Saturday, September 28, 2013

Sundar Joshi's "Castle Rock ki Apsara"

सुन्दर जोशीको कथा संग्रह "क्यासल रककी अप्सरा" पढुन्जेल लाग्यो म आफूलाई मन परेको मानिससँग जाडो महिनामा फायरप्लेसअघिल्तिर बसेर तातो कफी पिउँदै सुमधुर संवादमा निमग्न छु । मैले यसो भन्दा तपाईंको मनमा एकखाले कोजी दृश्य देखापर्यो होला । हो, यो कथासंग्रह पढ्दा त्यस्तै रमाइला दृश्य अनि न्याना र सुकोमल भावना उत्पन्न हुन्छन् । नेपालका हिमाली क्षेत्र अनि अमेरिका र क्यानाडाका गाउँ तथा सहरमा सेटिंग भएका यी कथामा विदेसिएका नेपालीको भोगाइ, विशेषतः उनीहरूको मायाप्रेम, को सुललित गद्यमा वर्णन गरिएको छ । जोशीको भाषामाथिको पकड र बिम्ब उपस्थित गर्नसक्ने प्रतिभा गज्जबको छ । तर कथाका कन्टेन्टमा विविधता छैनन् । सबैजसो कथा उस्तै पाराका भइदिँदा भने हल्का निराश भइन्छ । कुल ११ वटा कथामा मलाई विदेशमा ठगिएको नेपालीको कथा "बाह्र लाखको कविता" अनि रुमानी प्रेमको रमरमी बोकेको कथा "टुङ्ना र डम्फु : ४" असाध्यै मन परे भने विश्वव्यापी मानवीय संवेदनायुक्त कथा कार्लोस मेरो दर्पणछाया ठीकै लाग्यो । अन्य कथा भने औसतमात्र लागे । सम्पादकीय कमजोरी (जर्मन भाषा सिकाउने गोथे इन्स्टिच्युटमा फ्रेन्च फिल्म हेर्न गएको, ब्य्रान याडम्सको गीत "लुक इन्टु माइ आइज्" लाई लुकिङ टु माइ आइज् भनेको लगायत) चाहिँ दिक्क लाग्यो । एक दुईटा कथामा आफ्नो नाम घुसाएको (आत्मप्रशंसा?)  चाहिँ मन परेन । कथाका विषयमा वैविध्य भएको भए यो पुस्तकको स्तर अझ उँचो हुने थियो तर भाषाशैलीको प्रयोग त बहुतै काबिलेतारिफ छ ।   

No comments: