्निले तप्त गराएर निकालिने दिव्य पदार्थ हो र त्यसको सेवनबाट ब्रह्मानन्दको अनुभूति गर्छन् योगीजनले । समुद्रमन्थनबाट अमृत निस्केको र देवताहरूले पिएको पौराणिक कथा शरीरमन्थनबाट सोम निस्केको र त्यसको योगीहरूले पान गरेको दर्शनलाई नै कथाको आकार दिइएको हो भनी बुझ्नुपर्छ ।

Insane impostors

केही मानिस आफूलाई "साइको" भएको घोषणा गर्न रुचाउँछन् । अरुभन्दा आफू फरक भएको देखाउनका लागि "म त बौलाहा, पागल" खालको छु भन्दै हिँड्छन् । यसो भन्नेहरू अधिकांश त देखावटी मात्र हुन् (प्रदर्शनमा आनन्द प्राप्त हुन्छ कसैलाई) । तिनीहरू खासमा "ठीस" हुन् । तर जेनुइन साइकोहरू चाहिँ सामान्यजनभन्दा फरक सोच्छन् र थोपरिएको र्यासनालिटीको विरुद्ध जान्छन् । देवकोटाको "पागल", एमिली डिकिन्सनको "म्याड्नेस" ले फरकपनालाई समाजले पागल भन्छ भनी उल्लेख गरेबाट के निष्कर्ष निकाल्न सकिन्छ भने पागलपन वैकल्पिक बौद्धिकता हो र पागलहरू अनप्रेडिक्टेबल हुन्छन् । हिन्दीको एउटा अर्धशेरका अनुसार (दीवाना वो है जो): बहके तो सम्भल जाए सम्भले तो बहक जाए ।

Office blues

कार्यालयमा काम गरेर सन्तुष्ट मान्छे मैले कमै भेटेको छु । थोरै तलब पाउनेदेखि लिएर मोटो तलब बुझ्ने धेरै कर्मचारीलाई आफ्नो काम र कार्यालयप्रति कुनै न कुनै प्रकारको गुनासो हुने गरेकै पाइन्छ । (मेरो आफ्नो अनुभव पनि यही हो ।) किन यसो हुन्छ ? मार्क्सले भनेजस्तो "एलिएनेसन" हो यो कि यसको पछाडि अरु कुनै मनोवैज्ञानिक कारण छ ? कार्यालयको त्यो "स्पेस" नै नकारात्मक हुन्छ कि ? आफ्नै कार्यालय खोलेर बसेकाहरूमा अपनत्वको भावना हुन्छ होला तर अर्काकोमा गएर काम गर्नेलाई असन्तोष रहिरहन्छ । विदेशमा गरिएको एक सर्वेक्षणअनुसार अफिसका कर्मचारीले सबभन्दा बढी चहार्ने वेबसाइट "जब" सम्बन्धी नै हो रे । अधिकांश कर्मचारी आफ्नो काम मन नपराएर अर्को काममा जान तम्तयार हुन्छन् ।

Swasthani debates

स्वस्थानीको कथामाथि चर्का बहस हुन थालेका छन् अचेल । नारीको शोषण गर्ने शिक्षा दिन्छ यसले भनेर यसको विरोध गर्छन् एकथरी भने यसको विरोधका नाममा धर्म संस्कृतिमाथि आक्रमण गर्न हुन्न भन्छन् अर्काथरी । (आस्थाका ग्रन्थलाई तार्किक कसीमा राखेर बहस गर्नु सकारात्मक नै हो ।) नारीप्रति अभद्र भाषा ("मायाले तुल्याइएकी स्वास्नीलाई बाटामा मिल्काई आएँ") र कठोर नैतिक आचरणको अपेक्षा ("लोग्नेलाई खान नदिई आफैँ खाने आइमाईले लोग्नेको रगत खाएको जस्तो हो") लाई किमार्थ जायज मान्न सकिन्न । पतिले पत्नीको सतत शारीरिक र मानसिक परीक्षा लिइरहने अनि पति आफू चाहिँ जतिसुकै अपराध गरेपनि पूज्य नै रहने आशयका कथाहरूले नारीप्रतिका विभेदलाई छताछुल्ल पार्छन् । यसो किन भयो भने यस्ता ग्रन्थ लेख्ने पुरुष नै थिए र उहिलेको समाजको मान्यतालाई उनीहरूले देवकथामा आरोपित गरेका हुन् । अझ नारीशक्तिप्रति भारतवर्षीय पुरुषको मान्यता सदा विभाजित छ । देवीको ममतामयी वत्सल छविका साथसाथै रौद्र स्वरूपलाई सामन्जस्य गर्न यताका पुरुषलाई सधैं हम्मे परेको देखिन्छ । आफू बुझ्ने भएपछि बालकले माताको वत्सल स्वरूपलाई निष्क्रिय मानेर पितासँग आत्मसात गर्ने अनि डरलाग्दो स्वरूपलाई चाहिँ नियन्त्रण गर्ने सोच विकसित गर्छ भनी भारतीय मनोविश्लेषकहरूको निष्कर्ष छ । यही नियन्त्रणको सोचले शोषणकारी विचारलाई जन्म दिन्छ । स्थूल रूपमा हेर्दा कथानकको सीमित समयावधिमा नारीमाथिका धार्मिक/नैतिक शोषणलाई, दु:ख दिएको कुरालाई स्वस्थानीका कथाले दर्साउँछन् र यसैलाई आलोचकहरूले पक्रेको देखिन्छ तर पछि ती नारीहरू "आनन्दले रहँदा भए" लाई कसैले वास्ता गरेको पाइन्न । खैर, देवीको आख्यान पनि पुरुषले बनाएका हुनाले शक्तिशाली नारीको शोषणरहित कथाको अभाव भएको हो । यसमा नीरक्षीर विवेक अपनाउनु आवश्यक छ ।

Capitalist definition of beauty

पुँजीवादी स्वार्थका कारणसमेत महिलाको बुद्धिमत्तालाई अवमूल्यन गरिएको भन्ने नाओमी वुल्फको तर्क मनासिब लाग्यो । बौद्धिक रूपमा अघि बढ्ने फेमिनिस्टहरूलाई "नराम्रा" भनेर गिल्ला गर्दै दिमाग नलगाउने महिलालाई लक्ष्य गरेर शारीरिक सौन्दर्य र गृहसज्जा महिलाका प्रमुख विशेषता हुन् भनेर प्रचार गर्दा सामान बिक्री गर्न पनि सजिलो हुनाले बजारले सौन्दर्यको मिथलाई जोडतोडका साथ अघि बढाएको छ । यो दुष्प्रचारलाई आत्मसात गर्दै महिला पनि बौद्धिक सौन्दर्यभन्दा पनि शारीरिक सौन्दर्यमै रमाइरहेका छन् र पुरुषको नजरमा उम्दा ठहरिन तीव्र प्रतिस्पर्धा गरिरहेछन् ।

Beauty Myth

आजकल शरीर र यससम्बन्धी पक्षको अध्ययनमा रुचि लाग्दैछ । नाओमी वुल्फको पुस्तक "द ब्युटी मिथ" पढ्न थालेँ । महिलाहरूका लागि सौन्दर्यको एउटा असम्भव मापदण्ड खडा गरेर त्यो सौन्दर्यको अभिलाषी बनाउने काम गर्दैछ बजारले र महिलाहरू यसको फन्दामा परिरहेछन् । "जिरो साइज फिगर", गोरो वर्ण, ठूला कूच आदिलाई आदर्श बनाएर महिलाहरूले शरीरलाई नै हानि पुग्नेगरी खाना नखाने अनि खानेबित्तिकै बान्ता गर्ने जस्ता खराब आदत बनाउन थालेका छन् भने अनेकथरी कस्मेटिक्स दलेर छाला बिगार्दैछन् । पुरुषले पनि "मसल" बनाउने चक्करमा अनेकथरी औषधिको सेवन गर्ने गरेका छन् र त्यस्ता औषधिले मुटुरोग पनि हुने भेटिएको छ । लैंगिक आकर्षणको आदिम भावलाई आधुनिक सौन्दर्य बजारले मजाले उपयोग गरिरहेको छ र यसमा सचेत हुनु जरुरी छ भन्ने वुल्फको तर्क छ ।

Dining romance

अहिले देखिने कतिपय कुराको व्याख्या आदिमकालको अध्ययनबाट समेत हुने रहेछ । जस्तो, डेटिङ जादा प्रेमीप्रेमिकाहरू रेस्टुराँमा खान जाने गर्छन् प्राय: अनि विवाहितहरू पनि यसो कहिलेकाहीँ बाहिर खाने भन्छन् । क्यान्डल लाइट डिनर बडो रोमान्टिक हुन्छ भन्छन् । आदिमकालमा पुरुषले सिकार ल्याएपछि घरकी महिलालाई पकाउन दिन्थ्यो । जति धेरै सिकार ल्यायो, महिला उति धेरै खुशी हुन्थिन् र धेर सिकार ल्याउने पुरुषको अभिभावकत्व रुचाउँथिन् । आगोको महत्त्व थाहा पाएपछि घरबाहिर आगो बालेर सिकार पकाइने गरिन्थ्यो र दिनभरका किस्सा सुनाइने गरिन्थ्यो (साँझपख रेस्टुराँको टेबलमा मैनबत्ती बालेर मीठामीठा कुरा गरिन्छ अचेल) । धेर सिकारप्रति महिलाको आशक्ति चाहिँ मासिक रक्तश्रावमार्फत शरीरको महत्त्वपूर्ण आइरन खेर जाने भएर त्यसको परिपूर्तिका लागि हो र जसले धेर सिकार ल्यायो त्यो पुरुष महिलाको प्रियपात्र हुन पुग्थ्यो । बलियो पुरुषले दिनभर दु:ख गरेर सिकार ल्याएको बाँच्नका लागि खानलाई त हुँदै हो, अझ महिलासँग संपर्क राख्नका लागि समेत हो । अहिलेपनि पुरुषले दु:ख गरेर पैसा कमाउने आफ्नी प्रेमिका/श्रीमतीलाई राम्रो रेस्टुराँमा दामी खाना खुवाएर खुशी तुल्याउनका लागि समेत हो । एक अध्ययनअनुसार बाहिर खाएर आएको दिन श्रीमान् श्रीमतीका बीच प्राय: यौन सम्पर्क भएकै हुन्छ । प्रेमीले प्रेमिकालाई महंगा उपहार दिने काम पनि त्यै आदिमकालीन सिकार ल्याउने प्रक्रियाको आधुनिक रूप न हो । जागिर खानु भनेको दिनभर घरबाहिर गएर पैसाको सिकार गर्नु न हो । यत्तिका वर्ष बित्दा पनि यो लैंगिक भूमिकामा खासै परिवर्तन भने आएको छैन । आउँदै भने छ ।

Selfie

अहिले सोसियल नेटवर्कतिर "सेल्फी" को खुब चर्चा छ । आफ्नो फोटो आफैँ खिचेर अपलोड गर्ने यो ट्रेन्ड विशेषगरी पश्चिमी देशका युवतीहरूमा प्रख्यात छ तर अहिले सबैतिरका सबैथरीले यसो गर्न थालेका छन् । अमेरिकी प्रथम महिला मिसेल ओबामाले सेल्फी राखेको भनेर आलोचित भएकी थिइन् । हुन त यस्ता सेल्फी पहिलेदेखि नै खिँचिदै आइएका हुन् तर अहिले धेर चलेको सेल्फीलाई समकालीन आत्मकेन्द्री प्रवृत्तिसँग जोडेर व्याख्या गर्न सकिन्छ जस्तो लाग्छ । परिवार विखण्डित भएको, आदर्शहरू धूलिसात् भएको, ईश्वरको मृत्‍यु भएको यो उत्तरआधुनिक युगमा मान्छेको एउटै सम्बल भनेको आफैँ हो । त्यसमाथि प्रविधिको विकासले यो आत्मकेन्द्री प्रवृत्तिलाई झनै बढावा दिएको छ । मोबाइल सेटमा झुन्डिएर बस्ने पुस्ता नार्सिसिस्ट हुनु आश्चर्यको कुरा हैन ।

Male-female dynamics

आदिम कालको इतिहास पढ्दा अनेकौं रमाइला तथ्य फेला पर्दैछन् । आदिम समाजमा लोग्नेमानिस महिलासँग डराउने र उनको अधीनमा हुने रहेछ । लियोनर्ड श्लाइनको पुस्तक "सेक्स, टाइम यान्ड पावर" मा उल्लेख भएअनुसार महिलामा हुने मासिक रक्तश्राव तथा गर्भधारणको रहस्य बुझ्न नसकेर पुरुष उनीसँग त्रसित हुने कुरा लेखेको छ । रक्तश्रावका बेला यौनसंपर्क गर्दा रगतले लतपत भएको आफ्नो लिंग देखेर पुरुष भयभीत हुन्थ्यो किनकि उसमा रहेको लिंगच्छेदन (कास्ट्रेसन) को डरलाई यसले मजबुत बनाउँथ्यो । उसले लिंगलाई सन्तानोत्पादन अंगको रूपमा नबुझेर आनन्दप्रदायक अंगको रूपमा बुझ्थ्यो र यो आनन्दस्रोतलाई गुमाउन चाहँदैनथ्यो । आफूले वीर्यरोपण गरेर महिलाको पेटमा भ्रूण बन्न पुगेको नबुझ्ने पुरुषले महिलाप्रति डरमिश्रित श्रद्धा राख्थ्यो अनि त्यतिखेर जैविक पिताको खासै महत्त्व पनि थिएन । महिलाले पुरुषलाई सजिलै इन्कार गर्न सक्थे । श्लाइनका अनुसार आफ्नो वीर्यको महत्त्व थाहा पाएदेखि नै पुरुषले महिलामाथि आधिपत्य जमाउन थाल्यो र आफ्नो सन्तान भनी विचार/रखवाली गर्न थाल्यो । पहिला आफू डरमा बसेको बदला पुरुषले अहिलेसम्म पनि महिलासँग लिइरहेको छ भन्छन् श्लाइन । महिलामाथिका अत्याचारमध्येको सबभन्दा दुर्दान्त अपराध बलात्कारको उद्देश्य यौनतृप्‍ति मात्र होइन, सन्तानप्राप्ति मार्फत पुरुषत्व स्थापित गर्नु हो भनी "द एनाटोमी अफ भायलेन्स" भन्ने पुस्तकमा एड्रियन रायनले समेत उल्लेख गरेका छन् । तर यसमा सन्तानप्राप्तिको सुनिश्चितताको शतप्रतिशत सम्भावना हुने त हैन ।

Trobriand women

ट्रोब्रायन्ड द्वीपका आदिवासी महिलाहरूको बच्चा पाउने बिषयमा अचम्मको विश्वास रहेछ । यौन संपर्कले बच्चा जन्मिन्छ भन्ने थाहा नपाएका उनीहरू "बलोमा" वा भूतले महिलाभित्र बच्चा राखिदिन्छ भन्ने ठान्दा रहेछन् । खोलातिर नुहाउन जाँदा माछाले टोकेमा बच्चा छिर्छ आफ्नो पेटमा पो भन्दा रहेछन् । (माछाको "फ्यालिक सिम्बोल" त होला यहाँ) फेरि उनीहरूको समाजमा यौन स्वच्छन्दता हुनाले अनेकौं पुरुषसग संपर्क हुने रहेछ । उनीहरू पुरुषसँग संपर्क चाहिँ गरिरहने तर पानीमा नुहाउन नजाने गर्दा रहेछन् । विचित्र संसार ! प्रसिद्ध मानवशास्त्री मालिनोव्स्कीले आफ्नो फिल्ड अध्ययनमा यो कुरा पत्ता लगाएका रहेछन् ।

Primitive Communism

प्राचीन इतिहासमा रुचि लाग्न थालेको छ अचेल । विल डुरान्टको ११ भोलुमको "द स्टोरी अफ सिभिलाइजेसन" को पहिलो भाग पढ्न सुरु गरेँ । आदिम समाजमा साम्यवाद थियो । बलियाबांगाले सिकार गरेर ल्याएपछि सबैलाई बराबर बाँड्थे । अन्य कविलाले केही उपहार दिए भने त्यो पनि एक्लैले राख्दैनथे, सबै बाँडिदिन्थे । यस्तो पुनर्वितरण सबैले मानेका मुखियाले गर्थे । कालान्तरमा यो प्रथाको दुरुपयोग अल्छेले गर्न थाले । काम चाहिँ नगर्ने, बाँडिएको सामान चाहिँ लिने । दु:ख गरेर ल्याउने आफू, मोज गर्ने अर्को भन्ने लागेपछि बलियाले आर्जन गरेको सामान आफैँ राख्न थाले र त्यसलाई रक्षा गर्न कुनै कसर बाँकी राखेनन् र तिनको इच्छालाई सम्मान पनि गर्‍यो समाजले किनकि बलियालाई युद्धमा उपयोग पनि त गर्नुथियो । यहीँबाट निजी सम्पत्तिको अवधारणा विकसित भयो । कालान्तरमा वर्गभेद बढ्दै गयो यसैकारण ।