हिन्दीका मूर्धन्य साहित्यकार अमृतलाल नागरको सन्
१९५६ मा प्रकाशित
काव्यात्मक उपन्यास "बूँद और
समुद्र" पढिसिध्याएँ । लखनउको
एउटा टोलका केही
व्यक्तिको जीवनभोगाइको यथार्थपरक चित्रण
गरेर त्यो सानो
समाजमार्फत स्वातन्त्र्योत्तर भारतका समस्या तथा
तिनका समाधानका उपायका
बारेमा सूक्ष्म टिप्पणी गर्दछ
यो उपन्यासले ।
सामाजिक यथार्थवादको सार बोकेको
यो वैचारिक उपन्यासका
जीवन्त पात्र र घटनाक्रमले
पाठकलाई बौद्धिक तथा भावनात्मक
आनन्द प्रदान गर्छन् ।
पतिद्वारा परित्यक्ता हिंस्रक मनोवृत्ति
भएकी ताई, उच्चवर्गीय
कुलीन परिवारमा जन्मेर
पनि निम्नवर्गको उत्थानमा
रुचि राख्ने अस्थिर
चित्तवाला सज्जन, भारतीय परम्पराको
गहिरो ज्ञान भएको
अनि निजी जीवन
सुमधुर नभएको लेखक महिपाल,
प्रगतिशील विचारधाराकी वनकन्या (सज्जनकी
पत्नी), दयावान कर्नल, नि:स्पृह कर्मयोगी बाबाजी र
अन्य बहुआयामी पात्रले
भोग्ने विभिन्न परिस्थिति तथा
उनीहरूबीचको बौद्धिक संवादले उपन्यासलाई
ओजस्वी बनाएको छ । नारी र
कामको बारेमा गहन
परामर्श भएको छ
। समाजरूपी समुद्रमा बूँदरूपी मनुष्यको
अस्तित्वलाई उपन्यासले
सटीक रूपमा विश्लेषण
गरेको छ । पुँजीवादका
खराबी र समाजवादका
कमजोरीको पनि चर्चा
छ । पुराना
सडेगलेका संस्कारको विरोध र
आधुनिकताको समर्थन गर्दछ उपन्यासले
। आस्तिकताको रससुधाले उँचाइ थपेको
छ उपन्यासमा ।
विचारले थिचेर बोझिल भने भएको
छैन उपन्यास ।
कतै कतै भने
लेखकका विचार पात्रहरूका संवादमा
बढी हावी भएका
छन् । तैपनि
हास्यचेत कायम गरिएको
छ र अनेकौं
मीठा कथा अनि
उपकथाले पाठकीय आकर्षणलाई डग्मगाउन
दिँदैनन् । मलाई
गजबको लाग्यो यो
उपन्यास ।
Thursday, January 17, 2013
Wednesday, January 16, 2013
Subin Bhattarai's "Summer Love"
जवान प्रेमका उतारचढाव
युवा उपन्यासकार सुबिन भट्टराईको ताजा उपन्यास समर लभ पाठकलाई जवान हृदयको प्रेमिल संसारमा पु¥याएर आनन्दित तुल्याउन सफल छ । प्रमुख पात्र अतीत र सायाबीचको प्रेमको उत्कर्ष अनि रहस्यमय तरिकाले उनीहरुमा आएको विग्रहलाई भट्टराईले सुललित गद्य र आकर्षक कथानक विकासमार्फत प्रस्तुत गरेका छन् ।
अतीतको दृष्टिकोणबाट यो उपन्यासको कथानक अघि बढ्दछ । फ्रेम स्टोरीका रूपमा प्रस्तावनामा नर्वेको सेटिङ छ जहाँ अतीतको भेट उपन्यासकारसँग हुन्छ र उसले आफ्नो प्रेम कहानी सुनाउँछ ताकि उपन्यासकारले यसमाथि एउटा कृति सिर्जना गरोस् । अलि कमजोरखालको अतीत र दृढतायुक्त साया वातावरण विज्ञानको स्नातकोत्तर तहका विद्यार्थी हुन्छन् । कीर्तिपुरमा दुवैको बीचमा परिचय हुनुअघि सायाको बारेमा जान्न उत्सुक अतीतको मानसिक उहापोहलाई लेखकले सुन्दरताका साथ पेश गरेका छन् । परिचय भएपछि उनीहरु बानेश्वरबाटै कीर्तिपुर जानेगरेको थाहा पाउँछन् र सहयात्री बन्छन् । यही व्रmममा उनीहरुको बीचमा मीठा घोचपेच र फ्लर्ट हुन थाल्छन् । लेखकको कला यी दुई पात्रका एक लाइनका संवाद र तीव्र गतिको हाजिरजवाफीमा झल्किएको छ । युवा प्रेमीहरुको यथार्थपरक संवाद पाइन्छ । दुवैमा प्रेम बस्दै जान्छ र अतीतको प्रेमप्रस्ताव सायाले स्वीकार्छे । अनि उनीहरुको बीचमा शारीरिक तथा मानसिक प्रेमका अनेकौं शृंखला सुरू हुन्छन् । पोखरा तथा चितवनमा अध्ययन भ्रमण गर्न गएका बेला दुवैको प्रेम अझ उद्दीप्त हुँदै जान्छ । दुवैको पढाइ पनि राम्रै हुँदै जान्छ र दुवैले उच्च अंक ल्याएर एमए सक्छन् ।
साया थप अध्ययनका लागि नर्वे जान्छे भने अतीतले धनगढीमा एउटा जागिर पाउँछ । यो भौतिक दूरीले प्रेमलाई झनै बढाउँछ र उनीहरुको अलि फिल्मी पारामा धनगढीमा विवाह पनि हुन्छ । विवाहपछि साया फेरि नर्वे फर्किन्छे र यसपछि सुरू हुन्छ उनीहरुको बीचमा विग्रह । यो विग्रहको कारण उपन्यासमा खुल्दैन र यही रहस्यमयता नै यसको सशक्त पक्ष हो किनकि पाठकले आफ्नो कल्पनालाई यसमा दौडाउने अवसर पाउँछ ।
उच्च किसिमको शास्त्रीय उपन्यास होइन यो । युवाहरुको प्रेमलाई व्यक्त गर्ने काव्यिक रचना भने पक्कै हो । यसमा दुईथरी रसको उत्कर्ष पाइन्छ । उपन्यासको पहिलो भाग शृंगार रसले भरिएको छ र दुई प्रेमीबीचको तीव्र गतिको संवादले एउटा सुन्दर चाचा नृत्य भइरहेको आभास पाइन्छ । दोस्रो भाग भने करूण रसले सराबोर छ र पीडाले भरिपूर्ण छ । सायाले बेवास्ता गर्न थालेपछि अतीत शोकको सागरमा डुबेको दृश्यले भावुकताको शिर चुमेको पाइन्छ । यो शोकको चरम अतीतले सायालाई लेखेको पत्रमा अभिव्यक्त भएको छ । पत्र तथा डायरीमा लेखकको निजात्मकता राम्ररी झल्किन्छ र यहाँ पनि यस्तो लाग्छ मानौं लेखकले आँसु खसाल्दै यसको रचना गरेका हुन् । पाठक पनि अतीतसँगै रून थाल्छ ।
उपन्यासमा मद्यपानसँग जोडिएका वमनका दृश्यले गहन अर्थवत्ता निर्वाह गर्दछन् । हाल चलचित्र दर्शनमा वीभत्सताको शास्त्र विकसित भएको छ । बर्लिन विश्वविद्यालयका जुलियन हानिचले आकस्मिक वीभत्सता र पूर्वानुमानित वीभत्सता भनी यसको वर्गीकरण गरेका छन् । यसैलाई उपन्यासमा पनि हेर्न सकिन्छ । आकस्मिक वीभत्सतामा वीभत्स वस्तु (उपन्यासमा वमन) अचानक आएर पाठकलाई झट्का दिन्छ अनि उसको ध्यान वीभत्सतामा केन्द्रित गराउँछ । पोखरामा अतीतले धेर रक्सी पिएर पचाउन नसकी छादेको दृश्य यसको उदाहरण हो । अर्कातर्फ पूर्वानुमानित वीभत्सतामा पाठक पहिल्यै वीभत्स दृश्यका लागि तयार भएर बस्छ यस्तो दृश्यको परिणामको अनुमान लगाउन थाल्छ । पछि पछि जब जब अतीतले रक्सी खाएको छ त्यहाँ प्रायः छादेकै छ । यी दुवै वर्गका वीभत्सताले पाठकलाई कथानकीय क्षणमा बाँध्न मद्दत गर्छन् र यिनले अतीतको कमजोरीलाई जोड दिँदै ऊप्रति सहानुभूति पैदासमेत गराउँछन् । यो वीभत्सताले शृंगार रसको समेत उद्दीपन गरेको छ किनकि वमनमार्फत समेत देखिएको अतीतको लूरेपना सायाका लागि प्रेम विकासको माध्यम बन्नपुगेको छ ।
शृंगार रसलाई नै जोड दिनका लागि यौनका दृश्य समेत समावेश गरिएका छन् उपन्यासमा । तर मैथुनका प्रसंग अश्लील छैनन् । कलात्मक पारामा वर्णन गरेका छन् लेखकले यसलाई । अतीत र सायाको प्रथम शरीरसुखका बेला सायाको भाईको अचानक उपस्थितिले जन्माएको तनावले पाठकमा कुतकुती तथा थ्रिल जगाउँछ । थ्रिलकै कुरा गर्दा अतीत सायालाई भेट्न दिल्लीको विमानस्थल जाँदा उसले बेहोर्ने प्राकृतिक तथम अन्य अवरोधको वर्णनले पाठकको ध्यान बाँधिराख्छ । कुनै पनि प्रसंगमा पाठकको ध्यान विचलित हुन पाउँदैन जसलाई लेखनीको बलियो पक्ष मान्न सकिन्छ ।
साहित्यिकताले भरिएका उपन्यासको कमीले ग्रस्त छ नेपाली साहित्य । राजनीति, दर्शन, नारालगायतका साहित्येतर तत्वले थिचेका छन् विशुद्ध साहित्यलाई । तर यो उपन्यासमा साहित्यिक अलंकारको राम्रो प्रयोग भएको छ । भाषामा राम्रो पकड भएका शब्दशिल्पी हुन् सुबिन र यहाँ उनको प्रतिभाको उच्च प्रस्फुटन भएको छ । युवा पाठकहरूले त यो उपन्यासको जोडदार स्वागत गर्नेछन् भने अलि उमेर पुगेका पाठकले पनि आफ्ना विगतका प्रेमिल दिनको सम्झना यसमार्फत गर्नेछन् । त्यसैले पनि यो उपन्यासको सफलता सुनिश्चित भएको हो ।
Monday, January 14, 2013
Salman Rushdie's "Joseph Anton: A Memoir"
Finished reading Salman Rushdie's autobiography "Joseph
Anton: A Memoir". Rushdie recounts his life (especially the extraordinary
life under the threat of fatwa) in this tome that is more than 600 pages long. In
1989, after the publication of his notorious novel "The Satanic
Verses", Ayatollah Khomeini of Iran issued the murderous fatwa against
Rushdie charging the novel to be blasphemous of Prophet Mohammad. Now, I don't
know whether the novel hurt Muslims' religious feelings or not because it was
such a difficult and boring book that even after reading it twice I could not
comprehend many things. But the faithful got hurt and Rushdie defended his
attack against the faith on the basis of free speech. I, for one, don't
subscribe to this defense as art has no right to attack the faith. (Rushdie
takes arguments from that new global religion, "human rights", for
his defense.) But Muslim response was equally deplorable as a person cannot be
killed just because he wrote something unpalatable. The raising of the bounty
money for Rushdie's head every year as shown in the memoir comes across as
gross. Rushdie loves flowery language and likes to show off his command over vocabulary
in his novels (calls his works, instances of pyrotechnics) and this is seen in
the memoir as well. He puts French phrases in plenty. But the book overall is
easy to read unlike some of his novels. He flaunts his egoism in the memoir to
epic proportions and gives boring details of everyday life at times but at the
same time comes across as a brilliant writer that he is by depicting
interesting incidents and writing some killer lines. He quotes surrealists at
one point by saying that the world itself is extraordinary but we are so
habituated to it that we feel it's ordinary. The artist's duty is to wipe off
the patina of ordinariness of the world and show all its true extraordinary
nature. These lines pleased me a lot. And Rushdie's unconditional affection for
his son Zafar is also laudable and at point he forgoes his atheism in
describing his son as "god". His moments with his dying father Anis
are warmly described. His description of India is also full of his love towards
his birth nation. His life under the protection team with many "cloak and
dagger" moments, his feeling of freedom in the US, his assumption of a new
identity ("Joseph Anton" in honor of Joseph Conrad and Anton
Chekhov), his bittersweet relationship with his ex-wives, death by diseases of
his close friends (wing-beating sounds of death angels), his defense by many
prominent writers and politicians—all these get ample of space in the book. Assuming
a new name and forgoing his old identity reflects the themes of his own novels
which portray migrants' uprooted life in cosmopolitan cities. Rushdie is a good
humorist and he has used his talent in the memoir as well. His description of a
Pakistani film that made him the chief villain is very funny. His love for
movies is expressed here and there as the threats to his life are compared with
apocalyptic blackbirds in Alfred Hitchcock's great movie "The Birds".
Brian Grazer, a successful Hollywood movie producer, asks him whether he is
interested in making a movie out of his life. Anyway, I liked Rushdie's memoir
but felt that it could have been edited and shortened.
Monday, December 24, 2012
Chisapani Hike with Book Lovers
अघिल्लो शनिबार र आइतबार
लेखक पाठकको समूहमा मिसिएर चिसापानी-नगरकोट ट्रेकिङ्मा गइयो । बिहान १० बजेसम्ममा चाबेलमा
भेला भएर सुन्दरीजलको गाडी चढियो । किशोर पहाडी, सगुना शाह, अजित बराल, विपिन घिमिरे,
निरन्जन सिंखडा, चन्द्रशेखर खड्का, सुबिन भट्टराई,
अनुपम पोख्रेल, रिजन पोख्रेल, सेवा भट्टराई, ऋचा भट्टराई, शंकर रिजाल, सौगात कार्की
र म उक्त समूहका सदस्य थियौं । हाइकिङको आइडिया अनुपम पोख्रेल याण्ड कम्पनीको थियो
। एक अर्कालाई झन् नजिकबाट चिन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको थियो ।
सुन्दरीजलसम्म साहित्य,
फिल्म, समालोचना लगायतका बिषयमा अनेक कुराकानी गर्दै गैयो । सुन्दरीजल पुगेपछि एउटा
होटेलमा छिरेर चियापान गर्ने योजना बन्यो र चियापानसँगै औपचारिक परिचय आदानप्रदान गरियो
एक आपसमा । फेस्बुकको "बुकाहोलिक्स्" समूहकी जननी सगुना दीलाई किशोर पहाडी
दाइले खादा ओडाएर सम्मान गर्नुभयो तालीका भव्य गडगडाहटसँगै । सगुना दीले खोलेको यो
फेस्बुके समूह विद्वत् भेलाको राम्रो थलो बन्न पुगेको छ आजकल ।
सम्मान तथा चियापानपश्चात्
हाम्रो टोली सुन्दरीजलबाट माथि उक्लियो, दुई किलो जेरीका साथ । समूह ससाना उपसमूहमा
विभक्त भयो र गफका सिलसिला जम्न लागे हिँडाइसँगै । अल्लि माथि पुगेपछि हाम्रो बाटो
शिवपुरी राष्ट्रिय निकुंज हुँदै जाने हुनाले गेटमा टिकट काट्न पर्ने रहेछ, सो काटियो
। अलिबार हिँडेपछि एउटा विश्रामस्थल आयो । त्यहीँ बसेर जेरीमाथि धावा बोलियो । पानी
पिएर बाटो तताइयो त्यसपछि । हिँड्दै गैयो ससानो समूहमा सबैजना । गफ चलेकै छन् । उकालोमा
शरीरलाई परिश्रम पर्ने, तेर्सो बाटो आएपछि दौडिन मन लाग्ने । अनि पहाडका घना जंगलको
हरियाली कति राम्रो ? शीतल पवनस्पर्शले ताजगी ल्यायो तनमनमा । प्रकृति कति सुन्दर छिन्
? अलिक उकालो चढेपछि फेरि विश्राम गर्नलाई एउटा होटेलमा बसियो । अजित दाइ र अनुपम फेनी
खान थाले, अरु चाहिँ सादा पानी र चाउचाउमा रमाउन थाले । किशोर दाइले अलि गाह्रो अनुभव
हुन थालेको कुरा पो गर्नुभो । प्रेसरले सतायो भन्नुभो । केहीबेरको मन्थनपश्चात् दाइलाई
माथि जाँदा गाह्रो हुन्छ, फर्किनु नै उत्तम होला भन्ने निष्कर्ष निस्क्यो र दाइ फर्किनुभो
। अरु भने अगाडि बढ्न थाल्यौं ।
हिँडेका छौं हामी चिसापानीका
लागि उकाली, ओराली, तेर्सो, सोझो बाटो पच्छ्याउँदै । समूह ससाना छन् । बेस्सरी हिँड्नसक्ने
अगाडि दौडिएका छन् । बीचको समूहमा अरुसँग म छु । अन्त्यमा छन् केही अन्य । वन्य वातावरण
मनोरम छ । गाउँका ससाना घर हेर्दै बढ्दैछौं हामी । बाटामा फोटो खिच्ने क्रम पनि जारी
नै छ । नयाँ पढेका किताब, फलानो लेखकको प्रतिभा आदि विषयमा चर्चा परिचर्चा हुँदैछ अनवरत
। बोल्दै हिँड्दा थकाइ लागेको हो धेरै ? तैपनि बोल्न के छोडिन्थ्यो ? जंगली जनावर वा
पक्षीको दर्शन पनि पाइएन । केही सहयात्रीले चाहिँ "हरिण देख्यौं" भनेर ईर्ष्यालु
बनाए पछि । एउटा विश्रामस्थलमा बसेर बाँकी जेरी खाउँ न त भनेको अनुपमले झोलै कता छोडेछ
। हत्तेरिका ! खैर, आफूले बोकेको अन्य खानेकुरा बाँडीचुडी गरे साथीहरूले । एवं रीतले
साँझको ५ बजेतिर चिसापानी पुगियो र निर्धारित होटेलमा बसियो ।
ए लीला, लास्टै जाडो
पो रहेछ त चिसापानी ! २१६५ मिटरको हाइटमा के जाडो नहोस् त ? "ल अब राति मोज गर्ने,"
केटाहरू तात्तिन थाले । बोकेर हिँडेका रहेछन् वाइन आदि । एउटा कोठामा सामान थन्काएर
होटेलबाहिरको खुल्ला ठाउँमा दाउरा बाल्न लगाएर हुर्हुर आगो ताप्दै मापसे गर्न थाले
साथीहरू । नगर्ने हामी अल्पमतमा भएका चाहिँ रेडबुल सुर्क्याउन थाल्यौं । कुरा काट्न
थाल्यौं मन नपरेको मान्छेको । ऋचा आफूले गरेका गल्तीलाई अभिनयमा ढाल्न थालिन् । रमाइलो
भयो । शंकरले गोजीमा लाइटर बोकेको रहेछ, दाउराको आगोको रापले गोजीभित्रै पड्केछ । हताहती
केही भएन धन्य ! ८ बजेतिर दाउरा पनि पच्यो अनि होटेलमा गएर खाना खाइयो । खाना मीठै
थियो । त्यसपछि एउटा ठूलो कोठामा सबैजना बसेर
गफ गर्ने सल्लाह भयो । बसेर थालियो गफ गर्न । अनुपम र अजित दाइले अल्लिअल्लि गरेर बबाल
मापसे गरे होटेलबाट मगाएर । अनुपम त मात चढ्दै गएपछि उन्मुक्त वार्ता गर्न लाग्यो ।
"एफ् वर्ड", "बीप बीप" गर्दै के के भन्छ के के । लास्टै गफाडी
नि ! १२:३० सम्म गफ गर्या छौं गर्या छौं । र्याडिकल फेमिनिस्टलाई खूब उडाए केटाहरूले
। साह्रै भयो भनेर उठियो अनि सुत्नलाई आआफ्नो कोठामा लागियो पछि त । अजित दाइ र म एउटा
कोठामा दुईटा अलग अलग सिङ्गल बेडमा सुत्यौं । मलाई खाट चेन्ज गरेछि निद्रा नलाग्ने
एक त, त्यसमाथि अजित दाइ राति बाघ घुरेझैँ घुर्दा रैछन् । के सुत्न सकिन्थ्यो ? यता
र उता फर्कदैँ हल्का मात्र सुतेर ६ बजे त उठिहालेँ । आफ्नो कोठामा सगुना दी चाहिँ रातभरि
भूतले सिरक चलाएर सुत्नै दिएन पो भन्दै हुनुहुन्थ्यो पछि । कस्तो जाँगरिलो भूत परेछ
त ?
भोलिपल्ट बिहान दाँत
माझ्न पानी खोलेको त आच्छु के साह्रो चिसो पानी ! सिरिङ्गै बनायो । अनि सफा भएर बाहिर
निस्केको त गजबको दृश्य देखियो नि ! सूर्योदय भयो अनि सूर्यकिरणको लालिमाले लाङ्टाङ
हिमालको पूरै रेन्जलाई टलक्क टल्कायो । आहा, कति राम्रो ! म त मुग्ध भएर प्राकृतिक
सौन्दर्यको अवलोकनमा व्यस्त भएँ । थुक्क, क्यामरा बोक्न किन अल्छी गरेँछु नि भन्ने
लाग्यो । ह्या, के भो त ? आँखैको क्यामराले त्यो स्वर्गीय दृश्यलाई स्मृतिपटलमा सुरक्षित
राखेँ । आनन्द आयो । यही दृश्य हेर्न त यस्तो दु:ख गरेर आउँछन् मानिस यहाँ । नेपाल देश प्रकृतिका लागि त धनी छ जे होस्
। दृश्यावलोकनपश्चात्
होटेलमा फर्केर ब्ल्याक कफी खाइयो । दुईतीन कपै पिइयो नि त्यस्तो जाडोमा । सबैजना उठिसकेका
थिए त्यसबेलासम्म । पछि टिबेटन ब्रेडमा टम्याटो सस हालेर ब्रेकफास्ट गरियो । अरुले
भने ब्रेडसँग अम्लेट खाए । अनि ९ बजेतिर लागियो नगरकोटतिर । बाटोभरि हिमालयन रेन्जको
मनोहारी दृश्यमा रमाउँदै बढेका
छौं हामी ससाना समूहमा ।
हिँड्दैछौं । बाटोमा
एउटा ससानो पोखरी आयो । बस्यौं त्यतै एकछिन । घामले रनक्क बनायो जिउलाई । केही साथी फोटो खिच्दै पोखरीका छेउ छेउ डुल्न थाले
। केही समयपछि फेरि बाटो लागियो । उही ससाना समूहमा गफ गर्दै हिँड्दै । भोक लाग्यो
भने बोकेका कुरा खाँदै, तुम्लेटबाट पानी पिउँदै । शरीर पूरै गाह्रोको अनुभव गर्न थाल्यो
अब चाहिँ । रातिको अनिदोँ, त्यसमाथि दीर्घशंका गर्ने जाँगर नचलेको जाडोका कारण । शरीरले पूरै विद्रोह गर्न थाल्यो मेरो । तैपनि घिच्याएँ
यसलाई जेनतेन । लप्सेफेदी भन्ने ठाउँमा आएपछि रमाइलो ओरालो रैछ, झर्न मजा आयो । अनि
त्यतैको एउटा होटेलमा खाना बनाउन लगाइयो । भोकको अनुभव पनि नभाको मलाई त पेट दुखेर
। चन्द्रशेखरजी चाहिँ लौन भोक लाग्यो भन्याछन् बिचरा । पाक्दैन छिट्टो ! रहँदा बस्दा
सेवाले हात हेर्ने काम गरिन् सबैको । धेरैको मिलाइन् । समय कट्यो अलिकति भएनि । बल्ल
बल्ल भात आयो । गमागम खाइयो । मीठै थियो । लगभग अढाइ घन्टा बसिएछ त्यहाँ । चार बज्यो
त्यहाँबाट निस्कदा ।
अब त एक घन्टा हिँडेपछि
गाडी चढ्ने ठाउँ आइहाल्छ नि । ह्या, नगरकोट नजाने अब । जहरसिंह पौवाबाट गाडी चढेर काठमाडौं
जाने । सबैको यही सल्लाह भयो । चन्द्रशेखरजी
र म दौडियौं अगाडि । अरु पछि पछि आइरहेछन् । धुलौटे बाटोमा चितुवाको पंजाछाप देखियो
। त्यतिबेलै कुनै जनावरले आवाज निकाल्यो । सातो गयो । तर केही हैन रहेछ । ल, जहरसिंह
पौवा आयो । गाडी नि पाइयो । जोरपाटीसम्म आउने रहेछ । चियापान गरेर सबैजना चढियो त्यसैमा
। जोरपाटीमा ओर्लिएपछि मैले त बानेश्वर जाने माइक्रो भेटिहालेँ । अरुले पनि गाडी भेटे
क्यारे । हाम्रो रमाइलो यात्रा यसरी पूर्ण भयो । अब फेरि पनि यस्ता यात्रामा निस्कने
योजना छ ।
Monday, December 3, 2012
Life of Pi: A Visually Sumptuous Film
अंग्रेजी फिल्म "लाइफ अफ
पाइ" नहेरी चित्तै बुझेन । आङ
ली मेरा प्रिय
निर्देशक हुन् ।
अनि यो फिल्मको
मूल स्रोतका रूपमा
रहेको यान मार्टेलको
उपन्यास पनि पहिले
नै पढेको र
मन पराएको हुँ
मैले । ३डि
चस्मा लगाएर फिल्म
हेर्न मन लाग्दैन
मलाई तर यो
फिल्म चस्मा लगाएरै
हेर्न लायकको रहेछ
। भारतको पोन्डिचेरीको
चिडियाखाना संचालकको कान्छो छोरो
पाइ पटेलले प्रशान्त
महासागरमा एउटा बंगाली
बाघसँग २२७ दिन
बिताएको रोमांचकारी कथा छ
यो फिल्ममा । आफ्ना
चिडियाखानाका जनावरसहित भारतबाट क्यानाडातर्फ
बसाइ सर्न लागेका
पाइका परिवार जापानी
जहाजमा चढेर त्यता
जाँदा फिलिपिन्सनेरको मारियाना
ट्रेन्चमा जहाज दुर्घटना
हुन्छ र पाइ
अनि बाघबाहेकका सबै
प्राणी मर्छन् । त्यसपछि
पाइले एउटा लाइफबोटमा
बसेर आफ्नो दिमाग लगाएर बाघलाई
साथी बनाउँछ र
मेक्सिकोमा जीवित पुग्छ ।
तर के यो
अपत्यारिलो कथा सत्य
हो त ? पाइ
ठूलो भएपछि एउटा
लेखकलाई आफ्नो कथा सुनाउँछ
र त्यसको दुईवटा
भर्जन दिन्छ ।
कुन कथा पत्याउने
भनी फिल्मले
दर्शकलाई नै निर्णय
गर्न लगाउँछ ।
कथा साधारणखाले छ
तर यसभित्र लुकेको
दार्शनिक अर्थ गहन
छ । भगवान्
को अस्तित्व छ
र उनले मानिसलाई
दिशानिर्देश गर्छन् भन्ने सन्देश
फिल्मले दिन्छ । धर्म
फरक भएपनि तिनका
विचार समान हुन्छन्
पनि भन्छ फिल्मले
। एउटा भनाइ
छ नि, "जाको
राखे साइँया, मार
सके न कोय",
अर्थात् जसलाई भगवान् ले
बचाउन चाहन्छन्, त्यसलाई
कसैले नि मार्न
सक्दैन । त्यसैगरी
फिल्ममा पनि पाइलाई
जसरी भए पनि
जोगाएका छन् प्रभुले
। पाइ ईश्वरप्रति
कृतज्ञ पनि छ
यसैकारण । आस्था,
सहअस्तित्व, सहनशीलता, धैर्य र
मोहरहितता जस्ता महान् सत्यलाई
फिल्मको कथाले निहितार्थ बनाएको
छ । अनि
फिल्म कलापूर्ण छ
। यति सुन्दर
सिनेमाटोग्राफी भएको फिल्म
बिरलै बन्छन् ।
फिल्मको सुरुवाती सटमा जनावरहरू
वन्य वातावरणमा रमाइरहेको
देखाइएको छ जसले
जेनको आभास दिन्छ
। समुद्रका लहर,
सुन्दर माछा टलक्क
टल्केका, आकाशमा टिमटिम गर्ने
चम्किला तारा, समुद्रलाई चुम्न
तम्तयार बादलुका टुक्रा सबै
मिलेको मनोहारी
दृश्य सजिएका
छन् फिल्मभरि ।
३डि प्रविधिको उपयुक्त प्रयोग
गरेका छन् निर्देशक
आङ लीले ।
समुद्रको पानीलाई आँखाको लेभलको
ठीक बीचमा राखेर
खिचेकाले गर्दा दर्शक आफैँ
पाइसँगै पानीमा चोपलिएको अनुभव
गर्छन् । ३डिको
विशेषता नै दर्शकलाई
वास्तविक अनुभवको सामीप्यको आभास
दिनु न हो
जुन यो फिल्ममा
भएको छ । समुद्रका लहरले लाइफबोट
हल्लाएका र पाइले
बाच्नका लागि संघर्ष
गरेका दृश्यमा
पनि दर्शकले स्वानुभूतिको
रोमांच पाउँछन् । दिउँसो मिरक्याट नामक
जनावरले युक्त खाने तरुलको
जंगल राति खतरनाक
अम्लीय पदार्थ बन्ने टापुलाई
लंग सटमा खिच्दा
शेषशायी भगवान् विष्णु ब्रह्माण्डीय
जलमा शयन गरेको
अनुभूति हुन्छ जसको तारिफ
गरेरै थाकिन्न ।
फिल्म असाध्यै राम्रो
बनेको छ, हेर्न
नछुटाउनुहोला । हलमा
गएर चस्मा लगाएरै
हेर्नुस् भन्छु म त ।
Monday, October 29, 2012
Sharada Sharma's "Taap"
शारदा शर्माको उपन्यास “ताप” पढिसिध्याएँ । नेपालीमा दार्शनिक उपन्यास कमै लेखिएका छन् र भएका पनि उल्लेखनीय छैनन् तर यो उपन्यासले त्यो रिक्ततालाई पूर्ण गर्ने जमर्को गरेको छ । यसमा धेरै कथावाचकले आफ्ना जीवन अनुभव, विशेषगरी आध्यात्मिक तापले दिएका अनुभव, को बेलीविस्तार लगाएका छन् । भैरवनाथ गणमा सेनाद्वारा अकारण यातना दिइएकी सुजाता; राणाशाही परिवारका कुरूपता, वर्गीय भिन्नता भएका श्रीमान्सँगको सम्बन्ध टुट
ेबाट तथा छोरीको कोपभाजन हुनुपरेर व्यथित चन्द्रिका (सुजाताकी आमा); सेनाको अत्याचारका कारण माओवादी भएको मुक्ति; चन्द्रिकाको साथी यमन; कैवल्य आश्रमका गुरु तथा उनकी पत्नीलगायतका कथावाचकले उपन्यासका घटनाक्रमलाई अघि बढाएका छन् । उपन्यासको बढी भाग चाहिँ चन्द्रिकाले ओगटेकी छिन् । बौद्ध धर्मका अनेकौं आयाम, बाउल सम्प्रदायका आध्यात्मिक अभ्यासका बारेमा उपन्यासमा चर्चा भएको छ । चन्द्रिका र सुजाता दुवै विद्रोही प्रकृतिका नारीवादी चेतनाका महिला हुन्छन् जसको टक्कर भौतिक र आध्यात्मिक क्षेत्र दुवैतिरमा पुरुषसँग पर्छ । उनीहरूका तीखा र जायज प्रश्नको उत्तर दिन धर्मगुरुहरू असमर्थ हुन्छन् । उनीहरूले खोजेको उत्तर तन्त्रले मात्र दिनसक्छ जस्तो लाग्छ मलाई त । जे होस्, उनीहरूका दार्शनिक उद्गारले उपन्यास गरिमामय बनेको छ । जीवन भोगाइका यथार्थमा समेत दार्शनिकता हुन्छ जसलाई यी पात्रमार्फत उपन्यासकारले बयान गरेकी छिन् । उपन्यासको भाषामा ओज छ र शैली पनि ठीकै छ । तर केही घटनाक्रमको तारतम्य नमिलेको जस्तो लाग्छ । कतिपय ठाउँमा भाषिक अशुद्धता र मुद्राराक्षस भेटिन्छन् । तीनवटा तापमा आधिदैविक, आधिभौतिक र आध्यात्मिक ताप हुनुपर्नेमा “आदि” प्रयोग गरिएको छ जसले अनर्थ गर्छ । भाषा सम्पादकले अलि मेहनत गरेजस्तो लागेन । अनि विषय सम्पादकको अभाव टड्कारो देखिन्छ । मुक्ति भन्ने पात्र त्यति दह्रो लागेन र उसको अन्त्य पनि मन परेन । भैरवनाथ गणमा सुजाताले आफ्नो नाम ढाँटेको कन्भिन्सिङ लागेन । तर पात्र स्थापना गर्न चाहिँ शर्मा माहिर रहिछन् । जस्तोसुकै सानो पात्रको पनि मसिनो वर्णन गरेकी छिन् उनले । बाह्य प्रकृति तथा मानवनिर्मित वस्तुका सार्थ पात्रको मनोदशालाई कवित्वपूर्ण वर्णन गर्नसक्ने शर्माको कलाको तारिफ गर्नैपर्छ । संवाद भने बोझिल छन् कतै, कतै यथार्थपरक पनि छन् । पुरुषको परुष मनोवृत्तिलाई सफलतापूर्वक देखाइएको छ । उपन्यासमा नारीवादी स्वर मुखर छ । उपन्यास केही कमीकमजोरीका बाबजुद सशक्त छ । एकचाटि पढ्नैपर्ने खालको छ । तर अलि बौद्धिक हुनाले जोकसैले मन नपराउन सक्छन् । (“सकस” र यो उपन्यास सँगसँगैजसो निस्केका र तिनका विषय तथा शैलीमा पनि समानता रहेको जस्तो लाग्यो । द्वन्द्वका केही प्रतिनिधिमूलक घटनामध्येको भैरवनाथ गण अध्यायलाई दुवै उपन्यासमा महत्व दिइएको छ ।)
Jagadish Ghimire's "Sakas"
जगदीश घिमिरेको नयाँ उपन्यास “सकस” पढिसिध्याएँ । तीनजना कथावाचकका माध्यमले आधुनिक नेपालका प्रमुख राजनीतिक र ऐतिहासिक घटनाक्रमको विवरण प्रस्तुत गरिएको यो उपन्यासमा औपन्यासिकताभन्दा बढी उन्मुक्त आलोचनात्मक टिप्पणी बढी हावी भएको पाइन्छ । पृथ्वीनारायण शाहले एकीकरण गरेको नेपालमा उनीपछिका शासकले ल्याएको भाँडभैलोको वर्णन गरेर घिमिरेले सबै (राज) नेता र राजनीतिक दलको हुर्मत लिएका छन् । सामान्य मान्छेका लागि
नेपाल नर्कभन्दा कम नभएको अनि नेताले चाहिँ बेस्सरी लुटेको विवरण प्रस्तुत गरिएको छ । नेपाली जनताले जतिखेर पनि भनिरहने कुरालाई यो उपन्यासमा विषय बनाइएको छ । इतिहासका खास घटनामा केही कल्पनाको रंग चढाएर हल्का साहित्यिक पुट दिन खोजिएको भएपनि यो उपन्यासमा वस्तुतः टिप्पणी नै बढी छ । द्वन्द्वकालमा माओवादी तथा सेनाबाट प्रताडित अनि द्वन्द्वोत्तर समयमा मधेशवादीबाट पीडित बनाइएको शरद, बलात्कारपीडित उसकी श्रीमती कुमारी र राजनीतिक विचलन तथा सन्तानबाट पीडित उनीहरूलाई आश्रय दिने जीबा (हरिवंश) ले कथाका क्रम जोडेका छन् । पौराणिक शैली अपनाइएको छ । कथा र उपकथाका सञ्जाल र “अमुक उवाच” भनेर कुनै पात्रले पुराना कुरा सुनाउने शैली रमाइलो लाग्यो । संस्कृतका महाकाव्यका प्रसंग बीचबीचमा घुसाएर लालित्य थपिएको छ । भाषामा मीठास छ र हास्यचेत कायम राखिएको छ । भाषिक शुद्धता कायम छ, कतैकतै मात्र चिप्लिएको देखिन्छ । उपन्यास पढ्दा कहीँ पनि बोर लाग्दैन किनकि इतिहासका रोज्जा रमाइला प्रसंगलाई लेखकले प्रस्तुत गरेका छन् । तर केही ठाउँमा भने कोरा टिप्पणी छन् जसले अलिक रसभंग गर्छन् । सपनाको बिम्ब मोटिफका रूपमा आएको छ । सपना देखाएर युद्धबाट फाइदा उठाउने नारावादी नेताप्रति लेखकले तीखो प्रहार गरेका छन् । विदेशीको इसारामा चलेर नेपाली समाजको हार्मोनीमा धावा बोल्ने एनजिओ र आइएनजिओमाथि पनि निर्मम आक्रमण गरेका छन् उनले । अन्त्यमा आशावादी स्वर पनि गुञ्जिएको छ उपन्यासमा । तैपनि लेखकले ठाडो टिप्पणी गर्नतर्फ नलागेको भए उपन्यास अझै मीठासयुक्त हुनसक्थ्यो भन्ने चाहिँ लागिरह्यो मलाई । यसका बाबजुद मलाई उपन्यास मन पर्यो र यसको प्रकाशन स्वागतयोग्य मानेँ ।
Subscribe to:
Posts (Atom)