Tuesday, June 5, 2012

"Urgenko Ghoda": An unartistic novel


"उर्गेनको घोडा": कलाविहीन उपन्यास 
युग पाठकको पुस्तक  "उर्गेनको घोडा" उपन्यासभन्दा पनि प्रचारबाजीले भरिएको राजनीतिक दस्तावेजजस्तो देखिन्छ जनयुद्धको बखान गर्न लेखिएको एपोलोजिस्ट कृति हो यो जनयुद्धको कमान्डर रहेकी एकजना तामाङ महिला म्हेन्दो केन्द्रीय पात्र रहेको यो उपन्यासमा ताम्सालिङ प्रदेशलाई आधारभूमि बनाएर युद्धको मोर्चामा खटेका लडाकुहरूको वर्णन गरिएको एक छेत्री युवकसँग अन्तर्जातीय विवाह गरेर छोरीकी आमा बनेकी म्हेन्दोको मानसमा तामाङ पुर्खा योद्धा उर्गेन उनको सेतो घोडा मोटिफका रूपमा बारम्बार आइरहन्छ मकवानपुरमा रहेको याबेङ खोलामा खस राजाले उहिल्यै छलकपट गरेर निहत्था तामाङ राजालाई उनको योद्धा उर्गेन तथा अन्य लडाकुसहित मारेको तामसालिङ कब्जा गरेर तामाङहरूलाई लखेटेको इतिहास दोहोरिरहन्छन् म्हेन्दोको दिमागमा आफ्नो पूर्खाविरुद्ध भएको घातको बदला लिन जनयुद्धको सहायतामा याम्बु (राजधानी काठमाडौं) कब्जा गरेर खस शासकको  सत्ता पल्टाउने सपना म्हेन्दोको विषय राम्रो छनेका हुन् लेखकले दबाइएका जातिले गरेको विद्रोह उनीहरूको मिथको सहानुभूतिपूर्वक गरिएको वर्णन यसमा तर लेखकमा शिल्पको अभाव भएकाले यो झर्कोलाग्दो किताब बन्न पुगेको त्यो पुरानो मिथलाई असाध्यै धेरैचोटि दोहोर्याउँछन् लेखकले (" बाबा, भयो क्या, बुझियो ! कति भनिरा एउटै कुरा" भन्न मन लाग्छ पुस्तक पढ्दै गर्दा !) यो ठ्याक्कै कम्युनिस्ट प्रशिक्षणको शैली हो, एउटै कुरा भनेको भन्यै गरेर कार्यकर्ताको दिमागमा घुसाउने रुसमा एकताका "भल्गर मार्क्सिजम" अपनाएर साहित्य लेख्ने चलन थियो यो उपन्यासले त्यही परम्परालाई धानेको यही वर्गीय जातीय चेतनाका कुरालाई कलात्मक बान्की दिन पनि सकिन्थ्यो तर लेखक यसमा चुकेका छन् अनि घरीघरी इटालिक्समा उनले आफ्नै कथा "लालपाइलो" पत्रिकामा धारावाहिक रूपमा  विभिन्न पात्रले पढेका मन पराएका भनी देखाएका छन् यो नार्सिसिजम हो कि कुनै उत्तरआधुनिक प्रयोग ? जे भएपनि भद्दा देखिएको लेखक आफैँ पात्रमा हाबी भएका छन् कतैकतै बोझिल संवाद बोलाएका छन् लामा लामा कम्प्लेक्स वाक्य गठन पाइन्छ त्यसैगरी भाषिक अशुद्धता प्रशस्त छन् पुस्तकमा क्रान्तिकारीको ठाउमा "क्रन्तिकारी" पुस्तकभरि हिन्दी  शब्द  ज्यादा  प्रयोग गरिएका छन् "पहलु", टेबलमा पडेको वस्तु", "सन्नाटा" जस्ता शबदको निर्बाध प्रयोगले लेखकको हिन्दीमोह झल्किन्छ      नेपाली पुस्तकहरूको पुरानो रोग, सम्पादनको अभाव, बाट ग्रस्त यो पनि रुपचन्द्र विष्टको प्रसंग भने राम्रो अनि मलाई पुस्तकमा गरिएका प्रकृति वर्णन पनि राम्रो लाग्यो सैलुङको चिसो हावाले छोएको अनुभूति हुन्छ त्यहाँको वर्णन पढ्दा उपन्यासका पात्रको कुरा गर्दा म्हेन्दोको मानसिक उहापोहको विमर्श खासै प्रभावशाली देखिन्न अनि पल्लवीको चरित्रमा धेरै आयाम पाइन्न अरु पात्रको ठीकठीकै चरित्रचित्रण गरिएको तर नेपालका विविध जातजाति तथा तिनका संस्कृतिप्रति चाहि संवेदनशील बनाउँछ पुस्तकले               

No comments: