Tuesday, January 4, 2011

शनिबार बिहान फुरेको गजल

मलाई तिम्रो मन पाए पुग्छ
तिम्लाई मेरो धन पाए पुग्छ

उन्मुक्त पंछी पिन्जडामा बस्छ?
उस्लाई त खुल्ला वन पाए पुग्छ

अरु बेलामा ननाची बस्ने
मयूरलाई घन पाए पुग्छ

नारीको मूल्य नबुझ्ने यौन
पिपासुलाई तन पाए पुग्छ

शब्दका पछि दौडने हाम्रा
कम्रेडलाई "जन" पाए पुग्छ

No comments: