Monday, December 9, 2013

Govindaraj Bhattarai's "Mugalaan"

गोविन्दराज भट्टराईको लघुउपन्यास "मुगलान" ले विदेशी भूमिमा हाड घोट्ने सानो प्रतिफल पाउने नेपाली कामदारहरूको पीडाको मार्मिक वर्णन गरेको नेपालको पूर्वी पहाडबाट भारतको दोर्लिङ (दार्जीलिङ)  सामान खरिदबिक्री गर्न झरेका कामदार सुतार ठूले सिलिगुडी रेलवे स्टेसनमा लुटिएपछि ठग दलालको फन्दामा परेर अन्य कामदारसँगै भुटान पुर्याइन्छन् जहाँ उनीहरूलाई शून्य पारिश्रमिक   आधा पेट खानामै कठोर श्रम गर्न लगाइन्छ सडक बनाउने काममा खटिएका यी कामदारले ज्यान सुकाएर काम गर्दा पनि तलब दिन आनाकानी गरिन्छ र धेरैजसो कामदार अंगभंग हुन पुग्छन् जिम्दार ठेकेदारका दुर्वचन तथा यातना खप्दै खतरनाक काममा यिनीहरू लागिरहन्छन्   भाग्न खोज्नेलाई प्रहरीले पक्रन्छ यस्ता डिपाइटे (डिपोर्टेड?) लाई कोर्रा लगाइँदै पुन: काममा जोतिन्छ काम गर्ने क्रममै मृत्युवरण गर्नुपर्छ कैयौंले सुतार कार्की जे पर्ला पर्ला भनेर भाग्छन् तर कार्की बाटैमा मर्छ सुतार एक्लै एउटा गाउँ पुग्छ जहाँ एउटा दयालु परिवारको कृपाले केही समयसम्म उसको जीवन सुखी हुन्छ तर विगतले उसलाई वर्तमानमा पिछा गरिरहेकाले उसलाई अन्ततोगत्वा अभिघात हुन गएर उसको जिन्दगी फेरि नर्कतुल्य हुन पुग्छ यो लघुउपन्यासको  सान्दर्भिकता हालसम्म पनि कायम परिवारसँग स्वस्थ बिदा भएको कामदार खाडीबाट बाकसमा चिरनिद्रामा सुतेर आउनु अहिलेको दैनन्दिनी बनेको अमानवीय अवस्थामा थोरै तलबका लागि काम गरेर शारीरिक तथा मानसिक क्षति बेहोर्न बाध्य गरिब देशका युवकका यी कथाव्यथा अझै केही समयका लागि सुनिने नै छन् यो पुस्तकले त्यस्तो अमानवीयताका विरुद्ध "पोलेमिक" को भूमिका निर्वाह गर्छ मानवअधिकारको डिस्कोर्समा अहिले आप्रवासी कामदारको हकका मुद्दा उठ्दैछन्, त्यसमा यो पुस्तकले सन्दर्भ ग्रन्थको काम गर्नसक्छ    भट्टराईले स्थानीय भाषालाई जस्ताको त्यस्तै  पक्रेकाले उपन्यासमा यथार्थको मिठास अनुभव गर्न पाइन्छ भने न्याचुरलिजमले जुगुप्सा पनि जगाउँछ (पीप, टट्टी, झुन्डेका छाला लगायतका वर्णनमा) कालमा चाहिँ गडबड भएको एउटै अनुच्छेदमा भूतकाल भएका वाक्यका बीचमा वर्तमानकालयुक्त वाक्य  घुस्न आउँदा अमिल्दो हुन पुगेको धेरै ठाउँमा अनि अनुच्छेद पनि कुनै चाहिँ अतिनै लामा (दुई पेजका) हुँदा पनि असुन्दर बन्न पुगेका छन् यी कमजोरीहरू लेखकका प्रथम प्रयास (२०३१ सालमा लेखिएको) भएकाले क्षम्य होलान् सायद कारुणिकताले सराबोर उपन्यासका पात्रलाई लेखकले अति साह्रै दु: दिएको पोएटिक जस्टिस कतै नभएको चाहिँ चित्त बुझेन                         

Sunday, December 8, 2013

Vikas Swarup's "The Accidental Apprentice"

The third novel by Vikas Swarup of "Q & A" (Slumdog Millionaire)-fame, "The Accidental Apprentice" is a novel featuring convenient co-incidences and plot machinations about an ordinary salesgirl Sapana Sinha who has to face extraordinary events in her life. A filthy-rich tycoon, Vijaya Mohan Acharya, approaches Sapana out of the blue one day and proposes her to become the CEO of his company which has budget of billions of rupees. The catch is that she has to pass seven tests that examine her worthiness to become the CEO. Sapana reluctantly agrees to the tests and thus embarks on a dangerous journey which changes her life forever. The novel hurtles ahead on a fast pace and as the plot thickens, readers are sucked into the story. Many characters come and go as Sapana moves from one test to another. Contemporary issues like hunger-strike against corruption, media-circus, organs-donating rackets, exploitation of child labor, corporate rivalry, the truth of reality shows and so on are introduced as tests Sapana goes through. Friends turn out to be having hidden agendas and perceived enemies turn out to be friends. Happenstance and chance play major roles in propelling the narrative forward and cheap filminess appears now and then. It seems that Swarup has started playing to the gallery and has invested his talent in churning out tawdry novels after the success of "Q &A" which was a serious commentary on the dark side of modern India. The two successive novels (the second being "Six Suspects") are merely its pale copies.

Telling A Tale: Kitchen Dramas

थिएटर भिलेजमा देखाइएको महिला हुनुको अनुभवसम्बन्धी अंग्रेजी (नेपाली र हिन्दी भाषा पनि बीचबीचमा रहेको) नाटक "टेलिङ अ टेल : किचन ड्रामाज" हेरियो । केही समयअघि अर्चना थापाको सम्पादनमा निस्किएको पुस्तक "टेलिङ अ टेल" मा सन्निहित विभिन्न नेपाली नारीका जीवन भोगाइका कथालाई डेबोरा मेलोराले नाटकमा उतारेकी हुन् । दुई भाग (याक्ट) मा रहेको र दुई घन्टा अवधिको यो नाटकमा दसवटा कथा प्रस्तुत भएका थिए । तिनैतिनै कलाकारले विभिन्न कथामा अभिनय गरेका थिए । "टेलिङ अ टेल" किताब नपढेकाले नाटक हेर्दा कतिपय कथा बुझ्न गाह्रो भयो । "किपिङ अप अपियरेन्सेस" भन्ने कथाले देखाउन खोजेको कुरा बुझ्नै सकिनँ मैले । सगुना शाह दिदीको कथा "मेमोआर अफ अ सानो महारानी यान्ड र पेन विदिन" चाहिँ पढेको भएर पनि होला अनि सगुना दी, राजकुमार पुडासैनी, बिना गुरुङलगायतको बेजोड अभिनयका कारण घतलाग्दो बन्नपुगेको छ । गैरव्यवसायिक कलाकार भइकन पनि सगुना दीले राम्रो अभिनय गर्नुभयो । सायद आफ्नै जीवन कहानीमा उहाँलाई सजिलो भएको होला । पीडालाई बखुबी उतार्नुभयो अभिनयमा । स्मृति रविन्द्रनको कथा "मदर्स" चाहिँ नाटकभरिकै सबभन्दा उत्कृष्ट कथा लाग्यो र पागल हजुरआमाको भूमिका निर्वाह गर्ने बिना गुरुङले अत्यन्तै प्रशंसनीय अभिनय गरिन् । मलाई त सन्न भएर आयो उनको अभिनय हेरेर । अर्को मन परेको कथा आभा एलीको "सेकेन्डह्यान्ड लाइज" हो । बिनिता बरालले पीडित पत्नी र दिव्यदेव पन्तले पीडक पतिको भूमिका गजबले देखाए । तर पति किन पीडक हुन पुग्यो भन्ने चाहिँ नखुलेकोमा असन्तोष लाग्यो । अन्य कथा ठीकठीकै लागे तर भन्नैपर्दा "चुंगी इन युएस" चाहिँ सबभन्दा कमजोर लाग्यो । महिलाको अनुभवभन्दा पनि आप्रवासीको अनुभव बढी पस्किने यो कथा अनावश्यक लामो र बोरिङ रह्यो । "माइ फर्स्ट डिसिजन" ले पनि निराश गर्यो । सूत्रधारले कथा सुनाउने कन्सेप्ट ठीकै हो तर कतिपय सूत्रधारले बोर गरे, स्टिल्टेड यान्ड स्टिफ डायलग डेलिभरीमार्फत । माथि नाम परेकाबाहेक अन्य कलाकारको अभिनय ठीकै लाग्यो (राजकुमार पुडासैनीले नेपाली पाराको अंग्रेजी बोलेर तथा घरीघरी उलजुलूल हर्कत गरेर हँसाए) । धेरैथरी कथामा आएर कन्फ्युज्ड नभई संवाद कण्ठ पारेर अनेक मुद्रा तथा भावका अभिनय देखाउनु चुनौतीपूर्ण काम हो र यसका लागि अभिनेताहरूले गरेको मेहेनतको प्रशंसायोग्य छ । 

Wednesday, December 4, 2013

Jhola: The Film

कृष्ण धरावासीको चर्चित कथा "झोला" मा आधारित त्यही नामको चलचित्र आज हेरियो । निर्देशक यादव भट्टराईले आजभन्दा १०० वर्षअघिको नेपाली समाजमा रहेको विधवा महिलालाई सती जान बाध्य पारिने कुप्रथाको बारेमा चलचित्र बनाउन राम्रो अनुसन्धान गरेर अनि उम्दा लोकेसन छानेर गरेको मेहनत प्रशंसायोग्य लाग्यो । तत्कालीन अवस्थाको समाज, मान्छेका लवाइखवाइ, घरका बनोटलाई अहिलेको समयमा विश्वासिलो तवरले उतार्नु चानचुने कुरा हैन । धागोले सिएका लबेदा, चोला, गुन्यू, टोपीहरूले त्यतिखेरको पहिरनलाई झल्काउँछन् । फुसको छाना भएका माटाका घर, नाङ्गै खुट्टा हिँड्ने मान्छे जस्ता कुराको सूक्ष्म अध्ययन गरिएको रहेछ । त्यो समाजको "फील" नआउला भनेर गाउँको वाइड सट नलिइकन घटनाका आवश्यक  दृश्य मात्र खिचिएको छ । सिनेमाटोग्राफी राम्रो लाग्यो । पहाडका घना जंगललाई जोड दिएर खिचिएको छ । यसले जंगलको विरानमा अमानवीय कृत्य हुन्छन्, जंगली कानुन चल्छ भन्ने प्रतीक बोक्छ जस्तो लाग्छ । त्यस्तै साँघुरा बाटालाई पनि घरीघरी देखाइनुले तत्कालीन समाजका साँघुरा चिन्तनलाई प्रतिबिम्बित गरेको हुनसक्छ । कलाकारहरूको अभिनय राम्रो छ । गरिमा पन्तले सती जान बाध्य बनाइएकी नारीको भूमिकालाई न्याय गरेकी छिन् तर उनको अभिनय क्षमताको अझै बढी सदुपयोग हुनसक्थ्यो भन्ने लाग्यो । लक्ष्मी गिरीको अभिनय पनि तारिफयोग्य छ तर उनले लामा संवादमा उपदेश गरेको चाहिँ चित्त बुझेन अनि अल्लि बढी रोनाधोना भयो । बालकलाकारको अभिनय एकदुई ठाउँमा (जस्तो, भात खान बस्दा  आमालाई सम्झेर रोएको लगायतमा) अब्बल छ भने अन्यत्र चाहिँ कमजोर छ । धरावासी र उनकी पत्नीले भने राम्रो अभिनय गर्न सकेनन्, कृत्रिम लाग्यो उनीहरूको डाइलग डेलीभरी  तर उनीहरू व्यवसायिक कलाकार नभएकाले यो स्वाभाविक हो । फिल्म "स्लो" छ । कतिपय दृश्यलाई अनावश्यक तन्काइएको छ । कथानक चलचित्रभन्दा पनि डकुमेन्ट्रीजस्तो लाग्छ घरीघरी । विदेशीलाई हाम्रो संस्कृति देखाउने हिसाबमा मात्र खिचेका होलान् कतिपय सन्दर्भ भन्ने लाग्यो । तर नेपालमा बन्ने चलचित्रहरूको दाँजोमा यस्तो गम्भीर र यत्तिको गुणस्तरको चलचित्र बन्नुलाई सकारात्मक उपलब्धिकै रूपमा लिएँ मैले । हेर्न सिफारिस गर्दछु ।                              

Sunday, December 1, 2013

Appraising the play "Court Martial"

"कोर्ट मार्सल" नाटक हेरियो । सेनाका एक उच्चपदस्थ अधिकारीको हत्या तथा अर्का अधिकारीको हत्याप्रयासको आरोप लागेका जवान (सवार) राम बहादुरको मुद्दामा बसेको सैनिक अदालतको कारबाहीको कथा बोकेको यो नाटक सशक्त विषय तथा अभिनयका लागि सराहनीय बन्न पुगेको छ । पक्ष विपक्षका वकिलका जिरहले इन्टेन्स बनाएको घटनाक्रम क्रमशः बढ्दै जाँदा सेनाभित्रका सामन्ती सोच तथा संस्कार, आफूमातहतका जवानमाथि उच्च अधिकारीले गर्ने दुव्र्यवहार, जातभातको कुसंस्कारजन्य विभेद आदिका पर्दा खुल्दै जान्छन् र अदालती कारबाहीको जिम्मेवारीमा बसेका अधिकारीहरूको अवधारणामा परिवर्तन आउँदै जान्छ । प्रत्येक नयाँ घटनाक्रममा दर्शकहरू बाँधिदै जान्छन् र सुपात्रप्रतिको सहानुभूतिमा तरंगित हुन्छन् । सबै कलाकारको काम उच्चकोटिको छ । अनुशासन कायम राख्ने कर्नेल रूपक सिंह (राजेश हमाल), सत्यका दार्शनिक पक्षको चर्चा गर्ने प्रतिरक्षक वकिल क्याप्टेन विजय पोख्रेल (सुवास थापा), नाटकका भिलेन भन्न सकिने क्याप्टेन जिबी राणा (कर्मा शाक्य) र रामबहादुर (विशेषगरी उनको त्यो कारुणिक क्रन्दन) को अभिनय विशेष नोटेबल लाग्यो भने अन्यको पनि अब्बल नै छ । क्रोधको इमोसनले नाटकमा महत्त्वपूर्ण स्थान ओगटेको छ र क्रोधातिरेकमा केही संवाद चर्का बन्नपुगेका छन् । संवादविहीन अवस्थामा पनि सबै पात्रका मुखमुद्राले संचार गरिरहेको गजब लाग्यो । नाटकमा एकपछि अर्का तनावयुक्त घटना आउँछन् र तनाव चुलीमा पुगेपिच्छे पाँच दस मिनेटको ब्रेक लिएर दृश्य बदलिन्छ । तीव्र तनावलाई कम गर्न हास्यका क्षण पनि देखा पर्छन्, विशेषगरी बिएस राणाले हँसाउँछन् । नाटकमा संवाद कण्ठ पार्नु जटिल काम हो र आज कलाकारहरू शब्दमा झुक्किएर चिप्लिएका थिए कैयौंचोटि । सानातिना त्रुटिका बाबजुद मलाई घटनाक्रममा डुबाउन सफल भएकाले मेरो दृष्टिमा यो एक उत्कृष्ट नाटक हो र निर्देशक अनुप बराल तथा पूरा टिम प्रशंसाका हकदार छन् ।

Govinda Bartaman's "Hariyo Cycle"

गोविन्द वर्तमानको निबन्ध संग्रह "हरियो साइकल" पढेपछि उनको व्यक्तित्वलाई नजिकैबाट चिन्ने अवसर मिलेको अनुभूति भयो । यात्रासंस्मरण, बाल्यकालीन/किशोरकालीन सम्झना, साहित्य/सिनेमा/ललितकलामाथि उनका दृष्टिले पनि प्रकारान्तरमा उनको व्यक्तित्वलाई नै पाठकसमक्ष पुर्याइरेको भान भयो । सामाजिक न्यायका पक्षधर भई कट्टर वामपन्थी धारणाबाट चाहिँ आफूलाई अलग्याएका वर्तमानले शोषक वर्गका प्रतिनिधि र दुईमुखे चरित्रका व्यक्तिमाथि तीखो प्रहार गरेका छन् । किशोरकालमा कम्युनिस्ट हुँदा कांग्रेस वा राजतन्त्रनिकट ठानिएका विशिष्ट लेखक/कलाकारको बारेमा लहडमा नराम्रो धारणा राखेका वर्तमानले तिनको सान्निध्यमा आफूलाई पुनर्मूल्यांकन गरेबाट उनको लचिलोपना तथा प्रौढता झल्कन्छ । उनको अन्तर्यमा चिहाउनका लागि "एउटा किशोरको एक्लोपन" जस्तो निबन्ध सहायक हुन्छ जहाँ उनले आफ्नो अन्तर्मुखी व्यक्तित्वको व्याख्या गरेका छन् । अत्यन्तै कम साथीसंगाती बनाएका वर्तमानले तिनै मित्रहरूलाई आफ्ना लेखमा घरिघरि दोहोर्याएका छन् भने आफ्नो घर रहेको चावहिलको इलाकालाई उनले धेरै निबन्धमा सेट गरेका छन् । पिताप्रति उनको धारणा त्यति प्रियकर थिएन जस्तो लाग्छ केही निबन्ध पढ्दा । शीर्ष निबन्ध "हरियो साइकल" मा पिताले आफूलाई मरणासन्न स्थितिबाट बचाएको घटनालाई पनि उनले निरपेक्ष तवरले वर्णन गरेका छन् । विचारको पृष्ठभूमिलाई देखाउने निबन्ध "विचारका डोबहरूमाथि" मा वर्णित श्रीधरबाप्रति भने उनमा श्रद्धा देखा पर्छ । श्रद्धाकै कुरा गर्दा केही साहित्यकारका मृत्युमा शब्दश्रद्धाञ्जलि दिने क्रममा उनी तिनीहरूमध्ये कसैको बारेमा गहिरो विश्लेषण गर्न पुग्छन् भने कसैको बारेमा सतही कुरा गर्छन् । उनका नियात्रा अलि साधारण लागे । लाङटाङ यात्राको लामो नियात्रामा अनावश्यक वर्णन भरमार छ र उनले अघिल्लो पुस्तक "सोह्र साँझ" मा देखाएको व्यक्तिसंवेदना खोतल्ने कला यसमा पाइएन । पुस्तकको सम्पादन तथा पुनर्लेखन हुन नपाउँदै उनको मृत्यु भएकाले यसो हुनगएको हुनसक्छ । मृत्युको पूर्वाभाष उनलाई भएको कुरा "हरियो साइकल" मा परेको छ जहाँ उनले बारम्बार पुकारा गर्छन्, "मलाई मुक्ति देऊ !" सरल भाषाशैलीमा आफ्ना कुरा प्रस्ट भन्नसक्ने लेखकका रूपमा वर्तमानप्रति मेरो श्रद्धा छ तर उनका केही निबन्ध अझ कलात्मक हुनसक्थे भन्ने मलाई लागिरह्यो । भाषिक अशुद्धताले समेत रसभंग गरेका छन् कतिपय निबन्धमा ।

Ashwin Sanghi's "The Krishna Key"

अश्विन संघीको अंग्रेजी उपन्यास "द कृष्ण की" (कृष्ण साँचो) अतीतमुखी हिन्दु अवधारणालाई पुनर्पुष्टि गर्ने थ्रिलर उपन्यास हो । वर्तमान र भविष्यभन्दा हाम्रो अतीत नै महान् थियो र हाम्रा पुर्खाले अहिले देखिएका वैज्ञानिक चमत्कार पहिल्यै गरिसकेका थिए तथा सबै कुराको स्रोत भारतीय सभ्यता नै हो भन्ने दाबी यो उपन्यासले गर्छ । यो दाबी सत्य हुनसक्छ तर अतीतमोह तथा वर्तमानप्रति उदासी हामी हिन्दुको कमजोरी हो भन्ने लाग्छ मलाई । अतीतका गौरवशाली आविष्कारको वर्तमानमा कसरी सदुपयोग गर्ने भन्नेमा हाम्रो ध्यान जानु जरुरी छ, न कि स्तुतिगानमा आफूलाई सीमित गर्नु । भगवान् कृष्णको स्यमन्तक मणिमा न्युक्लियर क्षमता थियो र त्यो अहिले कहाँ छ भन्ने खोज उपन्यासको चुरोका रूपमा रहेको छ । गलत हातमा पर्दा यसले विनाश ल्याउने हुनाले उपन्यासका असल पात्र इतिहासका प्राध्यापक रविमोहन सैनी, प्रहरी निरीक्षक राधिका सिंह र सहायक निरीक्षक राठौरले खराब पात्र सर खान, प्रिया, तारक वकिल र सुनिल गर्गलाई रोक्ने प्रयास गर्नुमा उपन्यासको द्वन्द्व केन्द्रित छ । तारक वकिललाई माताजी उर्फ प्रियाले कल्की अवतारका रूपमा लिई भगवान् कृष्णको अस्तित्व खोजी गर्ने अतीतमुखी प्रवृत्तिका छेदी, कुरकुडेलगायतका वैज्ञानिकहरूको हत्या गर्न लगाउँछे । सैनीमाथि यी हत्याको गलत आरोप लाग्छ र उसले आफूलाई पछि निर्दोष साबित गर्छ । घटनाहरू गुजरात, राजस्थान, कैलाश मानसरोवर, सोमनाथ, आग्रालगायतका स्थानमा हुन्छन् । तीव्र गतिले घटनाक्रम विकसित हुन्छन् तर बीचबीचमा सैनीका लामा लेक्चरले स्पिडब्रेकरको काम गर्छन् र यी लामा गफलाई अन्य पात्रले समेत मन पराउँदैनन् । लेखकले अनुसन्धान त मजैले गरेका रहेछन् उपन्यास लेख्नका लागि । पढुन्जेल पट्यार लाग्दैन र अनेकौं तथ्य पनि थाहा पाइन्छ । शब्द उलटपुलट गर्ने एनाग्राम प्रयोग गरिएको छ । "द दा भिन्ची कोड" उपन्याससँग अत्यधिक मिलेकोले चाहिँ लेखकको बेइमानी झल्कियो ।