Monday, June 11, 2012

"Swa Astitwako Khoj": An Analysis


"स्वअस्तित्वको  खोज " विविध कारणले   नलेखिने    लेखे  पनि  पाउनुपर्ने  चर्चा  नपाउने  नारीहरूले भोगेको  दस्तावेज  हो    यसको  प्रकाशन  स्वागतयोग्य      नारी हुनुकै कारण विभिन्नखाले  नियन्त्रण, अप्ठ्यारा समस्याको सामना गर्नुपरेका अनुभवहरूले सजिएको यो पुस्तकमा त्यस्ता नारीको कथा व्यथा समेटिएको जसले   जिन्दगीमा केही गरेर देखाए विशेषगरी साहित्यमा आफ्नो प्रतिभा प्रदर्शन   गरेका महिलाले आफ्नो अनुभवको पोको यहाँ फुकाएका छन् नितान्त नारी अनुभव, जस्तै रजस्वला गर्भाधानका अनुभव, पनि यहाँ व्यक्त भएका छन् अनि बाआमाले छोरा पाउन गरेको हत्ते छोरी जन्मिदाँ देखाएको निराशा, इज्जतसँग जोडेर स्वतन्त्रतामा लगाएको बन्देज, विवाह गरेर गएपछि श्रीमानको घरमा सामना गर्नुपर्ने अप्ठ्यारा, घरायसी कामका बोझ सम्हाल्दा सम्हाल्दै साहित्यसेवामा लागेको अनुभव, अभिव्यक्ति स्वतन्त्रताका बाधा, पितृसत्तात्मक सोच भएका नारीले नै अन्य नारीमाथि गर्ने भेदभाव, पुरुषले गर्ने शारीरिक तथा मानसिक हिंसा  आदिको खुलस्त विवरण पढ्न पाइन्छ यो पुस्तकमा विशेषगरी मलाई अर्चना थापा, अमृता लम्साल, कल्पना बान्तवा, सीताजी, मनीषा गौचनका लेख मन परे मोमिला गीता त्रिपाठीका लेख अलि जटिल लागे भने  शीला सेन हरिमाया भेटवालका लेख पुस्तकको थिमबाट भड्किएको जस्तो लाग्यो अन्य लेखिकाहरूका रचना पनि राम्रा छन् यद्यपि  साहित्यकार भैकन पनि भाषा एकदम सपाट नीरस भएकाले  एक दुईजनाको चाहिँ झुर लागेर पढ्नै मन भएन मलाई तर नारी पाठकहरूले यी लेखमा समानुभूति भेटछन्   भने   पुरुष पाठकले नारीहरूको अवस्थाका बारेमा संवेदनशील हुनुपर्ने सन्देश पाउँछन्    नारीलाई हेपेर "तिमीहरूले पनि लेख्नसक्छौ ?" भन्ने सौभिनिस्टिक सोचाइ पाल्ने पुरुष देख्दा रिस उठ्छ, मानौं राम्रो लेख्नु भनेको पुरुषकै ठेक्का हो ! नारीको बारेमा पुरुषले लेख्दै आएका थिए हालसम्म त्यो त्यति प्रभावशाली  थिएन यहाँ नारीले नै आफ्ना कुरा लेखेका छन्   जसबाट इमान्दारी झल्किन्छ हामी पुरुषले नारीलाई कस्तो व्यवहार गरिरहेका रहेछौं  भनी आत्मनिरीक्षण गर्नलाई बाध्य बनाउँछ यो पुस्तकले समग्रतामा कुरा गर्दा यो नेपालीमा आवश्यक पुस्तक हो सम्पादकलाई यो विषयवस्तुमा पुस्तक प्रकाशनको विचार आएकोमा धन्यवाद दिनु वांछनीय    

No comments: