Tuesday, February 3, 2015

जनकराज सापकोटाको "जीवन कतिपय" Janak Raj Sapkota's "Jiwan Katipaya"

जनकराज   सापकोटाको  निबन्ध संग्रह "जीवन कतिपय" ले निराश गर्यो । तराईका सीमान्तीकृतहरूका  बारेमा लेखिएका दुइटा निबन्ध बाहेक अरू  सबै बोक्रे लागे ("ललनको बिहे" र "सस्तो मृत्यु : महंगो दु:ख" मा पाठकको संवेदनालाई उद्वेलित गराउन सफल छन् उनी)। अनावश्यक गन्थन यी निबन्धका विशेषता हुन् । विषयमा प्रवेश गर्नुपूर्व लम्बेतान मनोवाद गर्नु र केही शब्दावली दोहोर्याइरहनुले निबन्धको सौन्दर्य क्षय  भएको भान हुन्छ ।  भुइँमान्छेको   कुरा उठाएकोमा  लेखक दंग देखिन्छन् सायद । तराईका दलित प्रति त उनी सहानुभूति देखाउँछन् तर दोस्रो भागको "सहर र जीवन" मा भुइँमान्छेका क्रियाकलापमाथि उनले गरेका  टिप्पणीमा  उनी  "जजमेण्टल" लाग्छन् । सहरप्रतिको उनको  रोष झर्कोलाग्दो छ,  अँध्यारो मात्र देख्ने दृष्टि साँघुरो  छ । अस्तित्ववादी  चिन्तनका केही सूत्रलाई उनी सहरी जीवनमा लागू गर्छन, जस्तै चक्रपथको सिसिफियन तुल्यता, परिवार नियोजनका साधनको  अभावमा प्राप्त व्यर्थ जिन्दगी जस्ता बिम्ब प्राय: दोहोरिन्छन् । देखिएका घटनाको थोरै गहिराइमा जाने प्रयत्न गर्दैनन् उनी र सतही टिप्पणीमा रमाउँछन् । आजकलका लेखकमा भाषा  सबै थोक,  विचार गौण हो भन्ने लाग्छ सायद !