Wednesday, July 31, 2013

On Haribansha Acharya's "Cheena Haraaeko Maanchhe"

हरिवंश आचार्यको संस्मरण “चिना हराएको मान्छे” मा आउने अनेकौं हास्य प्रसंग मन परे । हरिवंशको बलियो पक्ष नै यही हो । देहावसान भएकी श्रीमतीको चर्को गुणगान झ्याउ लाग्यो । आफ्नो ज्यादै प्रिय व्यक्ति बितेपछि मानिस मौनको स्थितिमा जान्छ भन्छन् तर किताबमा त हरिवंश धेरै वाचाल देखिए । मीराको देवत्वकरण अलि पचेन । देश बनाउने चिन्ता ठीक छ तर साधारण अबौद्धिक मान्छेले नेता र भारतलाई गर्ने गाली हरिवंशजस्तो मान्छेलाई सुहाएन । पुस्तकको सम्पादन झुर छ । आग्राको कुरा गर्दागर्दै एककासी गाग्राको कुरा सुरु हुन्छ र पाठकलाई भ्रमित पार्छ । अनावश्यक गन्थनलाई छोट्याउन सकिन्थ्यो । तर दुःख गरेर सफलता पाएको मानिसको संघर्षकथाले हृदयलाई छोयो । पुस्तक अझै सुन्दर बन्न सक्थ्यो ।

No comments: