Monday, October 14, 2013

Jean Sassoon's "Growing Up Bin Laden"

अमेरिकी लेखिका जिन  सासूनले  ओसामा  बिन लादेनकी पहिली पत्नी नज्मा उनको छोरो ओमरसँग अन्तर्वार्ता लिएर तयार पारेको पुस्तक "ग्रोइङ अप बिन लादेन" ले साउदी अरबका अति धनाढ्य लादेन परिवारमा जन्मेर संसारमा तहल्का मच्चाउने ओसामाको परिवारले व्यक्तिगत जीवनमा के कस्तो कठिनाइ भोग्नपर्यो भन्ने बारेमा रमाइलो वर्णन गरेको ओसामा  पहिलेदेखि नै गम्भीर शान्त किसिमको मान्छे रहेछ कट्टर इस्लामी परिवारमा हुर्केको ओसामाको तीक्ष्ण दिमाग आकर्षक व्यक्तित्वका कारण अर्कालाई वशमा पार्नसक्ने क्षमता रहेछ अफगानिस्तानमा उसलाई राजकुमार नै भनेर धेरै सम्मान गर्दा रहेछन् उसले पाँचवटी महिलाबाट धेरै सन्तान जन्माएको रहेछ बिचरी नज्माले नै ११ वटा बच्चा पाएकी रहिछन् तीमध्ये नज्मालाई ओमर सर्वाधिक प्रिय रहेछ सामाजिक मान्यताका कारण नज्मा भाग्यवादी रहिछन् श्रीमानले जे भन्यो मान्नुपर्ने हुनाले धेरै दु: पाएकी रहिछन् ओमर पहिलेदेखि नै शान्तिपूर्ण किसिमको जनावरलाई माया गर्ने खालको मानिस रहेछ त्यसैले गर्दा उसले आफ्नो बुवाको बाटो नपच्छ्याएर अन्तै लागेको रहेछ अरबी परम्परामा सन्तानले बुवाको केही पनि कुरा काट्न नहुने मान्यतालाई ओमरले तोड्दै शान्तिको मार्ग अपनाएको रहेछ   ओसामाले अफगानिस्तानमा रुसीहरूका विरुद्ध लडाइँमा भाग लिएपछि घर फर्किदाँ अमेरिकाका सैनिकले साउदी अरबमा अखाडा जमाएकाले क्रोधित भएर त्यहाँका राजपरिवारसँग राम्रो सम्बन्धका बाबजुद उनीहरूलाई भर्त्सना गरेकाले निष्काशित भई सुडान गएको सुडानबाट पनि भाग्न परेर अफगानिस्तान गएको अनि आफ्नो ठूलो परिवारलाई पनि दु: दिँदै अप्ठ्यारा ठाउँमा  कष्टकर जीवन बिताउन राखेको मर्मस्पर्शी वर्णन पुस्तकमा /११ अघिसम्मका घटनावली यहाँ समेटिएको    पुस्तकले ओसामाको तारिफ वा निन्दा सिधै गर्दैन तर नज्मा ओमरका भनाइको भित्री आशयले ओसामा गतिलो मान्छे चाहिँ थिएन  भनेर थाहा पाइन्छ  हुन ओमरले "मेरो बुवालाई आयमन अल जवाहिरी लगायतका मान्छेले खराब बनाएका हुन्" भन्ने आशयका कुरा गरेको भएपनि ओसामा आफैँ अतिवादी चाहिँ हो   ओमरले /११ को आक्रमण आफ्नै बाले गराएको कुरामा शंका व्यक्त गरेको तर ओसामाले जिम्मेवारी लिएपछि पत्याएको भने    ओसामाको बारेमा खासै नयाँ खुलासा छैन यहाँ बरु उसको दाहिने आँखाले काम नगर्ने त्यसैले देब्रे हातले उसले बन्दुक चलाउने कुरा चाहिँ नौलै लाग्यो  सासूनले कट्टर समाजमा रहेका महिलाका बारेमा धेरै पुस्तक लेखेकी छिन् यसमा पनि मुस्लिम महिलाले अबाया पर्दा लगाउनुपर्ने, घरबाट सजिलै कतै बाहिर निस्कन नपाउने, श्रीमानको हरेक अन्टसन्ट कुरा मान्नुपर्ने जस्ता कुरा वर्णित छन् लैगिक विभेदको एउटा रमाइलो प्रसंगमा, साउदी अरबबाट घोडा बाहिर लान पाइने तर घोडी चाहिँ नपाइने रहेछ अरबी घोडाले अर्को ठाउँको घोडीलाई गर्भवती बनाउन हुने तर अर्को क्षेत्रको घोडाले अरबी घोडीलाई यसो गर्न नपाउने आशय होला यसको पुस्तकमा अनेकौं यस्ता रमाइला प्रसंग छन् पढ्नलाई सिफारिस गर्दछु      

No comments: