"अंकल
बुन्मी हु क्यान
रिकल हिज पास्ट
लाइभ्स" भन्ने गहन अर्थ
बोकेको तर बुझ्न
गाह्रै हुने एउटा
थाइ फिल्म हेरेँ
। अपिचातपोङ वीरसेथकुलद्वारा
निर्देशित तथा सन्
२०१० को प्रतिष्ठित
कान्स पुरस्कार जित्न
सफल यो फिल्ममा
हिन्दू तथा बौद्धदर्शनको
पुनर्जन्मसम्बन्धी विषयलाई समेटिएको छ
। थाइ सेनाका
पूर्व फोटोग्राफर बुन्मी
किड्नीको समस्याका कारण मृत्यु नजिकै
पुगेका हुन्छन् र अलि
पहिलेदेखि नै
सहरबाट धेरै टाढाको
एउटा जंगलमा सानोतिनो
घर बनाएर मौरीपालन गरेर
बसेका हुन्छन् ।
उनलाई लाओसको एकजना
केटाले स्याहार गरिरहेका हुन्छन्
। उनलाई भेट्न
उनकी साली बैंककबाट
त्यो जंगलमा पुगेकी
हुन्छिन् । बेलुकाको
खाना खाँदा बुन्मीकी
मृत श्रीमती र
छोरा भूत बनेर
आउँछन् र लामो
कुरा गर्छन् ।
भूतप्रेत र जीवित
मानिस सँगै बसेर
कुरा गर्ने जादुई
यथार्थवादी शैली अपनाइएको
छ फिल्ममा ।
बुन्मी भूतप्रेतमा विश्वास गर्ने
हुनाले भूतसँग तर्सिंदैनन् ।
आफू मर्ने बेला
आएकाले बुन्मी आफ्ना विगतका
जीवन सम्झन थाल्छन्
। उनी कुनै
जन्ममा अर्ना थिए, कुनैमा
माछा थिए, कुनैमा
राजकुमारी थिए, कुनैमा
भिक्षु थिए ।
यही जन्ममा चाहिँ
सैनिक हुँदा उनले
थाइल्याण्ड र लाओसको
सिमानामा धेरै कम्युनिस्ट
गुरिल्लाहरूलाई मारेका थिए र
जीवनको उत्तरार्धमा आफ्ना खेतमा
कीरा मारेका थिए
। यो पापका
कारण अर्को जन्ममा
दु:ख पाइएला
भन्ने उनलाई डर
छ । पछि
उनी आफ्ना मृत
तथा जीवित नातेदारसँग
घना जंगलको बीचमा
रहेको एक गुफामा
पुग्छन् । त्यो
गुफा गर्भको आकारको
हुन्छ । अर्को
जन्ममा पुग्नका लागि फेरि
गर्भधारण गर्नु जरुरी त
हुन्छ । फिल्मको
अन्त्यतिर एउटा भिक्षु
गृहस्थीको घरमा आएको
र सांसारिक सुविधा
भोगेको देखाइएको छ र ती चरित्र जीवित
मानिस हुन् कि
मृत छुट्ट्याउनै गाह्रो
हुन्छ । कि
त्यो भिक्षु बुन्मी
हुन् ? यो फिल्ममा
खास कथा भन्नु
केही छैन ।
बौद्ध ध्यानमा ध्यानस्थले
तत्वमा ध्यान गर्छ र
मानसिक विश्लेषणको चक्रव्यूहबाट आफूलाई
अलग पार्छ ।
त्यसैगरी यो फिल्ममा
दर्शकले घटनाको अनुभव गरुन्,
रौंचिरा विश्लेषण गर्नतिर नलागून्
भन्न खोजिएको होला
। प्रकृतिका दृश्य खिच्दा
र अन्यत्र पनि
एकदमै लामा टेकहरू
लिइएका छन् ।
धैर्यशाली हुनुपर्छ फिल्म हेर्दा
। मलाई पनि
कतैकतै चाहिँ झ्याउ नै
लागेर आयो ।
यो बौद्ध विषयवस्तुका
अलावा राजनीतिक टिप्पणी
पनि सूक्ष्म तवरले
गरिएको छ फिल्ममा
। थाइ सरकारले
शीतयुद्धताका कम्युनिस्ट गुरिल्ला माथि गरेको
क्रूर दमन तथा
थाइल्याण्डमा हुने मानव
अधिकार उल्लंघन (बेपत्ताका घटना)
लाई भूतप्रेतको कथामार्फत
देखाइएको छ ।
बुन्मीको छोरा जंगलमा
बेपत्ता पारिएर मारिएका रहेछन्
। (यस्तै खालको
विषयलाई फिलिपिन्सको फिल्म "द
रोड" ले पनि
उठाएको थियो ।
फिलिपिन्समा मानिस व्यापक रूपमा
बेपत्ता पारिन्छन् ।) जंगल,
झर्ना, जनावर, मौरीका सुन्दर
दृश्य समावेश छन्
फिल्ममा । सुन्दर
छायांकनले फिल्मको उँचाइ थपेको
छ ।
Thursday, August 16, 2012
Thursday, August 2, 2012
After reading "The Road"
Finished reading Pulitzer prize-winning post-apocalyptic dystopian novel by Cormac MacCarthy, "The Road." Due to an unknown disaster, the earth's ecology has been almost destroyed. People have resorted to cannibalism. In this bleak environment, a father and a son take a long walk over many days southwards, sea-bound. They meet many good and bad guys on the way. The father is a laconic guy and he doesn't answer his son's queries with pleasure. (Sparse dialogue and terse one-liners are distinguishable features of the book.) The son acts as the conscience of the father and asks him to treat humans that they meet with respect. They keep walking down the road but they don't know what they wiil get once they reach the sea. They reach there and the father meets with a disaster.
This is a good book but not an enjoyable one. Bleakness permeates the whole book. In fact, MacCarthy gives a nod to Charles Dickens's "Bleak House" in style. The seaward journey might be an evoking of the return to the water, the primary habitat of all beings. The father tells the son that they are carrying fire within them which might be the fire of goodness. I find the book to be a strong argument for the preservation of nature and ecology. People should check their recklessness regarding nature. The post-disaster scenario doesn't look nice.
This is a good book but not an enjoyable one. Bleakness permeates the whole book. In fact, MacCarthy gives a nod to Charles Dickens's "Bleak House" in style. The seaward journey might be an evoking of the return to the water, the primary habitat of all beings. The father tells the son that they are carrying fire within them which might be the fire of goodness. I find the book to be a strong argument for the preservation of nature and ecology. People should check their recklessness regarding nature. The post-disaster scenario doesn't look nice.
Monday, June 18, 2012
"Paniko Gham" is soporific
"पानीको घाम" : निद्राको ओखती
तपाईं अनिद्राको रोगले ग्रस्त हुनुहुन्छ भने अमर न्यौपानेको उपन्यास (?) "पानीको घाम" राम्रो औषधि हुनसक्छ । पट्यारलाग्दो छ यो उपन्यास । पहिला त यो उपन्यास हो कि कथा संग्रह भन्ने छुट्ट्याउनै गाह्रो । नेपालगंजका धेरैथरी मान्छेका कथा यसमा छन् र तिनको औपन्यासिक संश्लेषण गरिएको छैन । प्रत्येक अध्यायमा छुट्टाछुट्टै कथा छन् । यो एपिसोडिक उपन्यास हो कि त ? जिटिजेडको परियोजनाअन्तर्गत सहरको कथा लेख्नेहरूमध्येका एक न्यौपानेले नेपालगंज कार्यक्षेत्र पाएका रहेछन् । त्यो क्रममा उनी नेपालगंज पुगेर त्यहाँ दुई महिना बसेर कथा लेखेका रहेछन् । उपन्यासको रचनागर्भ पनि उनले यहीँ समावेश गरेका छन् । प्लेन चढेर नेपालगंज गएको, "राइटर्स ब्लक" का कुरा, पात्र बन्ने व्यक्तिसँग भेटेका कुरा, नेपालगंज घुमेका कुरा पनि छन् । ती सबै लम्लस्टे विवरण किन दिनुपर्थ्यो कुन्नि ? कथारम्भ र कथान्त शीर्षकमा उनले भेटेका पात्रका कुरा गरेका छन् र यी अल्छीलाग्दा बनेका छन् । गन्थन छ यिनमा । अंग्रेजीमा "longeur" भन्ने शब्द छ जसले कुनै पनि उपन्यासका लामा र झर्कालाग्दा प्रसंगलाई इगित गर्छ । त्यो "longeur" यहा पाइन्छ । भाषा त न्यौपानेको सशक्त पक्ष नै हो र यो उपन्यासको भाषा पनि मीठो छ । न्यौपाने वर्णनात्मक पक्षमा सबल छन्, कथानक पक्षमा दुर्बल । त्यसैले कथाहरू नदीसरी सलल बगेका छैनन्, पोखरीजस्तै एक ठाउँमा जमेका छन् । प्राय: गरीब पात्रहरूको कथा छ यहाँ । सानो कुरामा दंगा हुने भनिएको नेपालगंज सहरमा जीविकार्जनका लागि बाहिरबाट आएका तथा स्थानीय दुवैथरी पात्र छन् । बहुल पात्र र तिनको चरित्रचित्रण राम्रै छ । तर ती पात्रका कथाले कारुणिकता जगाउने वा आनन्द दिने काम गर्दैनन् । अनि तर्कसम्मत पनि छैनन् एक दुईटा कुरा । एउटा पात्र नेपालगंजबाट विराटनगर सिधै प्लेनमा गएको भनिएको छ जबकि त्यहा सिधा रुट नै छैन । मलाई त यो उपन्यास पढिसक्न धेरै समय लाग्यो र पढ्दा पढ्दै निद्रा पनि लाग्यो किनभने यसमा पाठकीय आकर्षणका तत्त्व खासै पाइनँ मैले !
Monday, June 11, 2012
"Can Love Happen Twice" suffers from over self-indulgence
Ravinder Singh's peppy romantic novel "Can Love Happen Twice", sequel to the hugely successful "I too had a love story", disappointed me because of its vulgar display of solipsism. The writer keeps repeating the success of his first novel throughout this work. He praises himself ad infinitum. Rather than making his new story a strong love-tale, he indulges in the success of the previous novel which, he claims, changed lives of many a people including himself. This time his love story moves to a new location at Belgium where Ravin meets Simar, a fun-loving and fiercely independent Indian girl, who is pursuing her MBA studies there. Ravin has a temporary job in Belgium and it takes no time for him to be close and fall for a belle fille among the small community of Indians there. He had been licking his past wounds and making his heart icy cold after losing Khushi but Simar enters into his life to elevate his moods. Their love life moves ahead swiftly and they even consummate their love. Whereas Ravin's love with Khushi was virginal, this one gets raunchy. So, the title of the novel is a rhetorical question. However, their plans of marriage involve problems due to Simar's high lifestyle and grand ambitions. Ravin is heading towards another heart-break. Will fate repeat its cruel design on him? I won't give away the story. The story is ok, not as emotional as that of the previous novel. You can't expect much from these kinds of bestsellers but this sequel falters in comparison to the original novel. The style too is unconvincing as the story is told in an FM station which airs it all night long. More than that, the writer talks inordinately about his own greatness that rather irritates the reader. Overall, a so so novel.
"Swa Astitwako Khoj": An Analysis
"स्वअस्तित्वको खोज
" विविध कारणले नलेखिने र लेखे पनि पाउनुपर्ने चर्चा नपाउने नारीहरूले
भोगेको दस्तावेज हो र यसको प्रकाशन स्वागतयोग्य छ । नारी
हुनुकै कारण विभिन्नखाले नियन्त्रण,
अप्ठ्यारा र समस्याको
सामना गर्नुपरेका अनुभवहरूले
सजिएको यो पुस्तकमा
त्यस्ता नारीको कथा व्यथा
समेटिएको छ जसले जिन्दगीमा
केही गरेर देखाए
। विशेषगरी साहित्यमा
आफ्नो प्रतिभा प्रदर्शन गरेका
महिलाले आफ्नो अनुभवको पोको
यहाँ फुकाएका छन्
। नितान्त नारी
अनुभव, जस्तै रजस्वला र
गर्भाधानका अनुभव, पनि यहाँ
व्यक्त भएका छन्
। अनि बाआमाले
छोरा पाउन गरेको
हत्ते र छोरी
जन्मिदाँ देखाएको निराशा, इज्जतसँग
जोडेर स्वतन्त्रतामा लगाएको
बन्देज, विवाह गरेर गएपछि
श्रीमानको घरमा सामना
गर्नुपर्ने अप्ठ्यारा, घरायसी कामका
बोझ सम्हाल्दा सम्हाल्दै
साहित्यसेवामा लागेको अनुभव, अभिव्यक्ति
स्वतन्त्रताका बाधा, पितृसत्तात्मक सोच
भएका नारीले नै
अन्य नारीमाथि गर्ने
भेदभाव, पुरुषले गर्ने शारीरिक
तथा मानसिक हिंसा आदिको
खुलस्त विवरण पढ्न पाइन्छ
यो पुस्तकमा ।
विशेषगरी मलाई अर्चना
थापा, अमृता लम्साल,
कल्पना बान्तवा, सीताजी, मनीषा
गौचनका लेख मन
परे । मोमिला
र गीता त्रिपाठीका
लेख अलि जटिल
लागे भने शीला सेन
र हरिमाया भेटवालका
लेख पुस्तकको थिमबाट
भड्किएको जस्तो लाग्यो ।
अन्य लेखिकाहरूका रचना
पनि राम्रा छन्
यद्यपि साहित्यकार
भैकन पनि भाषा
एकदम सपाट र
नीरस भएकाले एक दुईजनाको
चाहिँ झुर लागेर
पढ्नै मन भएन
मलाई । तर
नारी पाठकहरूले यी
लेखमा समानुभूति भेटछन् भने पुरुष
पाठकले नारीहरूको अवस्थाका बारेमा
संवेदनशील हुनुपर्ने सन्देश पाउँछन्
। नारीलाई
हेपेर "तिमीहरूले पनि लेख्नसक्छौ
र?" भन्ने सौभिनिस्टिक सोचाइ
पाल्ने पुरुष देख्दा रिस
उठ्छ, मानौं राम्रो लेख्नु भनेको पुरुषकै
ठेक्का हो ! । नारीको बारेमा पुरुषले
लेख्दै आएका थिए
हालसम्म र त्यो
त्यति प्रभावशाली थिएन ।
यहाँ त नारीले
नै आफ्ना कुरा
लेखेका छन् जसबाट
इमान्दारी झल्किन्छ । हामी
पुरुषले नारीलाई कस्तो व्यवहार
गरिरहेका रहेछौं त
भनी आत्मनिरीक्षण गर्नलाई
बाध्य बनाउँछ यो
पुस्तकले । समग्रतामा
कुरा गर्दा यो
नेपालीमा आवश्यक पुस्तक हो
र सम्पादकलाई यो
विषयवस्तुमा पुस्तक प्रकाशनको विचार
आएकोमा धन्यवाद दिनु वांछनीय
छ ।
Tuesday, June 5, 2012
"Urgenko Ghoda": An unartistic novel
"उर्गेनको
घोडा": कलाविहीन उपन्यास
युग पाठकको पुस्तक "उर्गेनको घोडा" उपन्यासभन्दा
पनि प्रचारबाजीले भरिएको
राजनीतिक दस्तावेजजस्तो देखिन्छ । जनयुद्धको
बखान गर्न लेखिएको
एपोलोजिस्ट कृति हो
यो । जनयुद्धको
कमान्डर रहेकी एकजना तामाङ
महिला म्हेन्दो केन्द्रीय
पात्र रहेको यो
उपन्यासमा ताम्सालिङ प्रदेशलाई आधारभूमि
बनाएर युद्धको मोर्चामा
खटेका लडाकुहरूको वर्णन
गरिएको छ ।
एक छेत्री युवकसँग
अन्तर्जातीय विवाह गरेर छोरीकी
आमा बनेकी म्हेन्दोको
मानसमा तामाङ पुर्खा योद्धा
उर्गेन र उनको
सेतो घोडा मोटिफका
रूपमा बारम्बार आइरहन्छ
। मकवानपुरमा रहेको
याबेङ खोलामा खस
राजाले उहिल्यै छलकपट गरेर
निहत्था तामाङ राजालाई उनको
योद्धा उर्गेन तथा अन्य
लडाकुसहित मारेको र तामसालिङ
कब्जा गरेर तामाङहरूलाई
लखेटेको इतिहास दोहोरिरहन्छन् म्हेन्दोको
दिमागमा । आफ्नो
पूर्खाविरुद्ध भएको घातको
बदला लिन जनयुद्धको
सहायतामा याम्बु (राजधानी काठमाडौं)
कब्जा गरेर खस
शासकको सत्ता
पल्टाउने सपना छ
म्हेन्दोको । विषय
त राम्रो छनेका
हुन् लेखकले ।
दबाइएका जातिले गरेको विद्रोह
र उनीहरूको मिथको
सहानुभूतिपूर्वक गरिएको वर्णन यसमा
छ । तर
लेखकमा शिल्पको अभाव भएकाले
यो झर्कोलाग्दो किताब
बन्न पुगेको छ
। त्यो पुरानो
मिथलाई असाध्यै धेरैचोटि दोहोर्याउँछन्
लेखकले । ("ए बाबा,
भयो क्या, बुझियो
! कति भनिरा एउटै
कुरा" भन्न मन
लाग्छ पुस्तक पढ्दै
गर्दा !) यो ठ्याक्कै
कम्युनिस्ट प्रशिक्षणको शैली हो,
एउटै कुरा भनेको
भन्यै गरेर कार्यकर्ताको
दिमागमा घुसाउने । रुसमा
एकताका "भल्गर मार्क्सिजम" अपनाएर
साहित्य लेख्ने चलन थियो
। यो उपन्यासले
त्यही परम्परालाई धानेको
छ । यही
वर्गीय र जातीय
चेतनाका कुरालाई कलात्मक बान्की
दिन पनि त
सकिन्थ्यो तर लेखक
यसमा चुकेका छन्
। अनि घरीघरी
इटालिक्समा उनले आफ्नै
कथा "लालपाइलो" पत्रिकामा धारावाहिक रूपमा विभिन्न
पात्रले पढेका र मन
पराएका भनी देखाएका
छन् । यो
नार्सिसिजम हो कि
कुनै उत्तरआधुनिक प्रयोग
? जे भएपनि भद्दा
देखिएको छ ।
लेखक आफैँ पात्रमा
हाबी भएका छन्
कतैकतै र बोझिल
संवाद बोलाएका छन्
। लामा लामा
कम्प्लेक्स वाक्य गठन पाइन्छ
। त्यसैगरी भाषिक
अशुद्धता प्रशस्त छन् पुस्तकमा
। क्रान्तिकारीको ठाउमा
"क्रन्तिकारी" छ पुस्तकभरि
। हिन्दी शब्द ज्यादा प्रयोग
गरिएका छन् ।
"पहलु", टेबलमा पडेको वस्तु",
"सन्नाटा" जस्ता शबदको निर्बाध
प्रयोगले लेखकको हिन्दीमोह झल्किन्छ
। नेपाली
पुस्तकहरूको पुरानो रोग, सम्पादनको
अभाव, बाट ग्रस्त
छ यो पनि
। रुपचन्द्र विष्टको
प्रसंग भने राम्रो
छ । अनि
मलाई पुस्तकमा गरिएका
प्रकृति वर्णन पनि राम्रो
लाग्यो । सैलुङको
चिसो हावाले छोएको
अनुभूति हुन्छ त्यहाँको वर्णन
पढ्दा । उपन्यासका
पात्रको कुरा गर्दा
म्हेन्दोको मानसिक उहापोहको विमर्श
खासै प्रभावशाली देखिन्न
अनि पल्लवीको चरित्रमा
धेरै आयाम पाइन्न
। अरु पात्रको
ठीकठीकै चरित्रचित्रण गरिएको छ । तर नेपालका
विविध जातजाति तथा
तिनका संस्कृतिप्रति चाहि
संवेदनशील बनाउँछ पुस्तकले ।
Monday, June 4, 2012
Gaura Prasain's "Mera Jeevanka Pana"
गौरा प्रसाईंको सस्मरण "मेरा जीवनका पाना" पढुन्जेल आङ सिरिङ्ग भयो अनि यस्ती साहसी महिलाप्रति असीम श्रद्धा जागेर आयो । पंचायत फाल्न हिँडेका कम्युनिस्ट क्रान्तिकारीहरूसँग मिसिएर अनेकौं ठक्कर, शारीरिक र मानसिक यातना, दुर्व्यवहार, बलात्कारको सिकार हुनुपरेर पनि आफ्नो अदम्य आत्मबलका कारण कर्तव्यपथमा लागिरहने विगत रहेछ उहाँको । आफ्नै नेताको रुखोपन, नेपाल प्रहरीको क्रूर यातना, भारतीय कोठीमालिकका अत्याचारका कैयौं सिलसिला झेलेर क्रान्तिको बाटोमा अघि बढेकी थिइन् गौरा । आफूले भोगेका नारकीय यातनाको खुलस्त वर्णन साहसिक तवरले गरेकी छिन् उनले यो संस्मरणमा । मान्छेको शरीरले कतिसम्म यातना खप्न सक्दोरहेछ भन्ने थाहा लाग्छ यो पुस्तक पढ्दा । नारीको त्यो कोमल शरीरमा यातना दिने ती नरपशुहरू देखेर तिनलाई धिक्कार्न मन लाग्छ । अनि यसरी संघर्षमा लागेकी श्रद्धेय महिलाप्रति कुदृष्टि राख्ने कापुरुषप्रति असीम घृणा उत्पन्न हुन्छ । हुन त सहयोगी पुरुषहरू पनि भेट्छिन् उनले । छोटा र चोटिला वाक्य छन् यो पुस्तकमा । त्यस्तो दुर्दान्त यातना खपेका बेलामा पनि हास्यचेत छोडेकी छैनन् लेखिकाले । हुन त जो सबभन्दा बढी पीडित हुन्छ उ नै सबभन्दा रमाइलो हुन्छ रे । हिटलरको ग्यास च्याम्बरमा मृत्यु कुर्ने यहुदीहरू जोक गरेर बस्थे रे । कुनै प्रसंगमा भने तार्किकता छैन, क्रमभंगता छ । बनारसमा यमुनाको चर्चा छ जबकि त्यहाँ त गंगा नदी पो बहन्छिन् । यस्ता झिनामसिना कुरालाई ध्यान नदिकन पढ्ने हो भने यो एउटा छुटाउनै नहुने उत्कृष्ट पुस्तक हो ।
Subscribe to:
Posts (Atom)