जनकराज सापकोटाको निबन्ध संग्रह "जीवन कतिपय" ले निराश गर्यो । तराईका सीमान्तीकृतहरूका बारेमा लेखिएका दुइटा निबन्ध बाहेक अरू सबै बोक्रे लागे ("ललनको बिहे" र "सस्तो मृत्यु : महंगो दु:ख" मा पाठकको संवेदनालाई उद्वेलित गराउन सफल छन् उनी)। अनावश्यक गन्थन यी निबन्धका विशेषता हुन् । विषयमा प्रवेश गर्नुपूर्व लम्बेतान मनोवाद गर्नु र केही शब्दावली दोहोर्याइरहनुले निबन्धको सौन्दर्य क्षय भएको भान हुन्छ । भुइँमान्छेको कुरा उठाएकोमा लेखक दंग देखिन्छन् सायद । तराईका दलित प्रति त उनी सहानुभूति देखाउँछन् तर दोस्रो भागको "सहर र जीवन" मा भुइँमान्छेका क्रियाकलापमाथि उनले गरेका टिप्पणीमा उनी "जजमेण्टल" लाग्छन् । सहरप्रतिको उनको रोष झर्कोलाग्दो छ, अँध्यारो मात्र देख्ने दृष्टि साँघुरो छ । अस्तित्ववादी चिन्तनका केही सूत्रलाई उनी सहरी जीवनमा लागू गर्छन, जस्तै चक्रपथको सिसिफियन तुल्यता, परिवार नियोजनका साधनको अभावमा प्राप्त व्यर्थ जिन्दगी जस्ता बिम्ब प्राय: दोहोरिन्छन् । देखिएका घटनाको थोरै गहिराइमा जाने प्रयत्न गर्दैनन् उनी र सतही टिप्पणीमा रमाउँछन् । आजकलका लेखकमा भाषा सबै थोक, विचार गौण हो भन्ने लाग्छ सायद !
Tuesday, February 3, 2015
Subscribe to:
Posts (Atom)