Tuesday, January 4, 2011

हिजो राती फुरेको गजल

नसोध मलाई शहरको कहानी
उराठलाग्दो बगरको कहानी

हरेक पल दौडदैमा बितेको
बेफुर्सदी यो प्रहरको कहानी

बिरामी सबै छन यहाँको धरामा
धूलो धुवाको असरको कहानी

तोडिन्छन सयौ दिल यहाँ रोज रोजै
पत्थरदिलहरुको कहरको कहानी

No comments: