Wednesday, December 25, 2013

John Berger's "From A to X"

Finished reading John Berger's epistolary novel, "From A to X". A'ida is a medical practitioner in an unnamed country in South America and her lover/betrothed Xavier has been incarcerated in Cell #73 of an unidentified prison. She sends letters to him at times and informs him about the latest developments in the city where insurgents are fighting against the state and the state forces are closing in on them. It seems that Xavier is one of the revolutionaries and he has been imprisoned for a long time. A'ida remembers their time spent together and describes those sensuous memories in words and sketches of hands. Xavier puts his observations at the back blank part of the letters that A'ida has sent and in those observations he presents the picture of the capitalistic regime exploiting the world. The novel is written in sparse style with very few details provided to the reader and inviting their imagination to fill in the gaps. The encroaching of politics into the personal space and its consequences has been presented in a serious manner. Characters are presented with warm sympathy and the unconventional narrative style provides a pleasing read.

Monday, December 23, 2013

Mohan Mainali's "Upallo Thalo"

मोहन मैनालीको नियात्रा पुस्तक "उपल्लो थलो" ले गोर्खा जिल्लाका माथिल्ला दुर्गम भूभागमा बस्ने नेपालीहरूको जीवनशैली, संस्कृति, दु:खसुख आदिको बारेमा सरल तरिकाले वर्णन गरेको छ । त्यहाँका बासिन्दाको समस्याका बारेमा भिडियो खिचेर "आँखीझ्याल" भन्ने कार्यक्रममा देखाउने र "टिम्बर टु तिब्बत" भन्ने डकुमेन्ट्री पनि बनाउने हिसाबमा मैनाली अन्य सहकर्मीहरूसँग तीनचोटि त्यता गएका बेला देखेका कुरा यहाँ वर्णित छन् । पूलपुलेसा, बाटो, संचारको अभावले यो क्षेत्र देशबाटै अलग जस्तो भएको छ । दुर्गम क्षेत्रका तिनै समस्या नेपालभर छन् । पशुपालन र काठ व्यापार यहाँका मुख्य पेशा रहेका छन् । तर औषधोपचारको अभावमा पशु मर्ने र किसानलाई रोजीरोटीकै अभाव हुने रहेछ । नेपाल र तिब्बतका बीच हुने व्यापार विनिमयमा आश्रित छन् यहाँका बासिन्दा । तर यसमा व्यापार घाटा छ किनकि नेपालबाट दु:ख गरेर लगेको महंगो काठ उता बेचेर थोरै मात्र अन्न आउने रहेछ । यही कारण तीव्र वनफँडानी समेत भैरहेको छ । वनफँडानीको राजनीतिक अस्थिरतासँग गहिरो सम्बन्ध छ भनी मानवशास्त्री ज्यारेड डायमन्डले भनेको कुरा यहाँ याद आउँछ । यही अस्थिरतामा जन्मेको माओवादी सशस्त्र विद्रोहको छाँया यो भेगका मानिसमा समेत परेको छ र उनीहरू त्रस्त छन् । छेवाङ ग्याल्जेनजस्ता राम्रो काम गर्ने तर फरक आस्थाका मानिसले माओवादीको डर मान्नुपर्ने स्थिति छ । जातीय भेदभाव चरम रूपमा रहेको यो ठाउँमा सरकारको उपस्थिति न्यून छ । सरकारी कर्मचारीहरू काम नगरी भाग्ने, सदरमुकामतिरै बसिरहने तर तलब चाहिँ लाजै पचाएर थाप्ने कुप्रवृत्ति छ । अझ गाउँगाउँमा खोप लगाउन गएका स्वास्थ्य कर्मचारीले दिउँसै बेस्सरी रक्सी धोकेर खोपै नलगाएको विवरण पढ्दा कन्सिरी तातेर आउँछ । गाउँलेहरूका अनेक समस्या पढ्दा टीठ र सहानुभूति जागेर आउँछ । यी यावत् विकृतिका बाबजुद त्यस ठाउँको सौन्दर्य मनोहारी छ र मैनालीले यसको वर्णन धक फुकाएर गरेका छन् । लुम्ला खोलाको छेउमा फुलेका फूलहरूको वर्णनदेखि लिएर लार्के भञ्ज्याङ र नारायण तालका विवरण मीठो तवरले दिइएको छ । लेक लागेर लार्के भञ्ज्याङमा आफ्नो र साथी ध्रुवको मृत्युको प्रतीक्षा गरेको र पछि उद्धार भएको रोमान्चकारी अनुभूति मैनालीले सशक्त रूपमा शब्दमा पोखेका छन् । पुस्तकको अन्तिम भागमा मानसरोवर जाँदाको यात्रानुभूति र नेपाल/भारत/तिब्बत सीमानामा हुने बाघको चोरीसिकारी र व्यापार, सहतुसको अवैध व्यापारको वर्णन पनि रमाइलो छ । पुस्तकको कमजोरी चाहिँ हिज्जेमा देखियो । गतिलो भाषा सम्पादक भेटिएनछ । तर मैनालीले सरल र सहज भाषा प्रयोग गरेको अनि बीचबीचमा गजबका ईक्षण गरेको प्रशंसनीय छ । जस्तो पेज ९२ मा दुईटा भेडाको लडाइँको वर्णन गर्दै उनी भन्छन्, "लड्ने भेडाहरूले पनि आफू लड्दा अरूलाई दु:ख दिएका थिएनन् । लडाइँबाट टाढा बस्न खोज्नेले बढी भुक्तमान खप्नु पर्ने मान्छेको जस्तो थिएन त्यो लडाइँ ।" देशमा चलेको द्वन्द्वमा अनाहक पिल्सिएका सर्वसाधारणको अवस्थाको कति राम्रो तस्बिर खिचेका मैनालीले ? यो नेपालीको पढ्न छुटाउन नहुने पुस्तक हो ।

Monday, December 16, 2013

Sharada Sharma's "Samayako Tasweer"

शारदा शर्माको पछिल्लो पुस्तक "समयको तस्वीर" अखबारमा पूर्वप्रकाशित लेखहरूको सँगालो मात्र  भएकाले हल्का निराशा छायो ममा धेरजसो लेख पहिल्यै पढिसकेकाले नयाँ किताब किन्नुको औचित्य साबित हुन सकेन जस्तो लाग्यो सबभन्दा धेरै "कान्तिपुर" दैनिकमा प्रकाशित यी लेखले राजनीति, साहित्य, अध्यात्म दर्शन, बेरोजगारी, मृत्युलगायतका विषयलाई छोएका छन्

यी लेखहरू पढ्दा मानवीय सीमितता शर्माको लेखोटको सार हो जस्तो देखिन्छ " जान्दिनँ"   "मैले बुझेको छैन" जस्ता सीमास्वीकारोक्तिहरू धेरै लेखमा पाइन्छन् जस्तो, "गुरुवन्दना" भन्ने लेखमा "हामी प्राय: एउटै गुरुमा पूर्णता खोज्ने गर्छौं पटकपटक निराश हुने गर्छौं " (पेज १९०) यो वाक्यले मानवको सीमा बुझ्नुपर्ने तर मानवले आफ्नो सीमा नाघ्ने कोसिस गर्ने कुरालाई सुन्दर तरिकाले बताइएको अनि संसारको सीमा नाघ्ने    शर्माको मोक्षाकांक्षा पूर्वप्रकाशित पुस्तक "अग्निस्पर्श" मा देखिएकै हो यहाँ पनि "डाडुको चेतना" भन्ने लेखमा "डाडुभन्दा माथि उठ्ने पात्रता मलाई कहिले उपलब्ध हुन्छ?" भन्ने प्रश्नले यो भाव मुखरित गरेको ज्ञानलाई अन्तर्यमा समाहित गर्न नसकेको व्यक्तिका लागि प्रयुक्त डाडुको रूपक मजाको लाग्यो यस्तो अलंकार चेत अन्य वाक्यमा पनि पाइन्छन्

मानवीय पीडालाई बिम्बित गर्ने शर्माको कला "नयाँ मेच" भन्ने लेखमा सफल देखिन्छ जब उनी आफ्ना मामा घनश्यामको दुर्घटनामा निधन भएपछि अस्पतालमा पुग्दा पछि माइजु आएर गरेको विलापको वर्णन गर्छिन् "उहाँ रुन थाल्नुभयो" मात्र भन्दा पाठकमा  सहानुभूतिपूर्ण करुणा  उत्पन्न नहुन सक्छ तर "मेरो राजा ! मलाई छोडेर कहाँ जानुभयो नि मेरो राजा ? तपाईंलाई केही भएकै छैन" (पेज १४०) भनेर विस्तारमा वर्णन गर्दा घना कारुण्य उत्पन्न हुन्छ आह्लादकारी वाक्य धेरै छन् लेखहरूमा (विमोचनमा डा. सुधा त्रिपाठीले "मन्त्र वाक्य" भनेको अतिशयोक्ति हैन) "रचनात्मक गफ" भन्ने लेखमा आएको "अनुपयुक्त जागिरले कतिपय मान्छेको रचनात्मकतालाई पनि समाप्त पार्छ" (पेज २३५) भन्ने कुरा मैले अहिले ठ्याक्कै अनुभव गरिरहेकाले मलाई एकदमै छोयो यसले   

"छायाँ राजनीति" शीर्षक खण्डमा   राखिएका लेखमा नेपालको बुझिनसक्नुको राजनीतिलाई एक सचेत नारी राजनीतिकर्मीकी पत्नीको आँखाबाट अवलोकन गरिएको मलाई यी टिप्पणीहरू अल्लि स्थूल लागे त्यति मन परेनन् किनकि मैले शर्माको छवि गहिरो लेख्ने स्रष्टाका रूपमा बनाइसकेको छु अखबारमा छिटोछिटो लेख बुझाइहाल्नुपर्ने भएकाले सर्सर लेखेर पठाइएको हुनसक्छ, पुस्तकमा राख्न छनोट गर्दा विचार पुर्याएको भए हुन्थ्यो जस्तो लागिरह्यो तर कांग्रेस नेताकी पत्नी भएर पनि आफ्नो स्वतन्त्र विचार अभिव्यक्त गर्न नहिच्किचाउने मताग्रह नराख्ने उनको दृढता प्रशंसनीय लाग्यो नरहरिजी चाहिँ बढी नै दोहोरिए लेखहरूमा दोस्रो खण्ड "शब्दसौन्दर्य" का निबन्ध भने तुलनात्मक रूपमा मन परे किनकि तिनमा चिन्तन अध्यात्मको गहिराइ  भेटिन्छ  आफूले पढेका पुस्तक सुनेका प्रवचनको सार खिच्न सक्ने तथा जीवनोपयोगी शिक्षा ग्रहण गर्नसक्ने   उनको प्रतिभा नमनीय शर्मा तर्कलाई सुललित गद्यमा प्रस्तुत गर्ने बलशाली लेखिका हुन्

Thursday, December 12, 2013

Prajwal Parajuly's "The Gurkha's Daughter"

Prajwal Parajuly's debut book "The Gurkha's Daughter", a collection of eight stories about characters with Nepali setting and culture, failed to impress me in both content and form. I was very surprised with my aloofness while reading the book because I couldn't at all connect to the characters in most of the stories even if I share similar culture to theirs.  I somehow enjoyed reading "No Land Is Her Land" and "The Immigrants" as they flow along nicely and the characters are warm people that I cared while reading. It dawned on me later that most of the characters are cold and brooding and that is the reason I disliked them. The most disgusting was the spit-drinking competition between two girls in "The Gurkha's Daughter", a hell of an act making no sense at all. I found the language employed in the narration to be bland and lacking aesthetics. There are mistakes in the usage of Nepali terms (I can't remember the specifics now). However, to cut the slack for a debut book, I found it commendable that the diasporic characters have affinity to the root culture. The dynamics of religion (those Christian missionaries sparring with one Hindu character in a story), culture and upbringing (struggle of the generations for traditional and modern values) have been presented in a pleasing manner. 

Monday, December 9, 2013

Govindaraj Bhattarai's "Mugalaan"

गोविन्दराज भट्टराईको लघुउपन्यास "मुगलान" ले विदेशी भूमिमा हाड घोट्ने सानो प्रतिफल पाउने नेपाली कामदारहरूको पीडाको मार्मिक वर्णन गरेको नेपालको पूर्वी पहाडबाट भारतको दोर्लिङ (दार्जीलिङ)  सामान खरिदबिक्री गर्न झरेका कामदार सुतार ठूले सिलिगुडी रेलवे स्टेसनमा लुटिएपछि ठग दलालको फन्दामा परेर अन्य कामदारसँगै भुटान पुर्याइन्छन् जहाँ उनीहरूलाई शून्य पारिश्रमिक   आधा पेट खानामै कठोर श्रम गर्न लगाइन्छ सडक बनाउने काममा खटिएका यी कामदारले ज्यान सुकाएर काम गर्दा पनि तलब दिन आनाकानी गरिन्छ र धेरैजसो कामदार अंगभंग हुन पुग्छन् जिम्दार ठेकेदारका दुर्वचन तथा यातना खप्दै खतरनाक काममा यिनीहरू लागिरहन्छन्   भाग्न खोज्नेलाई प्रहरीले पक्रन्छ यस्ता डिपाइटे (डिपोर्टेड?) लाई कोर्रा लगाइँदै पुन: काममा जोतिन्छ काम गर्ने क्रममै मृत्युवरण गर्नुपर्छ कैयौंले सुतार कार्की जे पर्ला पर्ला भनेर भाग्छन् तर कार्की बाटैमा मर्छ सुतार एक्लै एउटा गाउँ पुग्छ जहाँ एउटा दयालु परिवारको कृपाले केही समयसम्म उसको जीवन सुखी हुन्छ तर विगतले उसलाई वर्तमानमा पिछा गरिरहेकाले उसलाई अन्ततोगत्वा अभिघात हुन गएर उसको जिन्दगी फेरि नर्कतुल्य हुन पुग्छ यो लघुउपन्यासको  सान्दर्भिकता हालसम्म पनि कायम परिवारसँग स्वस्थ बिदा भएको कामदार खाडीबाट बाकसमा चिरनिद्रामा सुतेर आउनु अहिलेको दैनन्दिनी बनेको अमानवीय अवस्थामा थोरै तलबका लागि काम गरेर शारीरिक तथा मानसिक क्षति बेहोर्न बाध्य गरिब देशका युवकका यी कथाव्यथा अझै केही समयका लागि सुनिने नै छन् यो पुस्तकले त्यस्तो अमानवीयताका विरुद्ध "पोलेमिक" को भूमिका निर्वाह गर्छ मानवअधिकारको डिस्कोर्समा अहिले आप्रवासी कामदारको हकका मुद्दा उठ्दैछन्, त्यसमा यो पुस्तकले सन्दर्भ ग्रन्थको काम गर्नसक्छ    भट्टराईले स्थानीय भाषालाई जस्ताको त्यस्तै  पक्रेकाले उपन्यासमा यथार्थको मिठास अनुभव गर्न पाइन्छ भने न्याचुरलिजमले जुगुप्सा पनि जगाउँछ (पीप, टट्टी, झुन्डेका छाला लगायतका वर्णनमा) कालमा चाहिँ गडबड भएको एउटै अनुच्छेदमा भूतकाल भएका वाक्यका बीचमा वर्तमानकालयुक्त वाक्य  घुस्न आउँदा अमिल्दो हुन पुगेको धेरै ठाउँमा अनि अनुच्छेद पनि कुनै चाहिँ अतिनै लामा (दुई पेजका) हुँदा पनि असुन्दर बन्न पुगेका छन् यी कमजोरीहरू लेखकका प्रथम प्रयास (२०३१ सालमा लेखिएको) भएकाले क्षम्य होलान् सायद कारुणिकताले सराबोर उपन्यासका पात्रलाई लेखकले अति साह्रै दु: दिएको पोएटिक जस्टिस कतै नभएको चाहिँ चित्त बुझेन                         

Sunday, December 8, 2013

Vikas Swarup's "The Accidental Apprentice"

The third novel by Vikas Swarup of "Q & A" (Slumdog Millionaire)-fame, "The Accidental Apprentice" is a novel featuring convenient co-incidences and plot machinations about an ordinary salesgirl Sapana Sinha who has to face extraordinary events in her life. A filthy-rich tycoon, Vijaya Mohan Acharya, approaches Sapana out of the blue one day and proposes her to become the CEO of his company which has budget of billions of rupees. The catch is that she has to pass seven tests that examine her worthiness to become the CEO. Sapana reluctantly agrees to the tests and thus embarks on a dangerous journey which changes her life forever. The novel hurtles ahead on a fast pace and as the plot thickens, readers are sucked into the story. Many characters come and go as Sapana moves from one test to another. Contemporary issues like hunger-strike against corruption, media-circus, organs-donating rackets, exploitation of child labor, corporate rivalry, the truth of reality shows and so on are introduced as tests Sapana goes through. Friends turn out to be having hidden agendas and perceived enemies turn out to be friends. Happenstance and chance play major roles in propelling the narrative forward and cheap filminess appears now and then. It seems that Swarup has started playing to the gallery and has invested his talent in churning out tawdry novels after the success of "Q &A" which was a serious commentary on the dark side of modern India. The two successive novels (the second being "Six Suspects") are merely its pale copies.

Telling A Tale: Kitchen Dramas

थिएटर भिलेजमा देखाइएको महिला हुनुको अनुभवसम्बन्धी अंग्रेजी (नेपाली र हिन्दी भाषा पनि बीचबीचमा रहेको) नाटक "टेलिङ अ टेल : किचन ड्रामाज" हेरियो । केही समयअघि अर्चना थापाको सम्पादनमा निस्किएको पुस्तक "टेलिङ अ टेल" मा सन्निहित विभिन्न नेपाली नारीका जीवन भोगाइका कथालाई डेबोरा मेलोराले नाटकमा उतारेकी हुन् । दुई भाग (याक्ट) मा रहेको र दुई घन्टा अवधिको यो नाटकमा दसवटा कथा प्रस्तुत भएका थिए । तिनैतिनै कलाकारले विभिन्न कथामा अभिनय गरेका थिए । "टेलिङ अ टेल" किताब नपढेकाले नाटक हेर्दा कतिपय कथा बुझ्न गाह्रो भयो । "किपिङ अप अपियरेन्सेस" भन्ने कथाले देखाउन खोजेको कुरा बुझ्नै सकिनँ मैले । सगुना शाह दिदीको कथा "मेमोआर अफ अ सानो महारानी यान्ड र पेन विदिन" चाहिँ पढेको भएर पनि होला अनि सगुना दी, राजकुमार पुडासैनी, बिना गुरुङलगायतको बेजोड अभिनयका कारण घतलाग्दो बन्नपुगेको छ । गैरव्यवसायिक कलाकार भइकन पनि सगुना दीले राम्रो अभिनय गर्नुभयो । सायद आफ्नै जीवन कहानीमा उहाँलाई सजिलो भएको होला । पीडालाई बखुबी उतार्नुभयो अभिनयमा । स्मृति रविन्द्रनको कथा "मदर्स" चाहिँ नाटकभरिकै सबभन्दा उत्कृष्ट कथा लाग्यो र पागल हजुरआमाको भूमिका निर्वाह गर्ने बिना गुरुङले अत्यन्तै प्रशंसनीय अभिनय गरिन् । मलाई त सन्न भएर आयो उनको अभिनय हेरेर । अर्को मन परेको कथा आभा एलीको "सेकेन्डह्यान्ड लाइज" हो । बिनिता बरालले पीडित पत्नी र दिव्यदेव पन्तले पीडक पतिको भूमिका गजबले देखाए । तर पति किन पीडक हुन पुग्यो भन्ने चाहिँ नखुलेकोमा असन्तोष लाग्यो । अन्य कथा ठीकठीकै लागे तर भन्नैपर्दा "चुंगी इन युएस" चाहिँ सबभन्दा कमजोर लाग्यो । महिलाको अनुभवभन्दा पनि आप्रवासीको अनुभव बढी पस्किने यो कथा अनावश्यक लामो र बोरिङ रह्यो । "माइ फर्स्ट डिसिजन" ले पनि निराश गर्यो । सूत्रधारले कथा सुनाउने कन्सेप्ट ठीकै हो तर कतिपय सूत्रधारले बोर गरे, स्टिल्टेड यान्ड स्टिफ डायलग डेलिभरीमार्फत । माथि नाम परेकाबाहेक अन्य कलाकारको अभिनय ठीकै लाग्यो (राजकुमार पुडासैनीले नेपाली पाराको अंग्रेजी बोलेर तथा घरीघरी उलजुलूल हर्कत गरेर हँसाए) । धेरैथरी कथामा आएर कन्फ्युज्ड नभई संवाद कण्ठ पारेर अनेक मुद्रा तथा भावका अभिनय देखाउनु चुनौतीपूर्ण काम हो र यसका लागि अभिनेताहरूले गरेको मेहेनतको प्रशंसायोग्य छ । 

Wednesday, December 4, 2013

Jhola: The Film

कृष्ण धरावासीको चर्चित कथा "झोला" मा आधारित त्यही नामको चलचित्र आज हेरियो । निर्देशक यादव भट्टराईले आजभन्दा १०० वर्षअघिको नेपाली समाजमा रहेको विधवा महिलालाई सती जान बाध्य पारिने कुप्रथाको बारेमा चलचित्र बनाउन राम्रो अनुसन्धान गरेर अनि उम्दा लोकेसन छानेर गरेको मेहनत प्रशंसायोग्य लाग्यो । तत्कालीन अवस्थाको समाज, मान्छेका लवाइखवाइ, घरका बनोटलाई अहिलेको समयमा विश्वासिलो तवरले उतार्नु चानचुने कुरा हैन । धागोले सिएका लबेदा, चोला, गुन्यू, टोपीहरूले त्यतिखेरको पहिरनलाई झल्काउँछन् । फुसको छाना भएका माटाका घर, नाङ्गै खुट्टा हिँड्ने मान्छे जस्ता कुराको सूक्ष्म अध्ययन गरिएको रहेछ । त्यो समाजको "फील" नआउला भनेर गाउँको वाइड सट नलिइकन घटनाका आवश्यक  दृश्य मात्र खिचिएको छ । सिनेमाटोग्राफी राम्रो लाग्यो । पहाडका घना जंगललाई जोड दिएर खिचिएको छ । यसले जंगलको विरानमा अमानवीय कृत्य हुन्छन्, जंगली कानुन चल्छ भन्ने प्रतीक बोक्छ जस्तो लाग्छ । त्यस्तै साँघुरा बाटालाई पनि घरीघरी देखाइनुले तत्कालीन समाजका साँघुरा चिन्तनलाई प्रतिबिम्बित गरेको हुनसक्छ । कलाकारहरूको अभिनय राम्रो छ । गरिमा पन्तले सती जान बाध्य बनाइएकी नारीको भूमिकालाई न्याय गरेकी छिन् तर उनको अभिनय क्षमताको अझै बढी सदुपयोग हुनसक्थ्यो भन्ने लाग्यो । लक्ष्मी गिरीको अभिनय पनि तारिफयोग्य छ तर उनले लामा संवादमा उपदेश गरेको चाहिँ चित्त बुझेन अनि अल्लि बढी रोनाधोना भयो । बालकलाकारको अभिनय एकदुई ठाउँमा (जस्तो, भात खान बस्दा  आमालाई सम्झेर रोएको लगायतमा) अब्बल छ भने अन्यत्र चाहिँ कमजोर छ । धरावासी र उनकी पत्नीले भने राम्रो अभिनय गर्न सकेनन्, कृत्रिम लाग्यो उनीहरूको डाइलग डेलीभरी  तर उनीहरू व्यवसायिक कलाकार नभएकाले यो स्वाभाविक हो । फिल्म "स्लो" छ । कतिपय दृश्यलाई अनावश्यक तन्काइएको छ । कथानक चलचित्रभन्दा पनि डकुमेन्ट्रीजस्तो लाग्छ घरीघरी । विदेशीलाई हाम्रो संस्कृति देखाउने हिसाबमा मात्र खिचेका होलान् कतिपय सन्दर्भ भन्ने लाग्यो । तर नेपालमा बन्ने चलचित्रहरूको दाँजोमा यस्तो गम्भीर र यत्तिको गुणस्तरको चलचित्र बन्नुलाई सकारात्मक उपलब्धिकै रूपमा लिएँ मैले । हेर्न सिफारिस गर्दछु ।                              

Sunday, December 1, 2013

Appraising the play "Court Martial"

"कोर्ट मार्सल" नाटक हेरियो । सेनाका एक उच्चपदस्थ अधिकारीको हत्या तथा अर्का अधिकारीको हत्याप्रयासको आरोप लागेका जवान (सवार) राम बहादुरको मुद्दामा बसेको सैनिक अदालतको कारबाहीको कथा बोकेको यो नाटक सशक्त विषय तथा अभिनयका लागि सराहनीय बन्न पुगेको छ । पक्ष विपक्षका वकिलका जिरहले इन्टेन्स बनाएको घटनाक्रम क्रमशः बढ्दै जाँदा सेनाभित्रका सामन्ती सोच तथा संस्कार, आफूमातहतका जवानमाथि उच्च अधिकारीले गर्ने दुव्र्यवहार, जातभातको कुसंस्कारजन्य विभेद आदिका पर्दा खुल्दै जान्छन् र अदालती कारबाहीको जिम्मेवारीमा बसेका अधिकारीहरूको अवधारणामा परिवर्तन आउँदै जान्छ । प्रत्येक नयाँ घटनाक्रममा दर्शकहरू बाँधिदै जान्छन् र सुपात्रप्रतिको सहानुभूतिमा तरंगित हुन्छन् । सबै कलाकारको काम उच्चकोटिको छ । अनुशासन कायम राख्ने कर्नेल रूपक सिंह (राजेश हमाल), सत्यका दार्शनिक पक्षको चर्चा गर्ने प्रतिरक्षक वकिल क्याप्टेन विजय पोख्रेल (सुवास थापा), नाटकका भिलेन भन्न सकिने क्याप्टेन जिबी राणा (कर्मा शाक्य) र रामबहादुर (विशेषगरी उनको त्यो कारुणिक क्रन्दन) को अभिनय विशेष नोटेबल लाग्यो भने अन्यको पनि अब्बल नै छ । क्रोधको इमोसनले नाटकमा महत्त्वपूर्ण स्थान ओगटेको छ र क्रोधातिरेकमा केही संवाद चर्का बन्नपुगेका छन् । संवादविहीन अवस्थामा पनि सबै पात्रका मुखमुद्राले संचार गरिरहेको गजब लाग्यो । नाटकमा एकपछि अर्का तनावयुक्त घटना आउँछन् र तनाव चुलीमा पुगेपिच्छे पाँच दस मिनेटको ब्रेक लिएर दृश्य बदलिन्छ । तीव्र तनावलाई कम गर्न हास्यका क्षण पनि देखा पर्छन्, विशेषगरी बिएस राणाले हँसाउँछन् । नाटकमा संवाद कण्ठ पार्नु जटिल काम हो र आज कलाकारहरू शब्दमा झुक्किएर चिप्लिएका थिए कैयौंचोटि । सानातिना त्रुटिका बाबजुद मलाई घटनाक्रममा डुबाउन सफल भएकाले मेरो दृष्टिमा यो एक उत्कृष्ट नाटक हो र निर्देशक अनुप बराल तथा पूरा टिम प्रशंसाका हकदार छन् ।

Govinda Bartaman's "Hariyo Cycle"

गोविन्द वर्तमानको निबन्ध संग्रह "हरियो साइकल" पढेपछि उनको व्यक्तित्वलाई नजिकैबाट चिन्ने अवसर मिलेको अनुभूति भयो । यात्रासंस्मरण, बाल्यकालीन/किशोरकालीन सम्झना, साहित्य/सिनेमा/ललितकलामाथि उनका दृष्टिले पनि प्रकारान्तरमा उनको व्यक्तित्वलाई नै पाठकसमक्ष पुर्याइरेको भान भयो । सामाजिक न्यायका पक्षधर भई कट्टर वामपन्थी धारणाबाट चाहिँ आफूलाई अलग्याएका वर्तमानले शोषक वर्गका प्रतिनिधि र दुईमुखे चरित्रका व्यक्तिमाथि तीखो प्रहार गरेका छन् । किशोरकालमा कम्युनिस्ट हुँदा कांग्रेस वा राजतन्त्रनिकट ठानिएका विशिष्ट लेखक/कलाकारको बारेमा लहडमा नराम्रो धारणा राखेका वर्तमानले तिनको सान्निध्यमा आफूलाई पुनर्मूल्यांकन गरेबाट उनको लचिलोपना तथा प्रौढता झल्कन्छ । उनको अन्तर्यमा चिहाउनका लागि "एउटा किशोरको एक्लोपन" जस्तो निबन्ध सहायक हुन्छ जहाँ उनले आफ्नो अन्तर्मुखी व्यक्तित्वको व्याख्या गरेका छन् । अत्यन्तै कम साथीसंगाती बनाएका वर्तमानले तिनै मित्रहरूलाई आफ्ना लेखमा घरिघरि दोहोर्याएका छन् भने आफ्नो घर रहेको चावहिलको इलाकालाई उनले धेरै निबन्धमा सेट गरेका छन् । पिताप्रति उनको धारणा त्यति प्रियकर थिएन जस्तो लाग्छ केही निबन्ध पढ्दा । शीर्ष निबन्ध "हरियो साइकल" मा पिताले आफूलाई मरणासन्न स्थितिबाट बचाएको घटनालाई पनि उनले निरपेक्ष तवरले वर्णन गरेका छन् । विचारको पृष्ठभूमिलाई देखाउने निबन्ध "विचारका डोबहरूमाथि" मा वर्णित श्रीधरबाप्रति भने उनमा श्रद्धा देखा पर्छ । श्रद्धाकै कुरा गर्दा केही साहित्यकारका मृत्युमा शब्दश्रद्धाञ्जलि दिने क्रममा उनी तिनीहरूमध्ये कसैको बारेमा गहिरो विश्लेषण गर्न पुग्छन् भने कसैको बारेमा सतही कुरा गर्छन् । उनका नियात्रा अलि साधारण लागे । लाङटाङ यात्राको लामो नियात्रामा अनावश्यक वर्णन भरमार छ र उनले अघिल्लो पुस्तक "सोह्र साँझ" मा देखाएको व्यक्तिसंवेदना खोतल्ने कला यसमा पाइएन । पुस्तकको सम्पादन तथा पुनर्लेखन हुन नपाउँदै उनको मृत्यु भएकाले यसो हुनगएको हुनसक्छ । मृत्युको पूर्वाभाष उनलाई भएको कुरा "हरियो साइकल" मा परेको छ जहाँ उनले बारम्बार पुकारा गर्छन्, "मलाई मुक्ति देऊ !" सरल भाषाशैलीमा आफ्ना कुरा प्रस्ट भन्नसक्ने लेखकका रूपमा वर्तमानप्रति मेरो श्रद्धा छ तर उनका केही निबन्ध अझ कलात्मक हुनसक्थे भन्ने मलाई लागिरह्यो । भाषिक अशुद्धताले समेत रसभंग गरेका छन् कतिपय निबन्धमा ।

Ashwin Sanghi's "The Krishna Key"

अश्विन संघीको अंग्रेजी उपन्यास "द कृष्ण की" (कृष्ण साँचो) अतीतमुखी हिन्दु अवधारणालाई पुनर्पुष्टि गर्ने थ्रिलर उपन्यास हो । वर्तमान र भविष्यभन्दा हाम्रो अतीत नै महान् थियो र हाम्रा पुर्खाले अहिले देखिएका वैज्ञानिक चमत्कार पहिल्यै गरिसकेका थिए तथा सबै कुराको स्रोत भारतीय सभ्यता नै हो भन्ने दाबी यो उपन्यासले गर्छ । यो दाबी सत्य हुनसक्छ तर अतीतमोह तथा वर्तमानप्रति उदासी हामी हिन्दुको कमजोरी हो भन्ने लाग्छ मलाई । अतीतका गौरवशाली आविष्कारको वर्तमानमा कसरी सदुपयोग गर्ने भन्नेमा हाम्रो ध्यान जानु जरुरी छ, न कि स्तुतिगानमा आफूलाई सीमित गर्नु । भगवान् कृष्णको स्यमन्तक मणिमा न्युक्लियर क्षमता थियो र त्यो अहिले कहाँ छ भन्ने खोज उपन्यासको चुरोका रूपमा रहेको छ । गलत हातमा पर्दा यसले विनाश ल्याउने हुनाले उपन्यासका असल पात्र इतिहासका प्राध्यापक रविमोहन सैनी, प्रहरी निरीक्षक राधिका सिंह र सहायक निरीक्षक राठौरले खराब पात्र सर खान, प्रिया, तारक वकिल र सुनिल गर्गलाई रोक्ने प्रयास गर्नुमा उपन्यासको द्वन्द्व केन्द्रित छ । तारक वकिललाई माताजी उर्फ प्रियाले कल्की अवतारका रूपमा लिई भगवान् कृष्णको अस्तित्व खोजी गर्ने अतीतमुखी प्रवृत्तिका छेदी, कुरकुडेलगायतका वैज्ञानिकहरूको हत्या गर्न लगाउँछे । सैनीमाथि यी हत्याको गलत आरोप लाग्छ र उसले आफूलाई पछि निर्दोष साबित गर्छ । घटनाहरू गुजरात, राजस्थान, कैलाश मानसरोवर, सोमनाथ, आग्रालगायतका स्थानमा हुन्छन् । तीव्र गतिले घटनाक्रम विकसित हुन्छन् तर बीचबीचमा सैनीका लामा लेक्चरले स्पिडब्रेकरको काम गर्छन् र यी लामा गफलाई अन्य पात्रले समेत मन पराउँदैनन् । लेखकले अनुसन्धान त मजैले गरेका रहेछन् उपन्यास लेख्नका लागि । पढुन्जेल पट्यार लाग्दैन र अनेकौं तथ्य पनि थाहा पाइन्छ । शब्द उलटपुलट गर्ने एनाग्राम प्रयोग गरिएको छ । "द दा भिन्ची कोड" उपन्याससँग अत्यधिक मिलेकोले चाहिँ लेखकको बेइमानी झल्कियो ।

Tuesday, November 26, 2013

Social meanings of nursery rhymes

छोरीलाई अचेल नर्सरी राइममा चित्त लागेकाले बजाइदिने गरेको छु । ती अंग्रेजी राइमका शब्दमा यसो विचार गर्दा तिनका सामाजिक सन्दर्भका अर्थ निकाल्न सकिन्छ जस्तो लाग्यो । अहिले बोर्डिङ पढ्ने सबैजसो बच्चाले यी राइम सुनेकै हुनाले यसको चर्चा गर्नु उपयुक्त नै  ठहर्ला । "ज्याक यान्ड जिल वेन्ट अप द हिल" ले १८ औं शताब्दीको बेलायती समाजका गरीब परिवारमा बालबालिकले श्रम गर्नुपर्ने कुरालाई इंगित गरेको हुनसक्छ । पानी खोज्न डाँडा चढ्नुपर्ने र पानीको भारी बाल्टिन बोक्दा सन्तुलन बिग्रेर लडी ज्याकको टाउको फुट्ने कारुणिक अवस्थालाई यो राइमले दर्साएको हुनसक्छ । यही सन्दर्भमा एउटा कुरा याद आयो । "हान्सल यान्ड ग्रेटल" को सुप्रसिद्ध  कथामा सौतेनी आमाको दबाबमा बुवाले हान्सल र ग्रेटललाई जंगलमा मर्न छोडेको प्रसंग छ । १४ औं शताब्दीमा युरोपमा अनिकाल आएर हाहाकार मच्चेको थियो र आमाबाले आफ्नो सन्तान पाल्न नसकेर जगलमा मर्न छोड्थे रे । अब आमाको छवि त ममतामयी हुनाले आफ्ना सन्तानलाई उनले त्यागेको भन्ने कुरा समाजले नपचाउने हुनाले क्रूर सौतेनी आमाको सिर्जना गरेको हुनसक्छ भनी अनुसन्धाताले बताएका छन् । फेरि राइमकै कुरामा फर्कँदा "चब्बी चिक्स, रोजी लिप्स" भन्ने राइमले गोरी केटीको सौन्दर्यलाई मापदण्ड बनाएको छ । भुक्क परेका गाला, राता ओठ, नीला आँखा, घुम्रेको कपाल, गोरो अनुहार भएकी विद्यार्थीलाई शिक्षकले मन पराउने (नम्बर धेर दिने?) भनिएको छ । युरोपेली सौन्दर्यलाई मानक बनाइएको र साम्राज्यवादसँगै भित्रिएको अंग्रेजी राइमको निहितार्थ शासित देशका बालबालिकाका लागि अनौठो कुरा हुन्थ्यो होला । अरु राइमका बारेमा पनि यसरी विश्लेषण गर्न सकिन्छ । 

Monday, November 18, 2013

Thaple Bhirkot Hiking

काठमाडौं सहर साँघुरिएर वातावरणीय समस्याको चपेटामा पर्दै गएपनि उपत्यका वरपरका डाँडाहरू प्रकृतिको आनन्द लिनेहरूका लागि अझै पनि उचित गन्तव्यका रूपमा रहिनैरहेका छन् । पदयात्रा गरेर ती डाँडामा रहेका गाउँजंगल जानु शारीरिक तथा मानसिक स्वास्थ्यका दृष्टिकोणले लाभप्रद छन् भन्ने मान्यताका साथ अस्ति शनिवार हामी चारजना सीतापाइलामाथिका भीमढुंगा, थाप्ले, भीरकोटतिरका गाउँमा एक दिनका लागि  घुम्न निस्कियौं । रोशन शेरचन दाइ र प्रभाकर गौतमजीसँग बिहिवारै गरेको सल्लाहअनुसार त्यो क्षेत्र हाम्रो गन्तव्य निर्धारित भएको थियो र विमल आरोहीजीले पनि जाने इच्छा देखाएपछि हामी चारजना भयौं यात्राका सहभागी ।

प्रभाकरजीसँग बिहान पौने आठमा नयाँ बानेश्वर चोकमा भेटी उहाँको मोटरसाइकल चढेर न्युरोड गइयो । केही बेरमा रोशन दाइ पनि मोटरसाइकलमा आउनुभयो । त्यसपछि विमलजीको डेरामा दुवै मोटरसाइकल राखेर पैदलै हिँड्न थाल्यौं गन्तव्यतर्फ । स्वयम्भू चोकमा दुई किलो सुन्तला किनेपछि सीतापाइला चोक पुगेर भीमढुंगातिर सोझियौँ हामी । नेपाली साहित्यका विषयमा हामी गफ गर्दै हिँड्दै थियौं । एउटा पसलमा हल्का चिया चमेना गरेपछि भीमढुंगा लाग्ने उकालो उक्लियौं । पिच बाटो सकिएर अब कच्ची बाटो सुरु भएको थियो । बाटामा भेटिएका मानिसहरूसँग बाटो सोध्दै अघि बढ्यौं हामी । निकैबेर हिँडेपछि एउटा विशाल ढुंगा देखियो । सायद त्यही नै हो कि भीमढुंगा ? त्यहाँ एकछिन सुस्ताउने हेतुले बस्दा सुन्तला छोडाउन थाल्यौं । गफका सिलसिला जारी नै रहे ।

एकछिनपछि फेरि बाटो लाग्न थाल्यौं । केही माथि पुगेपछि बाटोबाट पूर्वतर्फ टाढा दृष्टि फ्याँक्दा विशाल उपत्यका देखियो । आकाश खुलेकाले गर्दा उपत्यका टाढासम्म देखिएको थियो । त्यही बाटोको किनारमा तोरीबारी पनि देखियो र त्यहाँ फोटो खिच्ने लोभ संवरण गरिरहन सकेनौं हामीले । त्यसपछि अघि बढ्दै जाँदा कहिले ठाडो उकालो आउँथ्यो भने कहिले तेर्सो बाटो पनि आउँथ्यो । साना जंगलबाट आएको शीतल पवनले मनमस्तिष्कमा आनन्दको संचार गरिरहेकै थियो । जाँदाजाँदै अलि उकालोमा हामीले अप्रत्याशित रूपमा पश्चिमतर्फ तरेली परेका डाँडा, सानासाना गाउँवस्ती र प.....र हिमशृंखला देख्यौं । सबैको मुखबाट सामूहिक रूपमा वाह निस्कियो । क्यामराले काम पाए केही समयका लागि । यति छिटै यस्तो मनोरम दृश्य अवलोकन गर्न पाइएला भन्ने हामी कसैले पनि अपेक्षा नगरेकोले पनि होला त्यो दृश्यपान हाम्रा लागि आनन्दको स्रोत बनेको । माथि नीलो आकाश, बादलका केही आवारा टुक्राहरू, चमकदार सूर्य, चिसो बयार, हरिया जंगल र गाउँवस्ती अनि दृष्टिको अन्तिम सीमामा ठडिएको अन्नपूर्ण मनास्लु हिमशृंखला । अद्भुत !

यस्तो स्वर्गीय आनन्दबाट विमुख हुन नचाहेपनि यात्रा अघि बढाउनैपर्ने भएकाले हामी उकालो लाग्यौं । हिँड्दै बीचमा केही क्षण थकाइ मार्दै माथि जाँदा हामी थाप्ले पुगेछौं । चुनाव प्रचारका कार्यक्रम चल्दै थियो त्यहाँ । हामीलाई पनि गाउँलेहरूले कुनै दलको कार्यकर्ता भन्ठानेछन् । हामी शनिवारको बिदाको सदुपयोग गर्ने पदयात्री हौं भनी बतायौं । सबैलाई भोक लाग्दै गरेको तथा थकाइ पनि लागेको अनुभूति हुन थालेपछि एउटा पसलमा गयौं । त्यो पसलकी तामाङनी दिदीसँग चाउचाउ किनेर खान थाल्यौं । रोशन दाइले फुलमकै ल्याउनुभएको रहेछ अनि प्रभाकरजीले गुन्द्रुकको अचार । ती पनि झिकेर खान थाल्यौं । आहा, गुन्द्रुकको अचार कस्तो स्वादिलो लाग्यो मलाई त ! अमिलो, नून ट्वाक्क मिलेको अनि लसून र डल्ले खुर्सानीले स्वाद बढाएको । प्रभाकरजीले गजब बनाउनुहुँदो रहेछ अचार त । बाटामा दालमोठ किनेका थियौं, त्यो पनि मिसायौं । चिउरा त छँदैथियो ।  थपीथपी खाएँ मैले । रोशन दाइ र प्रभाकरजीले चाहिँ स्थानीय छ्याङ पनि खानुभयो ।
हामीले पसलमा खाँदै गर्दा अरु गाउँले पनि आए । रोशन दाइले नेपालका धेरै भूभागमा वातावरणविज्ञ भएर घुम्नुभएकाले होला जोसँग पनि छिट्टै घुलमिल हुन सक्नुहुँदोरहेछ । अनि त गाउँलेहरूसँग गफका सिलसिला सुरु भइगए नि । चुनाव मुखमा भएकाले त्यसैको गफ भयो । गाउँलेहरू नेतासँग आक्रोशित थिए र जसले पक्की बाटो ल्याउँछ गाउँमा त्यसैलाई भोट दिने हो भन्दैथिए । एकजना तामाङनी अलि हाजिरजवाफी रहिछन्, रोशन दाइसँग उनको रमाइलो जुहारी चल्यो । एक घन्टा लगभग त्यतै बित्यो ।

नारायणको मन्दिर र गुफा घुम्नलायक ठाउँ हुन् त्यहाँका भनी स्थानीयहरूले बताएपछि मलाई गुफा जान मन लाग्यो र साथीहरूलाई उक्साएँ । तर त्यो ठाउँ एक त साह्रै एकान्तमा रहेछ अनि जाने बाटो पनि अलि डरलाग्दो रहेछ त्यसमाथि हामी बाटो पनि अल्मलिएछौं । त्यसैले त्यता जाने योजना रद्द गरेर भीरकोटतिर लाग्यौं । त्यताको उचाइबाट काठमाडौं हर्दा मजा आउने रहेछ । विमान अवतरण गरेको दृश्य रमाइलो लाग्यो ।
भीरकोटमा कोदो टिपेर घाममा सुकाउन राखिएको रहेछ भने फापर खेतमा लहलहाउँदै रहेछ । खेतमा काम गरिरहेका गाउँलेको दृश्य देखियो । एकछिन दृश्यपान गरेपछि हामीले बाटो ततायौं । साहित्य, संगीत, राजनीतिका गफ यात्राभरि जारी नै रहे । बाटो सोध्दैसोध्दै गएपनि हामी त झुक्किएछौं र मान्छे नहिँड्ने बाटो पो समात्न पुगेछौं । हराइयो अब । कसलाई सोध्ने, कोही देखा पर्दैन ! अब जे पर्ला पर्ला भनेर अघि बढ्यौं । लुगाभरि कुरो टाँसिएर दुम्सी भयौं हामी त । उकालोमा बुट्यान समात्दै चढ्दै गाउँवस्ती खोज्न थाल्यौं । भेटियो पनि गाउँ । एउटा घरमा गएर स्थानीयलाई हामीले बाटो देखाइदिन भन्यौं र उनीहरूले अलि वरसम्म हामीलाई ल्याइपुर्याए ।

तल एउटा पसल रहेछ जहाँ स्थानीयहरू भेला हुँदा रहेछन् । हामी त्यहाँ सुस्ताउन थाल्यौं अनि केही खानपान पनि गर्यौं । पसलेले भटमास साँधेर ख्वाए । केही नमिसिएको शुद्ध स्थानीय खानेकुराको स्वाद कति मीठो ! थपीथपी खाएँ मैले । कालो चिया पनि पिइयो । छ्याङ खानेले फेरि एकएक डबका थपे । अघि हामीलाई पसलसम्म ल्याइदिने गाउँलेले पनि छ्याङको सुरमा बाह्र सत्ताईस हाँक्न थाले । खासै नपढेका तर अनुभवको खानी भएका गाउँलेको तर्कशक्ति देखेर हामीले रमाइलो मान्यौं ।
अब त ढिलो हुन थाल्यो हौ ! हिँडिनहाले त घर पुगिन्न आज भन्ने भयो र हामी काठमाडौंतिर सोझियौं । डाँडाको टुप्पोमा टाँसिएको अस्ताउँदो सूर्य हेर्दै हामी ओरालो झर्न थाल्यौं । तल देखिएका खेतका गह्रा कति मनोरम ! हिँड्दाहिँड्दै झमक्क साँझले छोपिगो । पाइला अलि छिटो चालौं न भनेको टनटनी दुख्छ पो । थाहै नपाई थुप्रो पो हिँडिएछ । चाल त सुस्त नै हुने भो । पूर्वतिर माथि आँखा सोझिँदा चतुर्दशीको चन्द्रमा देखियो । नयनाभिराम लाग्यो ।

बाटामा गफ गर्दै जाँदा एउटो माइक्रोबस फुत्त छुटिगएछ । हिँडेरै सीतापाइलासम्म पुग्नुपर्ने भयो । सीतापाइला पुगेपछि रोशन दाइ सार्वजनिक यातायात चढेर जाने भन्न थाल्नुभयो र हामी छुट्टियौं । बाँकी रहेका हामी तीनजना चाहिँ विमलजीको डेरासम्म हिँडेर गयौं । त्यहाँ मोटरसाइकल झिकेर विमलजीसँग बिदाबादी हुँदै प्रभाकरजीको पछाडि बसेर नयाँ बानेश्वर आइपुगेपछि म ओर्लिएँ र घरतिर आएँ । घर पुग्दा त रातिको आठ बजिसकेको थियो । लगभग आठ घन्टा पो हिँडिएछ त । शरीर जतिसुकै शिथिल भएपनि मन चाहिँ यो पदयात्राका कारण चंगा नै थियो । सुमधुर सम्झनामा सुरक्षित छ हाम्रो यो यात्रा । अब आउने दिनमा पनि यस्ता यात्रा गर्ने नै छौं हामी ।              

Saturday, November 16, 2013

Ashwin Sanghi's "Chanakya's Chant"

"Chanakya's Chant" by Ashwin Sanghi tells parallel stories of historical figure Acharya Chanakya and his wily ways to unite scattered India under the rule of Chandragupta Maurya in the past and Gangasagar Mishra's usage of political machinations to establish Chandini Gupta to the post of the premier of modern India. In fact, Mishra is supposed to be the modern incarnation of Chanakya while Chandini  of Chandragupta. There are plenty of political conspiracies carried out by the politicians, some believable some not, to ascend to the throne. I don't want to give away the story but will suffice to say that I had a guilty pleasure reading the intrigues in the form of Saam, Daam, Danda, Bhed presented in the novel. But I remained skeptic about the easy political coups carried out by Gangasagar and his cohorts in modern India. The writer has carried out good research into ancient India and also into the caste/religion-based politics of modern India to pull off a political thriller and also has proved that he possesses a big brain. Literary tropes like parallelism, chiasmus, allusion and others are employed dexterously. However, the writer is guilty of trying to pass off Hindi words like "machaan" and "mor" as Sanskrit and he likes to repeat the phrase "had seen better days" every now and then. I believe Nepali politics also needs someone like Acharya Chanakya to get rid of the current mess but unfortunately there are ill-advising Shakunis only at the moment. 

Monday, November 11, 2013

Roshan Sherchan's "Dhobighat Express"

रोशन शेरचनको निबन्धसंग्रह "धोबीघाट एक्स्प्रेस" पढेपछि लाग्यो उनी एक अध्ययनशील र विचारशील व्यक्ति रहेछन् । साहित्य, कला र समाजमाथि उनले आफ्ना विचार पोखेका छन् यी निबन्धहरूमा । आत्मसंस्मरण, यात्रा संस्मरण, साहित्य/चित्रकला/दर्शन चिन्तन उनका निबन्धका विषय हुन् ।

पूर्ववर्ती केही नेपाली लेखकका उनी प्रशंसक रहेछन्, विशेषगरी कवि ईश्वरवल्लभ र आख्यानकार नारायण ढकालमाथि उनले असीम शब्दश्रद्धा देखाएका छन् । तर आफूलाई मन परेको लेखकको चर्चा गर्दा उनी गहिराइमा पुगेनन् जस्तो अनुभूति भयो मलाई । जस्तो, ईश्वरवल्लभका कविताको चर्चा गर्दा उनले ती "साइकेडेलिक" कविता हुन् भनेका छन् तर त्यो भनेको ठ्याक्कै के हो भनेर विस्तारमा चर्चा गरेका छैनन् । व्यक्तित्वको विमर्शमा उद्यत रहँदा कृतित्वको गहन विश्लेषण छुटेझैँ लाग्छ । म ईश्वरवल्लभका "दुरूह" कविता किन पढौं भनेर उनले मलाई कन्भिन्स गर्न सकेनन् । त्यसैगरी सरुभक्तको शून्यवादको व्याख्या गर्न पनि उनी चुके ।

एउटा निबन्धमा  उनी आफैँले "म आलोचनात्मक यथार्थवाद को समर्थक हुँ" भनेका छन् तर यो के हो भनेर प्रस्ट्याएका छैनन् । लेखनमा "राइटर रेस्पोन्सिबल" र "रिडर रेस्पोन्सिबल" भन्ने दुई प्रवृत्ति हुन्छन् र राम्रो लेखकको चिनारी पहिलो प्रवृत्तिले दिन्छ । लेखकले आफ्नो तर्क पाठकमा स्थापना गर्न आफैँ जिम्मेवार भएर बुझाउन कोसिस गर्नुपर्ने पहिलो प्रवृत्तिको मान्यता हुन्छ । आफूले लेखेपछि जिम्मेवारी सकियो, पाठकले बुझ्नुपर्यो भन्ने दोस्रो प्रवृत्ति चाहिँ घातक हुन्छ । मैले यो प्रसंग किन उठाएको हो भने शेरचनले आफ्नो पहिलो निबन्धसंग्रह "मष्तिष्कहरूको मृत्यु" दुरूह भएर अधिक पाठकमा नपुगेकाले पछि "चम्पारण ब्लुज" र अहिले यो  किताबमा सरल/सम्प्रेषणीय बन्न खोज्दैछु भनेकाले उनीबाट बोधगम्य तथा विश्वासप्रद तर्क आउलान् भन्ने मेरो अपेक्षा रह्यो । विचारयुक्त सरल लेखन स्वागतयोग्य हुन्छ भन्ने मेरो मान्यता छ ।

"म कविता किन लेख्छु" भन्ने निबन्ध भने संग्रहकै उत्कृष्ट लाग्यो मलाई । कवितालेखनका बारेमा उनका  भावुक र बौद्धिक धारणालाई उनले मीठो भाषामा पस्केका छन् । "कविताको नैसर्गिक आशावादिताको अगाडि  जीवनको गहिरोभन्दा गहिरो दु:ख पनि कमजोर छ" जस्ता मुग्धकारी वाक्य छन् यसमा । शीर्ष निबन्ध "धोबीघाट एक्स्प्रेस" चाहिँ निबन्ध र आख्यानको सम्मिश्रण बन्न पुगेको रहेछ । आख्यानमा हात हाल्ने हो भने शेरचन सफल हुन्छन् भन्ने संकेत मैले यस निबन्धमा पाएँ किनकि पाठकलाई आख्यानको लालित्यमा विलोप गराउनसक्ने भाषा शैली मैले यसमा भेटेँ  । यात्रा संस्मरणमा पनि शेरचनको प्रतिभा मुखरित भएको छ र "कोलाज यात्रा: छ्याङ्दोर, भालुखोप र ओक्रा" मा पाठकलाई सहचारी बनाउन सफल भएका छन् उनी ।

"फेसबुक संसार र विसङ्गतिका काराभान", "शैलीको खोजीमा", "साहित्यमा विचार चिन्तन" लगायतका निबन्धमा भने उनी तुलनात्मक रूपमा कमजोर लाग्छन् तर्कमा । शेरचन साहित्यमा आफ्नै मौलिक चिन्तनतर्फ अग्रसर स्रष्टा हुन् तर अहिलेलाई भने  उनले  अर्काको विचार ल्याएर त्यसमा आफ्नो विचार मिसिएको छ भनेर टारेका छन् ।

भाषागत त्रुटि पुस्तकका कमजोरी हुन्, देवनागरी र रोमन दुवैमा गल्ती भेटिन्छन् (जस्तो पेज २३० मा) ।


एक निबन्धमा सिकारु समीक्षकले गरेको समीक्षालाई महत्त्व दिनुहुन्न भन्ने शेरचनले मजस्तो सिक्दै गरेको समीक्षकका प्रतिक्रियालाई कसरी ग्रहण गर्लान् भन्ने मलाई जिज्ञासा लागेको छ ।                                          

Saturday, November 9, 2013

Bhupeen's "Chaubees Reel"




भूपिनजीको निबन्ध संग्रह "चौबीस रिल" मा जीवनका विभिन्न घटनाका संस्मरणलाई काव्यिक पारामा प्रस्तुत गरिएको पाएँ । कविताका सम्बन्धमा उनको धारणा, कविमित्रहरूको संगत, कविता सुनाउन गरिएका भ्रमण, घरपरिवारका पुराना घटना, पढाइका स्मरण, ईश्वर/जीवन/जगत् प्रतिका धारणा, विभिन्न स्थानका यात्रा संस्मरण यो पुस्तकमा अटाएका छन् । लेखक यात्रा संस्मरणमा अधिक खुलेका छन् । यात्रामा आफूसँगै पाठकलाई समेत डुलाउन सफल भएका छन् । अन्नपूर्ण आधारशिविर, पुट्टपर्ती, बेङ्लोर र पोन्डिचेरीका नियात्रा पढ्दा आनन्दानुभूति भयो । गहन चिन्तन गर्ने प्रयास गरिएका निबन्ध भने तुलनात्मक रूपमा कमजोर लागे । "सांस्कृतिक बिम्ब", "अस्तित्व", "नदी र जीवन", "हत्यारा सोच", "जीवन: साझा बसको अन्तिम सिट" मा शब्दशिल्प मात्र भेटेँ मैले, चिन्तनको गहिराइ पाइनँ । आफूलाई मन परेका लेखक साहित्यकारका नामावलि र तिनका केही रचनाको कोरा फेहरिस्तमा सीमित लागेधेरजसो निबन्धहरू । भाषामा बेजोड पकड भएका लेखकको चिन्तन र तार्किक सामर्थ्य त्यही स्तरको होस् भन्ने मेरो आग्रह रह्यो । त्यति कन्भिन्सिङ लागेनन् उनका तर्कहरू । उनले गरेको कलाको पूजन ईश्वरको अस्तित्वलाई नकारेपछि जन्मिएको शून्यतालाई भर्ने मोडर्निस्ट प्रयास हुनसक्छ । कलाले सामाजिक हितका लागि भौतिक योगदान गर्न नसकेको पीडा भने लेखकले राम्ररी उधिनेका छन् (जस्तो, "सांग्रिलाको हृदय" मा बुधेको वर्णन) । "भोकको संगीत" मा करुणा उत्पन्न गराउने उनको प्रयास बाउ छोराको नचाहिँदो अडानले भुत्ते बनाएको अनुभव भयो मलाई । पुस्तकमा तथ्य र भाषामा दुवैमा धेरै कमजोरी भेटेँ मैले । "कवच" लाई कवज भनेका लगायत भाषिक कमजोरीको त लामै सूची तयार हुन्छ, अझ अंग्रेजी शब्दलाई देवनागरीमा लेख्दा त हास्यास्पद शब्द बन्न पुगेका छन् । भाषा हेर्ने विमलजीको तीखो दृष्टि यता नपुगेकोमा मलाई आश्चर्य लाग्यो । कुनै कुनै बिम्ब पनि नमिलेका रहेछन् । जस्तो, पेज ९२ मा "हाम्रो आशाको सानो द्वीप आइसक्रिमझैँ पग्लन थाल्यो" । एक त दीप भन्न खोजेको द्वीप भयो होला त्यसमाथि दीप पनि त पग्लदैन, मैन हुनुपर्ने हो । अनि तथ्यगत त्रुटिमा चाहिँ पेज १०८ मा "भियतनाम युद्धमा स्वयं अमेरिकाद्वारा सोभियत सेनाको विरुद्ध हतियार सुम्पिएको भनिएको बिन लादेन" । लादेन त अफगानिस्तानमा रसियनहरूसँगको युद्धमा पो थियो । त्यसैगरी बारीमा उभ्याइने बुख्याँचालाई पपेट भनिएको छ । अर्को संस्करणमा यसलाई सुधार्नु जरुरी छ । तर्कलाई माझ्न र चिन्तनको गहिराइमा अझ गोता खेल्न लेखकले श्रम गर्नुपर्ने मेरो निष्कर्ष रह्यो भने भाषा शैली चाहिँ प्रशंसायोग्य लाग्यो ।

Friday, November 8, 2013

Dean Koontz's "From the Corner of His Eye"

१०० वटा किताब लेखिसकेका डिन कून्ट्जको लामो उपन्यास "फ्रम द कर्नर अफ हिस आइ" मा सस्पेन्स, थ्रिल, जादुयी यथार्थवाद, क्वान्टम फिजिक्सको ककटेल भैकन पनि कथाको गति अल्लि स्लो नै लाग्यो । पाठकलाई बाँधेर राख्ने कला यसमा खासै भेटिएन । त्यसैले मलाई यो उपन्यास सक्न बेर लाग्यो । तर चरित्रविकास चाहिँ गजब लाग्यो यसमा । प्रत्येक पात्रको ब्याकग्राउन्ड मसिनोगरी केलाइएको पाएँ । जुनियर केन भन्ने क्रूर हत्याराले एउटी महिला सेराफिमलाई बलात्कार गरेर भाग्छ । पछि उसले आफ्नी पत्नी नाओमीलाई टावरबाट खसाएर मार्छ तर यो दुर्घटना भएको भन्ने पार्छ र अझ सरकारबाट क्षतिपूर्ति समेत पड्काउँछ । टम भ्यानेडियम भन्ने पुलिसले उसको पिछा गर्छ । बलात्कृत सेराफिमबाट एन्जल भन्ने छोरी जन्मिन्छे पराभौतिक शक्ति लिएर र उसलाई सेराफिमकी बहिनी सेलेस्टिनाले पाल्छे । अर्कातर्फ एकजना दयालु महिला एग्निसले बार्थोलोम्युलाई जन्म दिन्छिन् तर अस्पताल पुर्याउने क्रममा एग्निसका पति जोइ सडक दुर्घटनामा मर्छ । बार्थोलोम्यु पनि पराभौतिक शक्तिको मालिक हुन्छ तर तीन वर्षको उमेरमा उसको आखामा क्यान्सर देखिएर आँखा झिक्नपर्ने हुन्छ । त्यो क्रूर हत्यारा केनलाई बार्थोलोम्यु भन्ने मान्छे मेरो शत्रु हो र मैले मार्नुपर्छ भन्ने भान परेर त्यै मात्र धून लिएर खोज्दै हिँड्छ तर यो बालक नै हो आफ्नो अभीष्ट भन्ने पछि मात्र थाहा पाउँछ । क्लाइमेक्स अलि दमदार लागेन । मोटामोटी कथा यति हो तर अन्य धेरै चरित्र र उपकथानक छन् उपन्यासमा । केनले हत्ते गरेर बार्थोलोम्युलाई मार्न खोजेको त मलाई कंसले कृष्णको डर मानेर रातोदिन चिन्तना गरेको र अरु बच्चा मारेको जस्तै लाग्यो । उपन्यासले असल र खराबबीचको चिरन्तन द्वन्द्वको कथा बोकेको छ । लेखक आफूले जानेका कुराको चर्चा रमाई रमाई गर्छन् उपन्यासमा जसले गर्दा यसको गति धीमा हुन पुग्छ । कतिपय कुरा त सम्पादन गरेको भए हुन्थ्यो । तर उपन्यासमा यदाकदा आउने इन्साइटहरू भने मलाई मन पर्‍यो । विशुद्ध सस्पेन्स र थ्रिल खोज्ने पाठकलाई चाहिँ यसले निराश बनाउन सक्छ ।

Tuesday, November 5, 2013

Majid Majidi's "Baran"

आफ्ना रचनाद्वारा मानवीय सम्बन्धका सूक्ष्म डाइनामिकको प्रदर्शन गरेर प्रेक्षकको हृदयमा कारुण्यको उदय गराउन सफल इरानी निर्देशक माजिद माजिदीको २००१ मा आएको चलचित्र "बरान" ले प्रेमकथाको परिभाषालाई नयाँ उचाइ दिएको अनुभव हुन्छ । अफगानिस्तानमा अनवरत युद्धको समस्या आएपछि छिमेकी मुलुक इरानमा शरण लिन पुगेका मानिसले थोरै पैसामा कठोर मेहेनत गरेर पेट पाल्नुपर्ने हुन्छ । स्थानीय गरीब इरानी कामदारहरूले ती शरणार्थीको रिस गर्छन् । एउटा भवन निर्माण भैरहेको ठाउँमा नजफ भन्ने अफगानी कामदार घाइते भएपछि उसको ठाउँमा उसको सन्तान रहमत काम गर्न आउँछ । लतीफ भन्ने स्थानीय युवकले रहमतको रिस गर्छ जब उसको चिया बनाउने सजिलो काम रहमतलाई दिइन्छ । सुरुमा रहमतका विरुद्ध अनेकौं उपद्रो गरेपनि एकदिन रहमत त केटी पो रहिछे भन्ने थाहा पाएपछि लतीफमा बरान (उर्फ रहमत) प्रति प्रेम पलाउँछ र बरानको जिन्दगी सहज बनाउन उसले ठूलो त्याग गर्छ । बरानले फिल्मभर एक शब्द पनि बोल्दिन तर उ लाटी भने हैन ।  बिलकुलै नयाँ कलाकारलाई लिएर माजिदीले एक सुन्दर कथा बुनेका छन् र उनीहरूको काम प्रशंसनीय छ । प्राकृतिक प्रकाशको प्रयोग गरेर पेन्टिङको जस्तो उदात्त कला पस्कन सफल माजिदीले कवितात्मक पारामा राजनीतिक टिप्पणी गरेका छन् । सशक्त बिम्ब माजिदीको विशेषता नै हो र यसमा पनि हिलोमा गाडिएको बरानको पाइला र लतीफको त्यसप्रतिको मुस्कान लामो समयसम्म दर्शकको मनमा गडिरहन्छ । गरिबीको दु:खद कथामा समेत हास्य मिसाउन सफल छन् माजिदी । यो  कुनै पनि हालतमा हेर्न  छुटाउनै नहुने फिल्म हो ।             

Saturday, November 2, 2013

Sharada Sharma's "Agnisparsha"

शारदा शर्माको मुक्त आलेखसंग्रह "अग्निस्पर्श" पढिरहँदा तर्कको सूक्ष्मता, भाषाको कोमलता र अध्यात्मको तलस्पर्शिताले मुग्ध बनायो । समाज र जीवनमा भोगिरहिएका सत्यहरूको दृष्टान्त पक्रेर अध्यात्मको भावभूमिमा प्रवेश गर्ने यी आलेख गम्भीर साहित्य रुचाउने पाठकका लागि गतिला बौद्धिक खुराक बन्नपुगेका छन् । जम्मा ३८ वटा आलेख रहेका छन् पुस्तकमा । नारीको अवस्था, कविताको उच्चता, नैतिकताका ह्रासजनित आधुनिक अवस्था, बौद्धदर्शनको व्यावहारिकता, ओशोको ध्यानविधि तथा विद्वत्ताका परिचर्चा, नेपालका विडम्बनायुक्त राजनीति लगायतका विषयहरू समेटिएका छन् यी चिन्तनहरूमा । आलेख पढ्दा यस्तो अनुभूति हुन्छ, शारदा शर्मा आफ्नो वर्तमान जीवनप्रति सन्तुष्ट छैनन् । एककिसिमको सम्झौताको कुरूपता छ जीवनमा । उनको "विवाह एक प्रेमरहित सम्झौता हो" भन्ने आशयका वाक्य पढ्न पाइन्छ केही लेखमा ।  त्यसैले त उनी ईश्वर स्मरण, मोक्ष चिन्तन र अध्यात्म परिशीलनका कुरा दोहोर्याउँछिन् आफ्ना यी रचनामा । यो एक वाक्यले उनको परिलक्ष्यलाई प्रस्ट्याउँछ, "हरक्षण मृत्युका पन्जाभित्र रहेको सौन्दर्यमय जीवनको स्वप्नवत् अल्प  आनन्दको सीमा अतिक्रमण गरेर असीम सच्चिदानन्दतर्फ जाने बाटो म खोजिरहेकी छु ।" नारीमुक्ति आन्दोलनमा लागेकालाई यो पलायनवादी सोच लाग्नसक्छ, यही  संसारमा संघर्ष नगरेर पराभौतिकताको खोज गर्ने भनेर । त्यसो त शर्माको नारीप्रतिको "इसेन्सियलिस्ट" विचार "स्वास्नीमान्छेको जन्मजात स्त्रीभाव भनेको कोमल, प्रेमपूर्ण, मातृवत् भाव हो" भन्ने वाक्यांशमै झल्केको छ । यी भावबाट इतर हुने नारीहरू उनका शब्दप्रहारका निशाना बनेका छन् । मलाई प्राय: सबै आलेख मन परे पनि आत्मबोधतर्फको आन्तरिक यात्रा भौतिक तीर्थयात्राभन्दा महान् हुन्छ भन्ने सन्देश बोकेको  "तीर्थयात्रा' चाहिँ विशेष मन पर्यो । मान्छेको असन्तोषी  प्रवृत्तिमाथिको उनको व्यङ्ग्य  र धन्यताको उनको आग्रहले प्रभावित पार्यो मलाई, वेदको झल्को पाएँ  मैले यसमा । "वास्तवमा संसारमा नयाँपन त एउटा आभास मात्रै हो जीवनको, जुन हाम्रा स्पर्शले नै समाप्त हुने गर्छ" र "उपलब्धप्रति कृतज्ञता र अहोभावले जीवनलाई आनन्दमय बनाउँछ" जस्ता वाक्य अत्यन्त सान्दर्भिक छन् अहिलेको युगका लागि । आलेखहरूमा भाषिक अशुद्धताले भने केही रसभंग गरेको अनुभूति हुन्छ । जस्तो,  संन्यासलाई सन्यास भनिएको छ, त्रस्तलाई त्रस्त्र । यी  कमजोरीलाई पन्छाउने हो भने यो एक उत्कृष्ट पुस्तक हो भन्न मलाई कुनै आपत्ति छैन ।