उमा सुवेदीको यो उपन्यासले इजरायलमा रहेका केयरगिभर नेपाली चेलीको संघर्षको कथालाई त्यहाँका यहुदीका कहालीलाग्दा कथासँग बुनेर मानवीय संवेदनाका पाटाहरूलाई उजागर गर्ने प्रयास गरेको छ । युरोपमा दोस्रो विश्वयुद्धताकाहिटलरको आततायी शासनबाट ज्यान बचाउन भागेका यहुदीले बसाएको इजरायलका (पोस्ट ट्रमाटिक डिसअर्डरले ग्रस्त) वृद्ध महिला र नेपालमा माओवादी द्वन्द्वका कारण कष्ट बेहोरेर पैसा कमाउन इजरायल पुगेका जवान महिलाले एकअर्कासँग पीडा साटासाट गर्दै सान्त्वना दिएका दृश्यलेभावुक बनाउँछन् । नेपालमा शारीरिक र मानसिक गरिमामाथिको हमलाबाट आहत भईइजरायल पुगेकी मुख्य पात्र पार्वतीले इजरायलकी वृद्धा इनेस (र अन्य) लाई स्याहारसुसार गर्छिन् र आफ्नो परिवारलाई पैसा पठाएर सहयोग पनि गर्छिन् तर उनको जीवनमा सुखका झिल्का देखिनेबित्तिकै दुःखका काला बादल छाइहाल्छन् । आफ्ना भनेका मानिसले पाइलापाइलामा धोका दिन्छन् । त्यसैगरी अन्य पात्र थिरकुमारी, रोशनी, भीमा, रिनालगायतको पनि आफ्नै व्यथा छ । तर यी सबै महिलाको कष्टमा पुरुषकै हात छ । उपन्यासका प्रायः सबै पुरुष खलपात्र नै छन् र पुरुषले महिलामाथि नराम्रो व्यवहार मात्र गरेको देखाइएकाले यो चाहिँ एकपक्षीय भएको हो जस्तो लाग्यो । के सबै पुरुष खराबै हुन्छन् त ? अनि पार्वतीले (पैसाको मामलामा) धोका पाएको आफ्नै मुर्खताले गर्दा होइन र ? यस्ता धोकाको पुनरावृत्ति भएकाले कथा प्रेडिक्टेबल पनि भयो । पुरुष पात्रसँगको व्यवहार आयो कि ल ती महिलाले कुनै न कुनै तरिकाले धोका पाइहाल्छिन् भनेर पहिल्यै भन्न सकिने स्थिति आयो र क्लाइमेक्स पनि त्यसबाट अछुतो रहेन । ट्विस्ट र टर्नको अभावमा कथानक सपाट भयो । पात्रहरू पनि वान डाइमेन्स्नल भए । महिला पात्र सबै लाचार, निरीह, रोइरहने खालका छन् । (रोशनी अलिक इन्ट्रेस्टिंग पात्र हो तर अन्त्यमा ऊ पनि साधारण भई) । यसका बाबजुद यहुदीले जर्मनीमा भोगेको व्यथाले संवेदनालाईभने छुन्छन् । (म अहिले हिटलरले गरेको भनिएको यहुदीको होलोकस्टको न्यारेटिभको रिभिजनिस्ट हिस्ट्री अध्ययन गरिरहेकाले यो सम्बन्धमा म खासै कन्भिन्स भएको छुइँन । तर मकुनै पनि प्रकारको टिप्पणी गर्नु उचित ठान्दिनँ ।) उपन्यासको विषयवस्तु राम्रो भइकन पनि प्रस्तुतिमा केही चुक भएको हो जस्तो लाग्यो । तर पहिलो प्रयासमा यत्तिको उपन्यास लेख्नुलाई राम्रो सम्भावनाका रूपमा हेर्छु ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment