गुरचरण दासको पछिल्लो पुस्तक
"इन्डिया ग्रोज याट नाइट"
ले भारतको आर्थिक
उन्नति भैरहँदा राज्य
र सार्वजनिक संस्थाहरू
चाहिँ कमजोर नै
रहेकोले यसलाई मजबुत बनाउनतर्फ
लाग्नुपर्ने तर्क गरेको
छ । भारतको
समाज सशक्त छ
तर राज्य प्रणाली
कमजोर छ भन्ने
जर्मन दार्शनिक हेगेलको
भनाइ सापट लिँदै
दासले राज्य पनि
उत्तिकै बलियो हुनुपर्ने आग्रह
राखेका छन् ।
तर कम्युनिस्टहरूले जस्तो
राज्यलाई सर्वेसर्वा बनाउने भन्दा
उदारवादी राज्यको परिकल्पना दासले
गरेका छन् ।
यो उदारवादी राज्यले
घोर पूँजीवादी अहस्तक्षेपकारी
(लाइसेज फेयर) बाटो पनि
अवलम्बन गर्दैन भन्छन् दास
तर यसको आफ्नो
नीतिका बारेमा भने उनले
प्रस्ट पार्न सकेका छैनन्
। सन् १९९१
अघि "लाइसेन्स राज" का
कारण भारतमा कर्मचारीतन्त्र
अधिनायकवादी भएर व्यापारलाई
कुण्ठित गर्दथ्यो भने यो
खारेज भएपछि भारतमा
व्यापार विनिमय ह्वातै बढ्यो
र आर्थिक वृद्धि
लोभलाग्दो हुन थाल्यो
। तर अझै
पनि विदेशी लगानी
भित्र्याउने वातावरण यही भ्रष्ट
र सुस्त कर्मचारीतन्त्र
तथा राजनीतिले बिगारेको
छ र भारतको
आर्थिक शक्ति बन्ने बाटोमा
तगारो तेर्स्याउँदैछ ।
विद्यमान राजनीतिक दलहरूमा यसलाई
सुधार्ने खासै गतिला
भिजन छैनन् त्यसैले
नयाँ राजनीतिक दल
खोलेर काम गर्नुपर्ने
दासको तर्क छ
। कांग्रेसको गरिब
तुष्टीकरण (सब्सिडी) योजनाले
भ्रष्टाचार बढाएको दासको आरोप
छ र उनले
यसको लामो चर्चा
गरेका छन् तर
बिजेपीलाई "यो सेक्युलर
छैन" भनेर खासै
चर्चा गरेका
छैनन् । संघीय
प्रणाले अपनाएको भारतका राज्य
बलिया छन् केन्द्रको
तुलनामा तर ती
राज्यले आम जनताको
भलाइका काम खासै
गरेका छैनन् भन्ने
दासको गुनासो छ
। भ्रष्टाचारविरुद्ध
अन्ना हजारेको सत्याग्रह
सशक्त समाजको कमजोर
राज्यविरुद्धको आन्दोलन थियो र
भारतमा तीव्र गतिले बढिरहेका
मध्यमवर्गीय सचेत युवाको
त्यसमा सहानुभूति रहेको भएपनि
लोकपाल बिलमा मात्र अल्झेर
त्यो तुहियो जबकि
बलियो लोकपालले पनि
जादुको छडी घुमाएजस्तो
गरी जमेर बसेको
भ्रष्टाचारलाई निर्मूल पार्न सक्दैन
भन्छन् दास ।
इमान्दार, तीक्ष्ण र फुर्तिला
युवाले राजनीतिलाई "डर्टी गेम" भन्दै
पन्छिनुभन्दा यसमा सहभागी
भएर यसलाई निर्मल
बनाउनुपर्छ । अनि
भ्रष्ट तथा अपराधीलाई
कडा दण्डनीति अपनाएर
यस्तो कर्मबाट विमुख
गराउनुपर्छ (न्याय दिने अदालतका
काममा ढिलासुस्ती हुनुहुन्न)
। दासका यी
आशावादी विचार सराहनीय छन्
तर व्यवहारमा कत्तिको
लागु हुन सक्लान्
भन्ने कुरा महत्त्वपूर्ण
छ । नयाँ
दल खोलेर काम
गर्न सजिलो होला
कि भएकै दललाई
निर्मलीकरण गर्नु राम्रो होला
? अनि राज्यले व्यापारलाई
निरुत्साहित गरेको भन्ने दासको
तर्कमा कत्तिको दम छ
किनकि नारायणमूर्ति जस्ता
सूचना प्रविधि उद्योगका
ठूला उद्योगपतिले समेत
सरकारले सफ्टवेर टेक्नोलोजी पार्क
बनाएर जमिन उपलब्ध
गराएकाले यो उद्योग
फस्टाएको भनी स्वीकार
गरेका छन् ।
त्यसैगरी गुजरातका मुख्यमन्त्री नरेन्द्र
मोदीले लगानीको वातावरण बनाएकाले
गुजरातको उन्नति भएको कुरा
त जगजाहेर नै
छ । यस्ता
केही कमजोरीका बाबजुद
भारतको समकालीन राजनीतिक, आर्थिक
र सामाजिक तस्वीर
प्रस्तुत गर्न पुस्तक
सफल छ । एडवर्ड लुसको "इन
स्पाइट अफ द
गड्स" पनि भर्खरै
पढेको थिएँ मैले
र दासको पुस्तकमा
त्यसका केही प्रभाव
पनि पाएँ ।
व्यक्तिगत अनुभव, महाभारतका प्रसंग र राजनीतिक
दर्शनलाई मिसाएर सरल भाषामा
तर्क गर्नसक्ने दासको
क्षमताको म प्रशसक
हुँ । पुस्तक पढ्न सिफारिस
गर्दछु ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment