Monday, December 16, 2013

Sharada Sharma's "Samayako Tasweer"

शारदा शर्माको पछिल्लो पुस्तक "समयको तस्वीर" अखबारमा पूर्वप्रकाशित लेखहरूको सँगालो मात्र  भएकाले हल्का निराशा छायो ममा धेरजसो लेख पहिल्यै पढिसकेकाले नयाँ किताब किन्नुको औचित्य साबित हुन सकेन जस्तो लाग्यो सबभन्दा धेरै "कान्तिपुर" दैनिकमा प्रकाशित यी लेखले राजनीति, साहित्य, अध्यात्म दर्शन, बेरोजगारी, मृत्युलगायतका विषयलाई छोएका छन्

यी लेखहरू पढ्दा मानवीय सीमितता शर्माको लेखोटको सार हो जस्तो देखिन्छ " जान्दिनँ"   "मैले बुझेको छैन" जस्ता सीमास्वीकारोक्तिहरू धेरै लेखमा पाइन्छन् जस्तो, "गुरुवन्दना" भन्ने लेखमा "हामी प्राय: एउटै गुरुमा पूर्णता खोज्ने गर्छौं पटकपटक निराश हुने गर्छौं " (पेज १९०) यो वाक्यले मानवको सीमा बुझ्नुपर्ने तर मानवले आफ्नो सीमा नाघ्ने कोसिस गर्ने कुरालाई सुन्दर तरिकाले बताइएको अनि संसारको सीमा नाघ्ने    शर्माको मोक्षाकांक्षा पूर्वप्रकाशित पुस्तक "अग्निस्पर्श" मा देखिएकै हो यहाँ पनि "डाडुको चेतना" भन्ने लेखमा "डाडुभन्दा माथि उठ्ने पात्रता मलाई कहिले उपलब्ध हुन्छ?" भन्ने प्रश्नले यो भाव मुखरित गरेको ज्ञानलाई अन्तर्यमा समाहित गर्न नसकेको व्यक्तिका लागि प्रयुक्त डाडुको रूपक मजाको लाग्यो यस्तो अलंकार चेत अन्य वाक्यमा पनि पाइन्छन्

मानवीय पीडालाई बिम्बित गर्ने शर्माको कला "नयाँ मेच" भन्ने लेखमा सफल देखिन्छ जब उनी आफ्ना मामा घनश्यामको दुर्घटनामा निधन भएपछि अस्पतालमा पुग्दा पछि माइजु आएर गरेको विलापको वर्णन गर्छिन् "उहाँ रुन थाल्नुभयो" मात्र भन्दा पाठकमा  सहानुभूतिपूर्ण करुणा  उत्पन्न नहुन सक्छ तर "मेरो राजा ! मलाई छोडेर कहाँ जानुभयो नि मेरो राजा ? तपाईंलाई केही भएकै छैन" (पेज १४०) भनेर विस्तारमा वर्णन गर्दा घना कारुण्य उत्पन्न हुन्छ आह्लादकारी वाक्य धेरै छन् लेखहरूमा (विमोचनमा डा. सुधा त्रिपाठीले "मन्त्र वाक्य" भनेको अतिशयोक्ति हैन) "रचनात्मक गफ" भन्ने लेखमा आएको "अनुपयुक्त जागिरले कतिपय मान्छेको रचनात्मकतालाई पनि समाप्त पार्छ" (पेज २३५) भन्ने कुरा मैले अहिले ठ्याक्कै अनुभव गरिरहेकाले मलाई एकदमै छोयो यसले   

"छायाँ राजनीति" शीर्षक खण्डमा   राखिएका लेखमा नेपालको बुझिनसक्नुको राजनीतिलाई एक सचेत नारी राजनीतिकर्मीकी पत्नीको आँखाबाट अवलोकन गरिएको मलाई यी टिप्पणीहरू अल्लि स्थूल लागे त्यति मन परेनन् किनकि मैले शर्माको छवि गहिरो लेख्ने स्रष्टाका रूपमा बनाइसकेको छु अखबारमा छिटोछिटो लेख बुझाइहाल्नुपर्ने भएकाले सर्सर लेखेर पठाइएको हुनसक्छ, पुस्तकमा राख्न छनोट गर्दा विचार पुर्याएको भए हुन्थ्यो जस्तो लागिरह्यो तर कांग्रेस नेताकी पत्नी भएर पनि आफ्नो स्वतन्त्र विचार अभिव्यक्त गर्न नहिच्किचाउने मताग्रह नराख्ने उनको दृढता प्रशंसनीय लाग्यो नरहरिजी चाहिँ बढी नै दोहोरिए लेखहरूमा दोस्रो खण्ड "शब्दसौन्दर्य" का निबन्ध भने तुलनात्मक रूपमा मन परे किनकि तिनमा चिन्तन अध्यात्मको गहिराइ  भेटिन्छ  आफूले पढेका पुस्तक सुनेका प्रवचनको सार खिच्न सक्ने तथा जीवनोपयोगी शिक्षा ग्रहण गर्नसक्ने   उनको प्रतिभा नमनीय शर्मा तर्कलाई सुललित गद्यमा प्रस्तुत गर्ने बलशाली लेखिका हुन्

No comments: