Sunday, September 15, 2013

Nayan Raj Pandey's "Ghamkiri"

"घामकिरी" का सम्बन्धमा लागेका कुरा :

स्वैरकल्पनाको उत्तम प्रयोग
नेपाली साहित्यमा सायद "Roman à clef" को प्रथम प्रयोग
अविश्वासयोग्य सूत्रधारको प्रयोग (पाठकलाई पनि पात्रलाई पनि छ्क्याउने)
"Factoid" हरूको अनौठो र सफल प्रयोग
पाठकलाई कथानकीय चटकमा भुलाउन सफल
अध्यायका शीर्षकमा सिर्जनात्मकता
तथ्य र आख्यानको रमाइलो मिश्रण (पद्मिनी साँच्चै नेपालगंज आएकी थिई कि क्या हो भनेर मैले त विकिपेडिया नै हेरेँ)
मिथकको उल्लेखले गौरवशाली कथावाचन परम्परालाई आधुनिक युगसँग जोडेको    
पुँजीवादको बलियो हतियार चलचित्रको प्रभावको सशक्त प्रदर्शन
मीठो भाषा शैली
समाजका तल्लो तप्काका मानिसको कथा व्यथाको सुन्दर प्रस्तुति
एकोहोरो/भ्रामक प्रेमको आह्लादक वर्णन
यात्राबाट ज्ञानको उपलब्धि/यात्राका रोमान्च


No comments: