Tuesday, January 4, 2011

गजल

काठमाडौँको जाडो पनि रमाइलो हुन्छ

प्राय: आकाश खुल्ने गर्छ घमाइलो हुन्छ


बाटाहरू बिग्रेकाले खाल्डाखुल्डी धेरै

वर्षायाममा हिँड्दाखेरि हिलैहिलो हुन्छ


मोटरले धुँवा छोड्छन् दिक्क लाग्ने गरी

राति घर पुग्दा मान्छे कालोनीलो हुन्छ


गाडि चाहिँ असंख्य छन् सडक त साना

जाममा परी अफिस पुग्न सधैँ ढिलो हुन्छ


होलान् केही अवगुण काठमाडौँको तर

जन्मस्थान सम्झी मेरो आँखा गिलो हुन्छ

No comments: