सौरभको नयाँ पुस्तक "असहमति" पढेर सिध्याएँ । बुझ्नै गाह्रो । धेरै सूचना खाँदाखाँद हुन्छ प्रत्येक लेखमा । तैपनि यसो बुझ्न खोज्दा सौरभले वनस्पति र जीवजन्तु (फ्लोरा यान्ड फौना) लाई आधार बनाएर इतिहासको मूल्यांकन गर्ने रहेछन् । अनि शब्दको उत्पत्ति कसरी भयो होला भन्ने कुरा गम्दै कुनै पनि घटनाको प्राचीनता/अर्वाचीनता खुट्ट्याउन खोज्छन् । यो क्रममा उनी भारतवर्ष र चीनको प्राचीनता र पश्चिमको आधुनिकतालाई पुन:स्थापित गर्दछन् अनि नेपाल राज्यको विश्वसभ्यतामा योगदानको चर्चा गर्न पुग्छन् । आधुनिक समाजले भुलिसकेको राष्ट्रिय गौरवलाई सम्झाउने सौरभको प्रयास प्रशंसनीय छ । तर उनका दाबीलाई "भेरिफाइ" गर्नलाई आफ्नो अध्ययन पनि त्यति नै व्यापक हुनुपर्यो, जो मलगायत धेरैमा छैन । त्यसैले उनका लेखमा आएका पाठक प्रतिक्रिया त्यति गहन नभएका होलान् (जुन यस पुस्तकमा समावेश गरिएका छन्) । नेपालको राजनीतिक तरलताको फाइदा उठाउन खोज्दै पश्चिमले लाद्न खोजेको जातीय विद्वेष र त्यसको मतियार बनेका दलका नेताप्रति उनको तीव्र कटाक्ष छ । तर यी सबै कुरा सहज तरिकाले पनि लेख्न सकिन्थ्यो होला, यस्तो "सिजोफ्रेनिक" शैली उनी किन अपनाउँछन् खै ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment