"टलकजंग भर्सेस टुल्के" हेरियो । ठीकै लाग्यो । बतासे कथा बोकेको चर्को मेलोड्रामा बन्ने सिनेउद्योगमा यथार्थको नजिक रहेको, स्थानीय भाषाशैली पक्रेको फिल्मलाई प्रोत्साहन गर्नु पर्छ तर फिल्म अझै राम्रो हुन सक्थ्यो जस्तो लाग्यो । लु सुनको कथा "द ट्रु स्टोरी अफ आह क्यु" को नेपाली संस्करण भनिएको यो फिल्मको कथा अनुवादमा आफ्नो गहिराइ गुमाउन पुगेको अनुभूत हुन्छ । खगेन्द्र लामिछानेले लेखेको कथामा धेरै छिद्र छन् । मुख्य कुरा त कथा सलल बगेको छैन । कमीकमजोरीको रौचिरा विश्लेषण गर्न थाल्दा कथाको ठूलो अंश नै भन्नुपर्ने हुँदा हेर्न मजा आउँदैन, त्यसैले त्यता नलागौं । द्वन्द्वको सतही चित्रण छ कथामा । तर लामिछानेको अभिनय उम्दा छ । पूरै बाँचेका छन् उनी चरित्रमा । अन्य कलाकारको अभिनय पनि राम्रो छ । "लुट" मा निश्चल बस्नेतको स्टाइलिस निर्देशन थियो, यसमा त्यस्तो वाह भन्न लायक खासै काम भेटिनँ । शीर्षकको सार्थकता भेटिन्न (अन्तिममा "फुली" पात्रले व्याख्या गर्न खोजे पनि त्यो कमजोर छ) । एकचोटी हेर्दा हुने तर हलबाट निस्केपछि बिर्सिइने फिल्म लाग्यो मलाई !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment