गुरचरण दासको पछिल्लो पुस्तक
"इन्डिया ग्रोज याट नाइट"
ले भारतको आर्थिक
उन्नति भैरहँदा राज्य
र सार्वजनिक संस्थाहरू
चाहिँ कमजोर नै
रहेकोले यसलाई मजबुत बनाउनतर्फ
लाग्नुपर्ने तर्क गरेको
छ । भारतको
समाज सशक्त छ
तर राज्य प्रणाली
कमजोर छ भन्ने
जर्मन दार्शनिक हेगेलको
भनाइ सापट लिँदै
दासले राज्य पनि
उत्तिकै बलियो हुनुपर्ने आग्रह
राखेका छन् ।
तर कम्युनिस्टहरूले जस्तो
राज्यलाई सर्वेसर्वा बनाउने भन्दा
उदारवादी राज्यको परिकल्पना दासले
गरेका छन् ।
यो उदारवादी राज्यले
घोर पूँजीवादी अहस्तक्षेपकारी
(लाइसेज फेयर) बाटो पनि
अवलम्बन गर्दैन भन्छन् दास
तर यसको आफ्नो
नीतिका बारेमा भने उनले
प्रस्ट पार्न सकेका छैनन्
। सन् १९९१
अघि "लाइसेन्स राज" का
कारण भारतमा कर्मचारीतन्त्र
अधिनायकवादी भएर व्यापारलाई
कुण्ठित गर्दथ्यो भने यो
खारेज भएपछि भारतमा
व्यापार विनिमय ह्वातै बढ्यो
र आर्थिक वृद्धि
लोभलाग्दो हुन थाल्यो
। तर अझै
पनि विदेशी लगानी
भित्र्याउने वातावरण यही भ्रष्ट
र सुस्त कर्मचारीतन्त्र
तथा राजनीतिले बिगारेको
छ र भारतको
आर्थिक शक्ति बन्ने बाटोमा
तगारो तेर्स्याउँदैछ ।
विद्यमान राजनीतिक दलहरूमा यसलाई
सुधार्ने खासै गतिला
भिजन छैनन् त्यसैले
नयाँ राजनीतिक दल
खोलेर काम गर्नुपर्ने
दासको तर्क छ
। कांग्रेसको गरिब
तुष्टीकरण (सब्सिडी) योजनाले
भ्रष्टाचार बढाएको दासको आरोप
छ र उनले
यसको लामो चर्चा
गरेका छन् तर
बिजेपीलाई "यो सेक्युलर
छैन" भनेर खासै
चर्चा गरेका
छैनन् । संघीय
प्रणाले अपनाएको भारतका राज्य
बलिया छन् केन्द्रको
तुलनामा तर ती
राज्यले आम जनताको
भलाइका काम खासै
गरेका छैनन् भन्ने
दासको गुनासो छ
। भ्रष्टाचारविरुद्ध
अन्ना हजारेको सत्याग्रह
सशक्त समाजको कमजोर
राज्यविरुद्धको आन्दोलन थियो र
भारतमा तीव्र गतिले बढिरहेका
मध्यमवर्गीय सचेत युवाको
त्यसमा सहानुभूति रहेको भएपनि
लोकपाल बिलमा मात्र अल्झेर
त्यो तुहियो जबकि
बलियो लोकपालले पनि
जादुको छडी घुमाएजस्तो
गरी जमेर बसेको
भ्रष्टाचारलाई निर्मूल पार्न सक्दैन
भन्छन् दास ।
इमान्दार, तीक्ष्ण र फुर्तिला
युवाले राजनीतिलाई "डर्टी गेम" भन्दै
पन्छिनुभन्दा यसमा सहभागी
भएर यसलाई निर्मल
बनाउनुपर्छ । अनि
भ्रष्ट तथा अपराधीलाई
कडा दण्डनीति अपनाएर
यस्तो कर्मबाट विमुख
गराउनुपर्छ (न्याय दिने अदालतका
काममा ढिलासुस्ती हुनुहुन्न)
। दासका यी
आशावादी विचार सराहनीय छन्
तर व्यवहारमा कत्तिको
लागु हुन सक्लान्
भन्ने कुरा महत्त्वपूर्ण
छ । नयाँ
दल खोलेर काम
गर्न सजिलो होला
कि भएकै दललाई
निर्मलीकरण गर्नु राम्रो होला
? अनि राज्यले व्यापारलाई
निरुत्साहित गरेको भन्ने दासको
तर्कमा कत्तिको दम छ
किनकि नारायणमूर्ति जस्ता
सूचना प्रविधि उद्योगका
ठूला उद्योगपतिले समेत
सरकारले सफ्टवेर टेक्नोलोजी पार्क
बनाएर जमिन उपलब्ध
गराएकाले यो उद्योग
फस्टाएको भनी स्वीकार
गरेका छन् ।
त्यसैगरी गुजरातका मुख्यमन्त्री नरेन्द्र
मोदीले लगानीको वातावरण बनाएकाले
गुजरातको उन्नति भएको कुरा
त जगजाहेर नै
छ । यस्ता
केही कमजोरीका बाबजुद
भारतको समकालीन राजनीतिक, आर्थिक
र सामाजिक तस्वीर
प्रस्तुत गर्न पुस्तक
सफल छ । एडवर्ड लुसको "इन
स्पाइट अफ द
गड्स" पनि भर्खरै
पढेको थिएँ मैले
र दासको पुस्तकमा
त्यसका केही प्रभाव
पनि पाएँ ।
व्यक्तिगत अनुभव, महाभारतका प्रसंग र राजनीतिक
दर्शनलाई मिसाएर सरल भाषामा
तर्क गर्नसक्ने दासको
क्षमताको म प्रशसक
हुँ । पुस्तक पढ्न सिफारिस
गर्दछु ।
Tuesday, October 15, 2013
Monday, October 14, 2013
Jean Sassoon's "Growing Up Bin Laden"
अमेरिकी लेखिका जिन सासूनले ओसामा बिन
लादेनकी पहिली पत्नी नज्मा
र उनको छोरो
ओमरसँग अन्तर्वार्ता लिएर तयार
पारेको पुस्तक "ग्रोइङ अप बिन
लादेन" ले साउदी
अरबका अति धनाढ्य
लादेन परिवारमा जन्मेर
संसारमा तहल्का मच्चाउने ओसामाको
परिवारले व्यक्तिगत जीवनमा के
कस्तो कठिनाइ भोग्नपर्यो भन्ने
बारेमा रमाइलो वर्णन गरेको
छ । ओसामा पहिलेदेखि
नै गम्भीर र
शान्त किसिमको मान्छे
रहेछ । कट्टर
इस्लामी परिवारमा हुर्केको ओसामाको
तीक्ष्ण दिमाग र आकर्षक
व्यक्तित्वका कारण अर्कालाई
वशमा पार्नसक्ने क्षमता
रहेछ । अफगानिस्तानमा
त उसलाई राजकुमार
नै भनेर धेरै सम्मान
गर्दा रहेछन् ।
उसले पाँचवटी महिलाबाट
धेरै सन्तान जन्माएको
रहेछ । बिचरी
नज्माले नै ११
वटा बच्चा पाएकी
रहिछन् । तीमध्ये
नज्मालाई ओमर सर्वाधिक
प्रिय रहेछ ।
सामाजिक मान्यताका कारण नज्मा
भाग्यवादी रहिछन् र श्रीमानले
जे भन्यो मान्नुपर्ने
हुनाले धेरै दु:ख पाएकी
रहिछन् । ओमर
पहिलेदेखि नै शान्तिपूर्ण
किसिमको र जनावरलाई
माया गर्ने खालको
मानिस रहेछ त्यसैले
गर्दा उसले आफ्नो
बुवाको बाटो नपच्छ्याएर
अन्तै लागेको रहेछ
। अरबी परम्परामा
सन्तानले बुवाको केही पनि
कुरा काट्न नहुने
मान्यतालाई ओमरले तोड्दै शान्तिको
मार्ग अपनाएको रहेछ
। ओसामाले
अफगानिस्तानमा रुसीहरूका विरुद्ध लडाइँमा
भाग लिएपछि घर
फर्किदाँ अमेरिकाका सैनिकले साउदी
अरबमा अखाडा जमाएकाले
क्रोधित भएर त्यहाँका
राजपरिवारसँग राम्रो सम्बन्धका बाबजुद
उनीहरूलाई भर्त्सना गरेकाले निष्काशित
भई सुडान गएको
र सुडानबाट पनि
भाग्न परेर अफगानिस्तान
गएको अनि आफ्नो
ठूलो परिवारलाई पनि
दु:ख दिँदै
अप्ठ्यारा ठाउँमा कष्टकर
जीवन बिताउन राखेको
मर्मस्पर्शी वर्णन छ पुस्तकमा
। ९/११
अघिसम्मका घटनावली यहाँ समेटिएको
छ । पुस्तकले ओसामाको तारिफ
वा निन्दा त
सिधै गर्दैन तर
नज्मा र ओमरका
भनाइको भित्री आशयले ओसामा
गतिलो मान्छे चाहिँ
थिएन भनेर
थाहा पाइन्छ । हुन
त ओमरले "मेरो
बुवालाई आयमन अल
जवाहिरी लगायतका मान्छेले खराब
बनाएका हुन्" भन्ने आशयका
कुरा गरेको भएपनि
ओसामा आफैँ अतिवादी
चाहिँ हो । ओमरले
९/११ को
आक्रमण आफ्नै बाले गराएको
कुरामा शंका व्यक्त
गरेको छ तर
ओसामाले जिम्मेवारी लिएपछि पत्याएको
भने छ । ओसामाको
बारेमा खासै नयाँ
खुलासा छैन यहाँ
बरु उसको दाहिने
आँखाले काम नगर्ने
त्यसैले देब्रे हातले उसले
बन्दुक चलाउने कुरा चाहिँ
नौलै लाग्यो । सासूनले
कट्टर समाजमा रहेका
महिलाका बारेमा धेरै पुस्तक
लेखेकी छिन् र
यसमा पनि मुस्लिम
महिलाले अबाया र पर्दा
लगाउनुपर्ने, घरबाट सजिलै कतै
बाहिर निस्कन नपाउने,
श्रीमानको हरेक अन्टसन्ट
कुरा मान्नुपर्ने जस्ता
कुरा वर्णित छन्
। लैगिक विभेदको
एउटा रमाइलो प्रसंगमा,
साउदी अरबबाट घोडा
बाहिर लान पाइने
तर घोडी चाहिँ
नपाइने रहेछ ।
अरबी घोडाले अर्को
ठाउँको घोडीलाई गर्भवती बनाउन
हुने तर अर्को
क्षेत्रको घोडाले अरबी घोडीलाई
यसो गर्न नपाउने
आशय होला यसको
। पुस्तकमा अनेकौं
यस्ता रमाइला प्रसंग
छन् । पढ्नलाई
सिफारिस गर्दछु ।
Saturday, October 12, 2013
"The Razor's Edge": 1946 Film
प्रख्यात उपन्यासकार समरसेट ममको महान् कृतिमा आधारित सन् १९४६ मा आएको श्यामश्वेत अंग्रेजी चलचित्र "द रेजर्स एज" ले लगभग साढे दुई घन्टाको स्क्रिन टाइममा उपन्यासका घटनावलिलाई त समेट्न सकेको छ तर आत्मालाई भने मारेको छ । ममको यो उपन्यासले प्रथम विश्वयुद्धमा मृत्युलाई समीपबाट देखेको एक योद्धाले गरेको अस्तित्वको खोजलाई दार्शनिक र मर्मस्पर्शी तवरले वर्णन गरेको थियो । यही खोजका कारण आफ्नी प्रेमिकालाई छोडेर पेरिसको चरम भौतिक संसार र पछि भारतमा एक योगीको सान्निध्यमा रहेर जीवनका मूलभूत प्रश्नको उत्तर पाएको छ उपन्यासको नायक ल्यारीले । भारतको पवित्र भूमिमा ज्ञान प्राप्त गरेपछि योगीको सल्लाहबमोजिम ल्यारी संसारमा फर्केर निःस्पृह भई कर्म गर्ने संकल्प लिन्छ र दुःखमा परेकाको उद्धारमा लाग्छ तर उसलाई माया गर्नेले नै उसको काममा बाधा पुर्याउँछन् । यो गहन कथाको विशेषता नै आध्यात्मिक खोज हो तर फिल्मले यो सारलाई पछाडि पारेर ल्यारी र इसाबेलको प्रेम अनि अमेरिका र पेरिसका धनीहरूले गर्ने तडकभडकमा बढी जोड दिएकाले मलाई खासै सन्तुष्टि दिएन । टाइरन पावर र जिन टियर्नीजस्ता गुडलुकिंग सुपरस्टारले यो फिल्मलाई गम्भीर कलाभन्दा पनि मनोरञ्जक मेनस्ट्रिम चलचित्रमा सीमित गरेका छन् । "द रेजर्स एज" मेरा लागि विश्वकै महानतम उपन्यासमध्येको एक हो तर यसमाथि बनेको यो फिल्मले मलाई निराश बनायो ।
Friday, October 11, 2013
Kamal Rijal's novel "Sukarma"
कमल रिजालको आध्यात्मिक उपन्यास "सुकर्म" पढेपछि (लेखकसँग माफी माग्दै) अलि छुच्चो उखान प्रयोग गर्न मन लाग्यो, बाँदरको हातमा नरिवल । पूर्वीय दर्शनका गहन र भव्य विषय समाते पनि कलाविहीनता र असाहित्यिक साधारण भाषाका कारण यो एउटा झर्कोलाग्दो गन्थने किताब बन्नपुगेको छ ।
पृथिवीमा सुकर्म अर्थात् असल काम हराएकाले त्यसको खोजीमा सुभद्र (भगवान् कृष्ण) ले संसारका कुनाकाप्चा अनि अन्तरिक्षका विभिन्न लोकमा पुगेको र त्यहाँका मानिसलाई भेटेको कथा छ यसमा । सुभद्रको यो खोजी काल र स्थानको हदमा नबाँधिएकाले विगत ५००० वर्षदेखि ब्रह्माण्डको चक्करमा घुमेको छ र अन्ततोगत्वा नेपालमा आएर टुंगेको छ । यो भएभरको घटनाक्रम भने एउटा पात्रको स्वप्नका रूपमा रहेको छ । सुकर्मको खोजीमा सुभद्र एसिया, अस्ट्रेलिया, युरोप, दक्षिण अमेरिकाका विभिन्न क्षेत्रमा पुगेका छन् र ती सबै क्षेत्रमा बस्ने मानिस हिन्दु (सनातन वैदिक) पुर्खा ययातिकै वंशज हुन् भनी दाबी गरिएको छ । यति ठूलो दाबीलाई पुष्टि गर्ने कुनै पनि प्रमाण भने दिइएको छैन । हो, सुदूरपूर्व एसियाको देश कोरियामा किम हिओ भन्ने जातिका मानिसको सम्बन्ध अयोध्याका राजकुमारसँग रहेको, अस्ट्रेलियाका आदिवासीसँग पनि रामायणकालीन लंकाली पात्रको संयोग भएको, दक्षिण अमेरिकाका मायनहरू मय दानवकै वंशज भएका केही तथ्य प्रकाशित भएका छन् तर त्यसो भन्दैमा सबै ठाउँका मानिस हामी हिन्दुकै सन्तति हुन् भन्नु अलि एथ्नोसेन्ट्रिक विचार हो कि ? म हाम्रो वैदिक संस्कृतिप्रति श्रद्धा राख्छु तर लेखकको यो विशाल दाबी अलि पचेन ।
लेखकले विज्ञानकथा जस्तो लाग्नेगरी अन्तरिक्षमा वैदिक ध्वनिमय विमानको अन्तग्र्रहीय यात्रा, कृष्णछिद्र (ब्ल्याक होल), अन्तरिक्षमा बढेको वातावरणीय प्रदूषणका कुरा पनि उठाएका छन् । पौराणिक कथालाई आधुनिक विज्ञानसँग जोड्ने त्यो सह्रानीय प्रयास हो । तर यी सबैका बाबजुद औपन्यासिक शिल्पको कमीले गर्दा पुस्तक छिचोल्न गाह्रै पर्यो मलाई । एउटा प्रसंग उठ्यो कि त्यससँगै नैतिक उपदेशका लामा गन्थन गाँसिनाले पाठक गुम्सिन्छ कथानकमा । लेखक आफैँ कथामा बढी घुसेकाले पाठकलाई अजीर्ण हुनपुगेको छ । पुराणसम्मत प्रतीककथालाई लेखकले उपन्यासमा प्रयोग गर्न खोजेपनि तिनको आफैँ व्याख्या गर्न अघि सर्दा उनी पाठकको बौद्धिक क्षमताप्रति विश्वस्त छैनन् जस्तो लाग्छ । वैदिक मन्त्र र आर्षकाव्यका श्लोकलाई आफ्नो साधारण लेखाइका सन्दर्भ बनाउने लेखकको प्रयास हास्यास्पद छ ।
लेखकको हिन्दीमोह फुकीफुकी पाइला चाल्नु जस्ता टुक्का र नेपालीमा प्रयोगमा नआएका अन्य हिन्दी शब्दमा झल्किएको छ । कतै कतै तथ्यमै त्रुटि छन्, अन्य अप्सराले ध्यान भंग गर्न आउँदा नरनारायणले आफ्नो जाँघ (उरु) बाट उर्वशीलाई उत्पन्न गरेको कथा छ पुराणमा तर यो उपन्यासमा भने उर्वशी नै नरनारायणलाई लोभ्याउन आएको गलत तथ्य छ । अनि कतिपय स्थानमा पात्रहरूले गर्ने असुहाउँदो औपचारिक संवादले उपन्यासलाई बोझिल बनाएका छन् ।
"माफ पाउँ है महिला पाठकहरू" भन्दै "महिला झगडालु र भावनामा बहकिने खालका हुन्छन्; पति खराब भएपनि पत्नीले सहेरै बस्नुपर्छ" भन्ने आशयका प्रतिगामी भनाइहरूले उपन्यासको ओज घटाएका छन् ।
अनि पुस्तकमा लगभग १७ पृष्ठ पूरै दोहोरिएका छन्, छापाखानाको कमजोरीले होला । राम्रो सम्पादनको कमीले गर्दा यो किताब यसै पनि १०० पेज बढी नै छ । म त भन्छु, ड्राफ्टलाई नै अन्तिम उपन्यास बनाइएको हो, परिमार्जनमा अल्छी गरिएको हो । पाठकको धैर्यको कठिन परीक्षा लिन्छ यो उपन्यासले । मलाई यो पुस्तक पढिसिध्याउन सकसै पर्यो । वैदिक र पौराणिक कथालाई मीठो गरी प्रस्तुत गर्ने वरिष्ठ लेखक मदनमणि दीक्षित र बदरीनाथ भट्टराईका पुस्तक पढेकालाई यो उपन्यास महाखल्लो लाग्छ ।

Alice Munro "The Royal Beatings"
नोबेल पुरस्कार विजेता साहित्यकार एलिस मुनरोका कुनै पनि रचना अहिलेसम्म पढ्ने मौका पाइएको थिएन । उपन्यासको बोलबाला भएका बेला कथा लेखिरहेर यो विधालाई उच्चता प्रदान गरिरहन मुनरोले ठूलो योगदान पुर्याएकी रहिछन् । हिजै मैले उनका उत्कृष्ट कथाहरूको संग्रह "एलिस मुनरोज बेस्ट" र "डियर लाइफ" डाउनलोड गरेँ । क्यानाडाकै अर्की सशक्त लेखिका मार्गरेट याटवुडले पुस्तकको भूमिकामा मुनरोको रचना त लेखकहरूको मापदण्डकै रूपमा रहेको छ भनी दाबी गरेकी छिन् । "यस्तो पनि कथा हुन्छ, कथा लेख्नु त मुनरोले जस्तो" भनी सिर्जनात्मक लेखनका प्राध्यापकले विद्यार्थीहरूलाई भन्छन् रे । मैले मुनरोको कथा "द बियर केम ओभर द माउन्टेन" मा आधारित फिल्म "अवे फ्रम हर" हेरेको थिएँ केही वर्षअघि । वृद्धावस्थामा देखापर्ने डिमेन्सिया र अल्झाइमरजस्ता रोगले एक दम्पत्तिको सम्बन्धमा ल्याउने प्रभावसम्बन्धी थियो त्यो कथा । मुनरोका कथाको यो एउटा थिम नै रहेछ । हिजै मैले उनको "द रोयल बिटिङ्स" भन्ने कथा पढेँ । हिंसालाई दार्शनिक पारामा प्रस्तुत गरिएको रहेछ । रोज भन्ने पात्रको बुवाले रोजकी सौतेनी आमाको प्रेरणामा रोजलाई बेस्सरी पिटेको र ओल्ड म्यान टाइडले आफ्ना छोराछोरी पिटेको र उसलाई गाउँका मानिसले मर्नेगरी पिटेको र यो सबै क्रियाबाट रोजमा उठेका पीडा बोकेको छ यो कथाले । रोज वृद्धा भएपछि उसको सम्झनामा यी घटनावली आउँछन् । कथा कारुणिक छ । अनि मुनरोले प्रयोग गर्ने वाक्यले गहन अर्थवत्ता बोक्दा रहेछन् । अरु पनि कथा पढेर विस्तारमा चर्चा गर्नुपर्ला ।
Lars von Trier's "Breaking the Waves"
गहन दार्शनिक तथा विचारोत्तेजक कलात्मक सिनेमा बनाउने डेनिस निर्देशक लार्स फोन ट्रायरको फिल्म "ब्रेकिंग द वेभ्स" मा बेस नामकी महिलाले आफ्नो श्रीमान्का लागि गरेको त्याग र बलिदानलाई मनछुने पारामा देखाइएको छ । दुई घन्टा ३८ मिनेट लामो यो काव्यात्मक फिल्ममा स्कटल्यान्डको कुनै एक दुर्गम गाउँमा बस्ने कट्टर काल्भिनिस्ट क्रिस्चियन परिवारकी बालसुलभ चेष्टा गर्ने बेसले उत्तरी समुद्रमा तेल निकाल्ने काम गर्ने हँसमुख यानलाई मन पराएर विवाह गर्छिन् घरपरिवारको विरोधका बाबजुद । विवाहअघि कुमारी रहेकी बेसले यौनको आनन्द पाएपछि यानलाई छोड्न नमाने पनि ऊ काम गर्न जानैपर्छ । यान घर आओस् भनेर प्रार्थना गर्दा यान घर त आउँछ तर तेल निकाल्ने क्रममा भएको दुर्घटनामा पक्षाघातको सिकार भएर । आफूले यौनकर्म गर्न नसकेपछि यानले बेसलाई अन्य व्यक्तिसँग यौन गरेर आफूलाई सुनाउन र आफू त्यसबाट भाइकेरियस प्लेजर लिनका लागि प्रस्ताव गर्छ । बेस आफ्नो प्यारो श्रीमान्का लागि जुनसुकै बलिदान गर्न तयार भएकै हो तर यो कर्मले भने उसको जीवनमा ठूलै उथलपुथल ल्याउँछ । यौन, पश्चात्ताप र रुढिवादी धार्मिक मान्यताको विषयलाई निर्देशकले कलात्मक तवरले देखाएका छन् । बेस त क्राइस्ट फिगरकै रूपमा चित्रित गरिएकी छिन् । यथार्थवादी लुक दिनका लागि अस्थिर छायांकन गरिएको यो फिल्मले स्कटल्यान्डको अनुपम प्रकृतिलाई पनि मीठोसँग क्याप्चर गरेको छ । सामुदायिक कट्टरताका विरुद्ध एकजना व्यक्तिको स्वतन्त्रतालाई सेलिब्रेट गरिएको यो फिल्म गम्भीर कलाका पारखीको मन हर्न सफल छ ।
Wednesday, October 9, 2013
Miyazawa Kenji's Nine Stories for Children and the Novella "Night of the Milky Way Railway"
जापानी भाषाको चित्रात्मक लिपि हुनाले पनि होला यो भाषाका कवि साहित्यकारले बिम्बसँग मजाले खेल्न सक्छन् । चित्रमै सोच्ने लेख्ने भएकाले होला जापानी हाइकुहरूले त्यति सशक्त बिम्ब बोक्ने गरेका । अन्य भाषामा लेखिएका हाइकु त एकछेउ पनि हुन्नन् तिनको तुलनामा । जापानी भाषाबाट अन्यमा अनुवाद गर्दा त्यो बिम्ब हराउन पुग्छ । तर जापानी भाषा नजानेकाले त्यहाँको साहित्य आस्वादनका लागि अनुवादको सहारा लिनैपर्यो । महान् जापानी साहित्यकार केन्जी मियाजावाका नौवटा बालकथा र एउटा लघुउपन्यासलाई हाम्रा कवि क्षेत्रप्रताप अधिकारीले अनुवाद गरेका रहेछन्, "आकाशगंगा यात्रा" शीर्षकमा । अनुवाद झुर छ । नेपालीमा त्यति प्रयोग नहुने हिन्दी र संस्कृतका शब्द बेस्सरी हालेका छन् अनुवादकले । जस्तो, यो अनुच्छेदले के भन्न खोजेको हो ?
"वास्तविक सौन्दर्य अनम्य र शिलाभव हुँदैन । मान्छेहरू अंगसंयोगको कुरा गर्छन् । तर अंगसंयोगको चेतनासम्म उपस्थित भए त भैहाल्यो नि !"
यस्ता अप्ठ्यारा वाक्य प्रशस्त छन् पुस्तकमा । अनि हर्जाना तिर्ने, मुलम्मा चढाउने जस्ता नेपालीमा खासै प्रयोग नहुने शब्द पनि बग्रेल्ती छन् । मैले त्यो लघुउपन्यास 銀河鉄道の夜 (नाइट अफ द मिल्की वे रेलवे) अंग्रेजी अनुवादमा समेत पढेँ । त्यो अनुवाद पनि धेरै राम्रो त होइन । अनुवाद गाह्रै कुरा हो । झन् बिम्बात्मक भाषाबाट अर्को भाषामा लाँदा त बिम्बै कता हरायो कता (लस्ट इन ट्रान्स्लेसन) । अनुवादक आफैँ कवि भएकाले कथाका बीचमा आउने कविताहरूको अनुवाद कवितात्मक नै गर्लान् भन्ने आशा गरेको तर ठाडो गद्यात्मक अनुवादमै झारा टारेछन् ।
जे होस्, नराम्रो अनुवाद भएपनि मियाजावाका कथा र उपन्यास चाहिँ उत्कृष्ट नै रहेछन् । जादुमयी, गम्भीर र दार्शनिक लागे कथाहरू । जनावर, प्रकृति, बोटबिरुवा, निर्जीव पदार्थलाई समेत पात्र बनाएर मियाजावाले गहिरा कुरा गरेका छन् बालकथाको आडमा । उनी प्रखर बौद्ध उपासक र कट्टर शाकाहारी रहेछन् । दयाभाव, करुणा र अहिंसा उनका कथाका विषय हुन् । "नामेतोको पहाडका भालु" मा एउटा सिकारीले भालु मार्छ र क्षमाप्रार्थना गर्छ, "मैले आफ्नो जीविका चलाउन तिमीलाई मार्नुपरेको हो ।" अर्को एउटा भालुलाई मार्नलाग्दा त्यो भालुले मलाई अहिले नमार, म दुई वर्षपछि आफैँ तिम्रोअघि लास बनेर आउँछु भन्छ र वाचा पूरा गर्छ । करुणाको कस्तो भव्य प्रदर्शन ! "अनेकौं आदेशको चमेनागृह" शीर्षकको कथामा व्यवसायिक सिकारीहरू एउटा विचित्र रेस्टुराँमा पुग्छन् जहाँ मानिसको परिकार बनाउने गरिन्छ । "बैगुनी मुसो" भन्ने कथामा खोरभित्र पारिएको मुसोको इतिवृत्तलाई खोर, कुचो, न्याउरीमुसो, त्यै मुसो, थामको माध्यमले बताइएको छ । यस्तै अन्य कथा पनि बिम्बात्मक र सशक्त छन् ।
लघुउपन्यास "आकाशगंगा यात्रा" मा परोपकार र करुणाको मीठो कथा उनिएको छ बालसुलभ कल्पनाको सेरोफेरोमा । बौद्धदर्शन, क्रिस्चियन धर्मका मान्यता, अन्तरिक्ष विज्ञानका प्रसंग, मृत मानिससम्बन्धी पारलौकिक विश्वास समेटिएकाले सबै कुरा त मैले बुझिनँ तर अरुको भलाइका लागि काम गर्नुपर्छ भन्ने सन्देश दिएको छ यसले । घटनाक्रम चमत्कारी छन् । शिल्प उत्कृष्ट छ ।
मियाजावाका रचना पढ्दा एककिसिमको अलौकिक आनन्दको अनुभूति भयो ।

Saturday, October 5, 2013
Salman Rushdie's "Midnight's Children": The Film
स्वातन्त्र्योत्तर भारतको बृहत् चित्र प्रस्तुत गर्ने उपन्यास "मिडनाइट्स चिल्ड्रेन" माथि बनेको दीपा मेहता निर्देशित फिल्मले उपन्यासको जादु कायम गर्न सकेको छैन । जादुयी यथार्थवादको प्रयुक्ति र तीखो ह्युमरले उच्च बनेको विशाल उपन्यासलाई साढे दुई घन्टाको सिनेमामा के अटाउन सकिन्थ्यो र ? भारत स्वतन्त्र हुँदा जन्मेको सलिम सिनाइको जन्मपूर्वका घटनावली, जन्मिदाँका तिकडम र ठूलो भएपछि पाकिस्तान, बांग्लादेश र भारतकै राजनीतिले उसको जीवनमा ल्याएका प्रभाव फिल्मको विषयवस्तुका रूपमा रहेका छन् । सलमान रुश्दीको प्रभावशाली उपन्यासको स्क्रिनप्ले उनी आफैँले लेखेको भएपनि पुस्तकमा रहेको यालिगोरीलाई फिल्मले क्याप्चर गर्नै सकेन । उनले सूत्रधारको काम गरेका छन् जसबाट उनको आफ्नो उपन्यासप्रतिको माया झल्किन्छ । यसलाई सिरियल बनाएको भए राम्रो बन्थ्यो होला । फिल्म त सुस्त गतिको छ तर विडम्बना नै भन्नुपर्दा अनेकौं दृश्यलाई हतार हतार गरी देखाइएको छ । कलाकारहरूको अभिनय ठीकै छ । चलचित्राङ्कन राम्रै हो । निर्देशनमै कमजोरी देखियो किनकि विषयवस्तुलाई अझै सशक्त बनाउन सकिने सम्भावना थिए । उपन्यासमा पद्माको बडा राम्रो भूमिका थियो, फिल्ममा पूरै काटेछन् । उपन्यास नपढेका मानिसलाई त यो फिल्म बुझ्न गाह्रै हुन्छ होला । रुश्दीले माया गरेको प्रोजेक्ट भएपनि उनको उपन्यासलाई यसले न्याय गर्न सकेको देखिएन । मलाई उपन्यास एकदम मन परेको हो र मैले एउटा लामो अनुसन्धानात्मक पेपर पनि लेखेको हो यसमा । त्यसैले म फिल्म कस्तो बन्यो होला भन्ने कुरामा उत्सुक थिए तर अन्ततोगत्वा निराश भएँ ।
Dor Bahadur Bista's "Sabai Jaatka Phoolbari"
डोरबहादुर विष्टको पुस्तक "सबै जातको फूलबारी" मा नेपालमा बसोबास गर्ने धेरैथरी जातजातिका बारेमा सामान्य परिचय दिइएको रहेछ । छेत्री, बाहुन, मगर, नेवार, किराँती राई लिम्बू, मधेशका बाहुन राजपूत अन्य जात, तामाङ, सुनुवार र जिरेल, खस, गुरुङ, चेपाङ, धाँगड, थकाली, पाँचगाउले, दनुवार माझी दरै, थारू, राजवंशी, धिमाल बोडो, सतार, मुसलमान, हिमाली र राउटेलाई यहाँ समेटिएको छ । २०३९ सालमा लेखिएको र २०५२ सालमा नयाँ संस्करण निकालिएकाले गर्दा यो पुस्तकका धेरै तथ्य पुराना भैसकेका छन् । तैपनि मोटामोटी रूपमा नेपालका विविध जातजातिका चालचलन, रहनसहन, भेषभूषा, कला संस्कृतिको प्रारम्भिक ज्ञान लिनका लागि पुस्तक उपयोगी नै छ । पंचायतकालमा लेखिएकाले होला राजा महेन्द्र र वीरेन्द्रको चर्को प्रशंसा गरिएको छ । "हामी फलानो" भन्ने शीर्षक दिएर सुरुका केही अनुच्छेद प्रथम पुरुषमा लेखिएका छन् भने त्यसपछिका चाहि तृतीय पुरुषमा । बाहुन छेत्रीको प्रभाव अरु जातिमा परेको कुरामा लेखकको चित्त बुझेको रहेनछ । विशेषगरी ब्राह्मणहरूलाई कतैकतै गाली गरेका छन् उनले त्यो चाहिँ मलाई चित्त बुझेन । अनि उनले खस भनेका पूरै अर्कै जाति हुन् अहिलेका बाहुन छेत्रीभन्दा फरक भनेका छन् । यो कुरा अचम्म लाग्यो तर यसको बारेमा आफूलाई क्यै जानकारी नभएकाले टिप्पणी गर्नु उचित हुँदैन । दलित अन्तर्गत पर्ने ठूलो संख्याका मानिसलाई पनि समेट्नुपर्थ्यो पुस्तकले ! कुनै कुनै जातिको चलन बडो चित्तबुझ्दो लाग्यो, जस्तो थकालीको "ढिगुर उठाई पूँजी संकलन गर्ने चलन" । यसले गर्दा उनीहरू व्यापारमा सफल भएका छन् र आपसी भाइचारा पनि कायम राख्न सफल भएका छन् । केही जातजातिमा देवरले भाउजु सुमर्ने चलन, एउटै महिलाले धेरै दाजुभाइसँग बिहा गर्ने चलन, बिहा गर्दा केटी घिच्याएर लाने चलन अनौठो लाग्यो । जे होस्, नेपालका जातजातिका बारेमा थोरबहुत जानकारी दिनमा यो पुस्तक सफल छ । तर दुरा, हलखोर, किसान, राजी, हायु, धुनिया, कुसवारिया, हलवाइ, सुधी, केवट, बोटेलगायतका अन्य धेरै जातजातिको परिचय भएको पुस्तक पनि आवश्यक छ । खोजेर पढ्नुपर्ला ।
Friday, October 4, 2013
Jaya Chhangchha's "Baadal Rudaako Zurich"
मलाई नियात्रा विधाप्रति लगाव छ किनकि यसमार्फत म आफू नपुगेको ठाउँमा टिकटै नकाटिकन लेखकसँगै कल्पनामा पुगेर भाइकेरियस प्लेजर लिन पाउँछु । त्यसैले गर्दा मैले जय छाङ्छाको नियात्रा संग्रह बादल रुँदाको जुरिच किनेर पढेँ । परराष्ट्र सेवामा काम गरेका लेखकको विभिन्न देश डुलेको अनुभव यसमा संकलित छ । अस्ट्रेलियाको तास्मेनिया, थाइल्यान्डको बैंकक, सिंगापुर, युरोपका देश जर्मनी, लक्जेम्बर्ग, स्विट्जरल्यान्ड, नेदरल्यान्डका केही सहरमा घुमेको अनुभवलाई लेखकले प्रस्तुत गरेका छन् । कुनै कुनै निबन्धमा ती सहरका बिम्ब मजैले चित्रित भएका छन् भने कुनैमा लेखकको गन्थन हावी भएकाले गर्दा दिक्कलाग्दा पनि बन्न पुगेका छन् । भाषामा कवितात्मकता र चिन्तनमा दार्शनिकता ल्याउने कोसिस गरका हुन् लेखकले तर अलि असफलै भएका हुन् जस्तो लाग्यो । प्रकृतिको दर्शन गरेपछि मानिस मौनको स्थितिमा पुग्छ, नानाभाँती गन्थन गर्न थाल्दैन भन्ने मेरो विश्वास छ तर यहाँ त्यसो भएन । सुन्दर सहरको वर्णन गर्दा पाठकले पनि त्यो सुन्दरता पान गरोस् न, लेखकका नैतिक उपदेश किन सुन्छ पाठकले ? अनि विदेशको वैभवसँग नेपालको गरिबीलाई दाँज्ने रोगबाट ग्रस्त हुन्छन् अधिकांश नियात्राकार र यी लेखक पनि त्यसको अपवाद हुनसकेका छैनन् । यात्राका क्रममा भेटिएका व्यक्तिले आफूमा कस्तो प्रभाव पारे भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ । यो संग्रहमा त्यसको केही अंश त परेको छ तर त्यति सशक्त छैन । जे होस्, आफू यी ठाउँ पुगिन्छ पुगिँदैन लेखककै शब्दका पछि लागेर कल्पनामै भएपनि यी ठाउँ पुगियो ।
Subscribe to:
Posts (Atom)