Saturday, May 24, 2014

Prateek Dhakal's "Anandabhoomiko Yatra"

Prateek Dhakal दाइको सद्य:प्रकाशित पुस्तक "आनन्दभूमिको आँगन" पढेपछि मन काबुमा छैन । अझै पनि डुल्दैछ लाङटाङ, खप्तड र चाँदनी दोधारतिरै । प्रतीक दाइको विशिष्टता नै यही हो । आफ्नो शारीरिक यात्राको वर्णनबाट नै पाठकलाई मानसिक यात्रामा डोर्याउनु र सुमधुर यात्राको छाप दिमागमा अंकित गरिदिनु । दाइ हिउँलाई असाध्यै प्रेम गर्नुहुन्छ र प्रकृतिको चिन्मय स्वरूपको दर्शन गर्नुहुन्छ । यसले उहाँलाई आनन्दातिरेक दिन्छ र निस्कन्छ उहाँबाट प्रशंसोद्गार । उहाँमा रहेको यो आनन्दलाई पाठकसँग बाँड्न सक्नु उहाँको खुबी हो । प्रकृतिको सन्निधिमा सात्विक भावना उब्जन्छन् र आध्यात्मिकताले व्यक्तिलाई संस्पर्श गर्छ भन्ने तथ्यको प्रमाण हो प्रतीक दाइ । नेपाल बुझ्न, प्रकृतिको ईश्वरीय रूपको अवलोकन गर्नका लागि प्रेरणा पाउन अनि देशका कुनाकाप्चामा रहेका सरलमन नेपालीसँग साक्षात्कार गर्न पनि प्रतीक दाइको यो पुस्तक पढ्न जरुरी छ ।

No comments: