मनु मन्जिल अहिलेका सर्वाधिक चर्चित नेपाली कवि हुन् र उनमा साँच्चिकै गजबको प्रतिभा छ । "ल्याम्पपोस्टबाट खसेको जून" मा संग्रहित कविताहरूको आस्वादन गर्दा अद्भुत आनन्दानुभूति भयो । सशक्त बिम्ब, धारिला शब्द, गहन प्रतीक तथा सुमधुर लय यी कविताका विशेषता हुन् ।
पहिलो कविता "गाउँले एक बालक सम्झेर" मा बाको घरको हाँसो र आमाको सधवा खुसी बोकेको पाखाको गुँरासको रंगमा रहेको अर्थगाम्भीर्यले कविता ओजस्वी बन्न पुगेको छ । द्वन्द्व तथा बाध्यताको प्रवासी पीडालाई यी सजीव बिम्बमा पस्किएका छन् कविले । आम नेपालीको भोगाइलाई थोरै शब्दमा मीठो गरी वर्णन गर्न सफल छन् मन्जिल ।
त्यस्तै अर्को चर्चित कविता "दुस्मन" मा मानिसहरूका बीचमा रहने वैमनस्यलाई देखाइएको छ । यहाँ त दुस्मन पनि छिमेकी वा सँधियार जस्तो देखिन्छ र छिमेकीसँग धेरै सामीप्य हुँदा अतिपरिचयजन्य अनादर हुन्छ मान्छेमा र दुस्मनी पलाइरहेको हुन्छ । त्यसैले होला बाइबलमा पनि "छिमेकीलाई माया गर" भनेको । अनि भगवान् बुद्धले रागभन्दा द्वेष प्रबल हुन्छ किनकि द्वेषले मनमा दह्रो ठाउँ जमाउँछ भन्नुभएको छ । वास्तवमा व्यक्तिले दुस्मनका बारेमा धेरै सोचिरहेको हुन्छ, साथीको बारेमा भन्दा !
"कतै कोही छैन
जसले ...
मबारे यतिबिघ्न सोचोस्
मलाई यतिबिघ्न सम्झोस्"
सत्य छन् यी पंक्तिहरू ।
अनि "ल्याम्प-पोस्ट" कविताले उपेक्षितहरूको बारेमा भावुक वर्णन गरेको छ । दिनमा कसैले वास्ता नगर्ने र रातमा महत्त्व देखिने ल्याम्प-पोस्टले निष्ठुर समाजमा एक्लै भौंतारिने व्यक्तिको प्रतिनिधित्व गर्दछ ।
पहिरोको बिम्ब धेरैजसो कवितामा पाइन्छन् । "पहाड र पहिरो" कविताको अन्तिम अनुच्छेद - "जिन्दगी अरूको ढुङ्गाले भन्दा आफ्नै सिसाले ज्यादा चर्कंदो रहेछ
म संवेदनको एक सिसमहल
भत्कने पेसा गरेर बाँच्दै आएको छु अचेल
जुन दिनदेखि म पहिरो जान के थालेको थिएँ"
- ले कवि हुनुको संवेदनालाई मीठो गरी पस्केको छ ।
अन्य कविता पनि जानदार छन् । म त विभोर भएर यी कविता प्राय: पढिरहेकै हुन्छु अचेल !

No comments:
Post a Comment