गोविन्दराज
भट्टराईको लघुउपन्यास "मुगलान" ले विदेशी
भूमिमा हाड घोट्ने
र सानो प्रतिफल
पाउने नेपाली कामदारहरूको
पीडाको मार्मिक वर्णन गरेको
छ । नेपालको
पूर्वी पहाडबाट भारतको दोर्लिङ
(दार्जीलिङ) सामान
खरिदबिक्री गर्न झरेका
कामदार सुतार र ठूले
सिलिगुडी रेलवे स्टेसनमा लुटिएपछि
ठग दलालको फन्दामा
परेर अन्य कामदारसँगै
भुटान पुर्याइन्छन् जहाँ
उनीहरूलाई शून्य पारिश्रमिक र आधा
पेट खानामै कठोर
श्रम गर्न लगाइन्छ
। सडक बनाउने
काममा खटिएका यी
कामदारले ज्यान सुकाएर काम
गर्दा पनि तलब
दिन आनाकानी गरिन्छ
र धेरैजसो कामदार अंगभंग हुन पुग्छन्
। जिम्दार र
ठेकेदारका दुर्वचन तथा यातना
खप्दै खतरनाक काममा
यिनीहरू लागिरहन्छन् । भाग्न खोज्नेलाई प्रहरीले
पक्रन्छ र यस्ता
डिपाइटे (डिपोर्टेड?) लाई कोर्रा
लगाइँदै पुन: काममा
जोतिन्छ । काम
गर्ने क्रममै मृत्युवरण
गर्नुपर्छ कैयौंले । सुतार
र कार्की जे
पर्ला पर्ला भनेर
भाग्छन् तर कार्की
बाटैमा मर्छ ।
सुतार एक्लै एउटा
गाउँ पुग्छ जहाँ
एउटा दयालु परिवारको
कृपाले केही समयसम्म
उसको जीवन सुखी
हुन्छ तर विगतले
उसलाई वर्तमानमा पिछा
गरिरहेकाले उसलाई अन्ततोगत्वा अभिघात
हुन गएर उसको
जिन्दगी फेरि नर्कतुल्य
हुन पुग्छ ।
यो लघुउपन्यासको सान्दर्भिकता हालसम्म पनि कायम
छ । परिवारसँग
स्वस्थ बिदा भएको
कामदार खाडीबाट बाकसमा चिरनिद्रामा
सुतेर आउनु अहिलेको
दैनन्दिनी बनेको छ । अमानवीय अवस्थामा थोरै
तलबका लागि काम
गरेर शारीरिक तथा
मानसिक क्षति बेहोर्न बाध्य
गरिब देशका युवकका
यी कथाव्यथा अझै
केही समयका लागि
सुनिने नै छन्
। यो पुस्तकले
त्यस्तो अमानवीयताका विरुद्ध "पोलेमिक"
को भूमिका निर्वाह
गर्छ । मानवअधिकारको
डिस्कोर्समा अहिले आप्रवासी कामदारको
हकका मुद्दा उठ्दैछन्,
त्यसमा यो पुस्तकले
सन्दर्भ ग्रन्थको काम गर्नसक्छ । भट्टराईले
स्थानीय भाषालाई जस्ताको त्यस्तै पक्रेकाले
उपन्यासमा यथार्थको मिठास अनुभव
गर्न पाइन्छ भने
न्याचुरलिजमले जुगुप्सा पनि जगाउँछ
(पीप, टट्टी, झुन्डेका
छाला लगायतका वर्णनमा)। कालमा
चाहिँ गडबड भएको
छ । एउटै
अनुच्छेदमा भूतकाल भएका वाक्यका
बीचमा वर्तमानकालयुक्त वाक्य घुस्न
आउँदा अमिल्दो हुन
पुगेको छ धेरै
ठाउँमा । अनि
अनुच्छेद पनि कुनै
चाहिँ अतिनै लामा
(दुई पेजका) हुँदा
पनि असुन्दर बन्न
पुगेका छन् ।
यी कमजोरीहरू लेखकका
प्रथम प्रयास (२०३१
सालमा लेखिएको) भएकाले
क्षम्य होलान् सायद ।
कारुणिकताले सराबोर उपन्यासका पात्रलाई
लेखकले अति साह्रै
दु:ख दिएको
र पोएटिक जस्टिस
कतै नभएको चाहिँ
चित्त बुझेन ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment