हिन्दीका मूर्धन्य साहित्यकार अमृतलाल नागरको सन्
१९५६ मा प्रकाशित
काव्यात्मक उपन्यास "बूँद और
समुद्र" पढिसिध्याएँ । लखनउको
एउटा टोलका केही
व्यक्तिको जीवनभोगाइको यथार्थपरक चित्रण
गरेर त्यो सानो
समाजमार्फत स्वातन्त्र्योत्तर भारतका समस्या तथा
तिनका समाधानका उपायका
बारेमा सूक्ष्म टिप्पणी गर्दछ
यो उपन्यासले ।
सामाजिक यथार्थवादको सार बोकेको
यो वैचारिक उपन्यासका
जीवन्त पात्र र घटनाक्रमले
पाठकलाई बौद्धिक तथा भावनात्मक
आनन्द प्रदान गर्छन् ।
पतिद्वारा परित्यक्ता हिंस्रक मनोवृत्ति
भएकी ताई, उच्चवर्गीय
कुलीन परिवारमा जन्मेर
पनि निम्नवर्गको उत्थानमा
रुचि राख्ने अस्थिर
चित्तवाला सज्जन, भारतीय परम्पराको
गहिरो ज्ञान भएको
अनि निजी जीवन
सुमधुर नभएको लेखक महिपाल,
प्रगतिशील विचारधाराकी वनकन्या (सज्जनकी
पत्नी), दयावान कर्नल, नि:स्पृह कर्मयोगी बाबाजी र
अन्य बहुआयामी पात्रले
भोग्ने विभिन्न परिस्थिति तथा
उनीहरूबीचको बौद्धिक संवादले उपन्यासलाई
ओजस्वी बनाएको छ । नारी र
कामको बारेमा गहन
परामर्श भएको छ
। समाजरूपी समुद्रमा बूँदरूपी मनुष्यको
अस्तित्वलाई उपन्यासले
सटीक रूपमा विश्लेषण
गरेको छ । पुँजीवादका
खराबी र समाजवादका
कमजोरीको पनि चर्चा
छ । पुराना
सडेगलेका संस्कारको विरोध र
आधुनिकताको समर्थन गर्दछ उपन्यासले
। आस्तिकताको रससुधाले उँचाइ थपेको
छ उपन्यासमा ।
विचारले थिचेर बोझिल भने भएको
छैन उपन्यास ।
कतै कतै भने
लेखकका विचार पात्रहरूका संवादमा
बढी हावी भएका
छन् । तैपनि
हास्यचेत कायम गरिएको
छ र अनेकौं
मीठा कथा अनि
उपकथाले पाठकीय आकर्षणलाई डग्मगाउन
दिँदैनन् । मलाई
गजबको लाग्यो यो
उपन्यास ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment