कमल रिजालको आध्यात्मिक उपन्यास "सुकर्म" पढेपछि (लेखकसँग माफी माग्दै) अलि छुच्चो उखान प्रयोग गर्न मन लाग्यो, बाँदरको हातमा नरिवल । पूर्वीय दर्शनका गहन र भव्य विषय समाते पनि कलाविहीनता र असाहित्यिक साधारण भाषाका कारण यो एउटा झर्कोलाग्दो गन्थने किताब बन्नपुगेको छ ।
पृथिवीमा सुकर्म अर्थात् असल काम हराएकाले त्यसको खोजीमा सुभद्र (भगवान् कृष्ण) ले संसारका कुनाकाप्चा अनि अन्तरिक्षका विभिन्न लोकमा पुगेको र त्यहाँका मानिसलाई भेटेको कथा छ यसमा । सुभद्रको यो खोजी काल र स्थानको हदमा नबाँधिएकाले विगत ५००० वर्षदेखि ब्रह्माण्डको चक्करमा घुमेको छ र अन्ततोगत्वा नेपालमा आएर टुंगेको छ । यो भएभरको घटनाक्रम भने एउटा पात्रको स्वप्नका रूपमा रहेको छ । सुकर्मको खोजीमा सुभद्र एसिया, अस्ट्रेलिया, युरोप, दक्षिण अमेरिकाका विभिन्न क्षेत्रमा पुगेका छन् र ती सबै क्षेत्रमा बस्ने मानिस हिन्दु (सनातन वैदिक) पुर्खा ययातिकै वंशज हुन् भनी दाबी गरिएको छ । यति ठूलो दाबीलाई पुष्टि गर्ने कुनै पनि प्रमाण भने दिइएको छैन । हो, सुदूरपूर्व एसियाको देश कोरियामा किम हिओ भन्ने जातिका मानिसको सम्बन्ध अयोध्याका राजकुमारसँग रहेको, अस्ट्रेलियाका आदिवासीसँग पनि रामायणकालीन लंकाली पात्रको संयोग भएको, दक्षिण अमेरिकाका मायनहरू मय दानवकै वंशज भएका केही तथ्य प्रकाशित भएका छन् तर त्यसो भन्दैमा सबै ठाउँका मानिस हामी हिन्दुकै सन्तति हुन् भन्नु अलि एथ्नोसेन्ट्रिक विचार हो कि ? म हाम्रो वैदिक संस्कृतिप्रति श्रद्धा राख्छु तर लेखकको यो विशाल दाबी अलि पचेन ।
लेखकले विज्ञानकथा जस्तो लाग्नेगरी अन्तरिक्षमा वैदिक ध्वनिमय विमानको अन्तग्र्रहीय यात्रा, कृष्णछिद्र (ब्ल्याक होल), अन्तरिक्षमा बढेको वातावरणीय प्रदूषणका कुरा पनि उठाएका छन् । पौराणिक कथालाई आधुनिक विज्ञानसँग जोड्ने त्यो सह्रानीय प्रयास हो । तर यी सबैका बाबजुद औपन्यासिक शिल्पको कमीले गर्दा पुस्तक छिचोल्न गाह्रै पर्यो मलाई । एउटा प्रसंग उठ्यो कि त्यससँगै नैतिक उपदेशका लामा गन्थन गाँसिनाले पाठक गुम्सिन्छ कथानकमा । लेखक आफैँ कथामा बढी घुसेकाले पाठकलाई अजीर्ण हुनपुगेको छ । पुराणसम्मत प्रतीककथालाई लेखकले उपन्यासमा प्रयोग गर्न खोजेपनि तिनको आफैँ व्याख्या गर्न अघि सर्दा उनी पाठकको बौद्धिक क्षमताप्रति विश्वस्त छैनन् जस्तो लाग्छ । वैदिक मन्त्र र आर्षकाव्यका श्लोकलाई आफ्नो साधारण लेखाइका सन्दर्भ बनाउने लेखकको प्रयास हास्यास्पद छ ।
लेखकको हिन्दीमोह फुकीफुकी पाइला चाल्नु जस्ता टुक्का र नेपालीमा प्रयोगमा नआएका अन्य हिन्दी शब्दमा झल्किएको छ । कतै कतै तथ्यमै त्रुटि छन्, अन्य अप्सराले ध्यान भंग गर्न आउँदा नरनारायणले आफ्नो जाँघ (उरु) बाट उर्वशीलाई उत्पन्न गरेको कथा छ पुराणमा तर यो उपन्यासमा भने उर्वशी नै नरनारायणलाई लोभ्याउन आएको गलत तथ्य छ । अनि कतिपय स्थानमा पात्रहरूले गर्ने असुहाउँदो औपचारिक संवादले उपन्यासलाई बोझिल बनाएका छन् ।
"माफ पाउँ है महिला पाठकहरू" भन्दै "महिला झगडालु र भावनामा बहकिने खालका हुन्छन्; पति खराब भएपनि पत्नीले सहेरै बस्नुपर्छ" भन्ने आशयका प्रतिगामी भनाइहरूले उपन्यासको ओज घटाएका छन् ।
अनि पुस्तकमा लगभग १७ पृष्ठ पूरै दोहोरिएका छन्, छापाखानाको कमजोरीले होला । राम्रो सम्पादनको कमीले गर्दा यो किताब यसै पनि १०० पेज बढी नै छ । म त भन्छु, ड्राफ्टलाई नै अन्तिम उपन्यास बनाइएको हो, परिमार्जनमा अल्छी गरिएको हो । पाठकको धैर्यको कठिन परीक्षा लिन्छ यो उपन्यासले । मलाई यो पुस्तक पढिसिध्याउन सकसै पर्यो । वैदिक र पौराणिक कथालाई मीठो गरी प्रस्तुत गर्ने वरिष्ठ लेखक मदनमणि दीक्षित र बदरीनाथ भट्टराईका पुस्तक पढेकालाई यो उपन्यास महाखल्लो लाग्छ ।

No comments:
Post a Comment