अजित बरालको सम्पादन रहेको फस्ट लभमा दसजना लेखकका पहिलो प्रेमको संस्मरण समेटिएको छ । पहिलो प्रेमलेहृदय र मस्तिष्कमा प्रायः अमिट छाप छोडेर गएको हुन्छ । प्युबर्टीको अवस्थामा पुगेपछि जाग्ने विपरीतलिंगीप्रतिको आकर्षणको अनुभूतिले लामो समयसम्म कुतकुत्याइरहन्छ । यसको थ्रिल जीवनको एक मीठो अनुभव हो । तर फस्ट लभ पुस्तकमा समाविष्ट संस्मरणको ठूलो समस्याभनेकै कुनैमा पनि थ्रिल छैन । पढ्दा मजा आउँदैन, अल्छी पो लाग्छ । अब पुस्तकको ज्याकेटमै यी सबै संस्मरण वियोगान्तमा टुंगिन्छन् भनेपछि सबै प्रेडिक्टेबल भइहाले (हुनत फस्ट लभ भनिसकेपछि पक्कै निष्कर्षमा नपुगी टुंगियो होला, नभए ओन्ली लभ भन्थे होलान्) । कसरी टुंगिए त प्रथम प्रेम भन्नेमा कसैको पनि राम्रो प्रस्तुति रहेन । कसैको घोर फिल्मी अन्त्य, कसैको याब्रप्ट अन्त्य, कसैको संवादहीनताले ल्याएको स्लो अन्त्य, कसैको याग्रेसिभ व्यवहारले गर्दा आएको अन्त्य छन् तर तिनको सौन्दर्यविहीन सपाट वर्णन गरिएकाले ती वियोगप्रति कुनै सहानुभूति जाग्दैन । कुनै पनि संस्मरणमा सम्झन लायक पंक्ति वा घटनाक्रम भेटिँदैनन् । मलाई अलि राम्रो लागेको पिस भनेको विमल आरोहीको हो । अन्यको खासै केही पनि लागेन । यान अभोइडेबल बुक । (देवनागरीमा अंग्रेजी शब्द किन लेखेको भन्नुहोला मलाई, किताबभरि त्यस्तै भाषा छ त्यसैले मैले पनि त्यस्तै तालले प्रतिक्रिया जनाएको नि ।)
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment