Monday, December 3, 2012

Life of Pi: A Visually Sumptuous Film

अंग्रेजी फिल्म "लाइफ अफ पाइ" नहेरी चित्तै  बुझेन आङ ली मेरा प्रिय निर्देशक हुन् अनि यो फिल्मको मूल स्रोतका रूपमा रहेको यान मार्टेलको उपन्यास पनि पहिले नै पढेको मन पराएको हुँ मैले ३डि चस्मा लगाएर फिल्म हेर्न मन लाग्दैन मलाई तर यो फिल्म चस्मा लगाएरै हेर्न लायकको रहेछ भारतको पोन्डिचेरीको चिडियाखाना संचालकको कान्छो छोरो पाइ पटेलले प्रशान्त महासागरमा एउटा बंगाली बाघसँग २२७ दिन बिताएको रोमांचकारी कथा यो फिल्ममा   आफ्ना चिडियाखानाका जनावरसहित भारतबाट क्यानाडातर्फ बसाइ सर्न लागेका पाइका परिवार जापानी जहाजमा चढेर त्यता जाँदा फिलिपिन्सनेरको मारियाना ट्रेन्चमा जहाज दुर्घटना हुन्छ पाइ अनि बाघबाहेकका सबै प्राणी मर्छन् त्यसपछि पाइले एउटा लाइफबोटमा बसेर आफ्नो दिमाग लगाएर बाघलाई साथी बनाउँछ मेक्सिकोमा जीवित पुग्छ तर के यो अपत्यारिलो कथा सत्य हो ? पाइ ठूलो भएपछि एउटा लेखकलाई आफ्नो कथा सुनाउँछ त्यसको दुईवटा भर्जन दिन्छ कुन कथा पत्याउने भनी  फिल्मले दर्शकलाई नै निर्णय गर्न लगाउँछ कथा साधारणखाले तर यसभित्र लुकेको दार्शनिक अर्थ गहन भगवान् को अस्तित्व उनले मानिसलाई दिशानिर्देश गर्छन् भन्ने सन्देश फिल्मले दिन्छ धर्म फरक भएपनि तिनका विचार समान हुन्छन् पनि भन्छ फिल्मले एउटा भनाइ नि, "जाको राखे साइँया, मार सके कोय", अर्थात् जसलाई भगवान् ले बचाउन चाहन्छन्, त्यसलाई कसैले नि मार्न सक्दैन त्यसैगरी फिल्ममा पनि पाइलाई जसरी भए पनि जोगाएका छन् प्रभुले पाइ ईश्वरप्रति कृतज्ञ पनि यसैकारण आस्था, सहअस्तित्व, सहनशीलता, धैर्य मोहरहितता जस्ता महान् सत्यलाई फिल्मको कथाले निहितार्थ बनाएको अनि फिल्म कलापूर्ण यति सुन्दर सिनेमाटोग्राफी भएको फिल्म बिरलै बन्छन् फिल्मको सुरुवाती सटमा जनावरहरू वन्य वातावरणमा रमाइरहेको देखाइएको जसले जेनको आभास दिन्छ समुद्रका लहर, सुन्दर माछा टलक्क टल्केका, आकाशमा टिमटिम गर्ने चम्किला तारा, समुद्रलाई चुम्न तम्तयार बादलुका टुक्रा सबै मिलेको  मनोहारी दृश्य सजिएका छन् फिल्मभरि ३डि प्रविधिको उपयुक्त  प्रयोग गरेका छन् निर्देशक आङ लीले समुद्रको पानीलाई आँखाको लेभलको ठीक बीचमा राखेर खिचेकाले गर्दा दर्शक आफैँ पाइसँगै पानीमा चोपलिएको अनुभव गर्छन् ३डिको विशेषता नै दर्शकलाई वास्तविक अनुभवको सामीप्यको आभास दिनु हो जुन यो फिल्ममा भएको समुद्रका लहरले लाइफबोट हल्लाएका पाइले बाच्नका लागि संघर्ष गरेका  दृश्यमा पनि दर्शकले स्वानुभूतिको रोमांच पाउँछन्    दिउँसो मिरक्याट नामक जनावरले युक्त खाने तरुलको जंगल राति खतरनाक अम्लीय पदार्थ बन्ने टापुलाई लंग सटमा खिच्दा शेषशायी भगवान् विष्णु ब्रह्माण्डीय जलमा शयन गरेको अनुभूति हुन्छ जसको तारिफ गरेरै थाकिन्न फिल्म असाध्यै राम्रो बनेको , हेर्न नछुटाउनुहोला हलमा गएर चस्मा लगाएरै हेर्नुस् भन्छु      

No comments: