यो वर्षको मदन पुरस्कार विजेता उपन्यास दमिनी भीर पढिसिध्याइयो । अलि गाह्रै पो भो सिध्याउन । टुक्रे वाक्य भरमार हुनाले सुविस्ताले पढ्न नसकिएको हो । विषयवस्तु चाहिँ राम्रै उठाइएको हो । आफ्नो किराँती समुदायका साधारण मानिसका जीवनमा आइपर्ने सुखदुःखका कथाहरू समेटिएका छन् उपन्यासमा । भोजपुरको दिल्पा गाउँको दमिनी भीरनेरको वस्तीका किराँती र दलित पात्रले गरेका जीवनसंघर्षको कथा उधिनेका छन् लेखकले । आख्यानमा नायकत्वको विरोध गरेर लेखिएको भनिएको यो उपन्यासमा समुदायलाई नै नायक बनाइएको त छ तर नाम्देङ भन्ने पात्र हावी भएको पाइन्छ कथानकमा यद्यपि कथा छन् यसमा हाङ्दिमा, देउमान, कान्छा, लच्छी, रम्भा, टाइसनका पनि । कथा भन्ने शैली जिगज्याग हुनाले पाठक अलमलमा पर्छ, विगत र वर्तमानमा फुत्तफुत्त पुग्छ कथा । भाषामा लालित्य त्यति पाइनँ मैले । राजन मुकारुङ कवि पनि हुन् तर यो उपन्यासको भाषामा कवितात्मक सौन्दर्य भेट्न मुस्किल पर्यो । भाषालाई डिफ्यामिलियराइज गर्नका लागि वाक्यविन्यासलाई उल्टापुल्टा पारिएको होला, त्यो ठीकै हो तर धेर टुक्रे वाक्यले रसभंग गरे । टुक्रे वाक्य संवादमा ठीक हुन्छ, कथावाचनमा बेस्वादे हुने रहेछ । उपन्यासमा आउने मृत्युसंस्कारको प्रसंगमा झाँक्रीले टुक्रे वाक्यमा फलाकेका कुरा चाहिँ बरु सुहाए । ङकारबहुल किराँती शब्दावलीको प्रयोगले स्थानीय रंगको चित्रण गर्न भने सफल भएको छ उपन्यास । अनि स्थानीय लवाइखवाइ, लवज, संस्कारसंस्कृतिको वर्णनले यथार्थपरक बनाएको छ उपन्यासलाई । तर टाइसन भन्ने नेवारी पात्रको बोलीलाई दुरुस्तै टिपेको मान्ने कि क्यारिकेचर गरेको भन्ने ? अनि राजनीति मज्जैले घुसेको छ कथामा । विशेषगरी नाम्देङ फेरि काठमाडौं आएपछिको कथानक त साहित्य कम, टिपोट ज्यादा जस्तो लाग्छ । नारावादी कित्तामा उभिन पुग्यो यो यहाँनेरचाहिँ । अनि कतिपय झिनामसिना कुराको वर्णनलाई चाहिँ फालिएको भए हुन्थ्यो । उपन्यासमा आएको दमिनी भीरको कथा बलात्कारजन्य रहेछ र उपन्यासमा नारीमाथि हुने बलात्कारका धेरै घटना छन् । अनि जाँडरक्सी र अनेकथरि जनावरका मासुका प्रसंगले मजस्ता शाकाहारी अनि मद्यपान नगर्ने पाठकलाई बिच्काउँछ (अझ टाइसन त शाकाहारीलाई पो उडाउँछ) । यदाकदा आउने फिल्मीजस्ता लाग्ने प्रसंग र भाषिक अशुद्धता ( “उद्वेलित” लाई उद्देलित लेखिएको छ सबैतिर) पनि उपन्यासका कमजोरी हुन् । उपन्यासमा जातीय पहिचानसँगै सहअस्तित्वको कुरा पनि उठाइएकाले एकपक्षीय लाग्दैन । काठमाडौंलाई सत्तोसराप गरेको चाहिँ मन परेन किनकि यो त धेरैजनाको कर्मभूमि हो नि । पछिल्लो छिमलका उपन्यासमा फेसबुक परेकै हुन्छ, यसमा पनि फेसबुके च्याट टन्न छ । भाषाको अलि मीठो प्रयोग गरेर कथानकलाई सरल बनाइएको भए उपन्यास अझ पठनीय हुन्थ्यो ।
Wednesday, September 25, 2013
Rajan Mukarung's "Damini Bheer"

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment