Sunday, September 29, 2013

Hindi movie "The Lunchbox"

 हिन्दी फिल्म  "द लन्चबक्स" हेरियो घरैको खाना अफिसमा पुर्याउने मुम्बईका डब्बावालाहरूको एक गल्तीका कारण कसरी एक गृहिणी सेवानिवृत्त हुन लागेको सरकारी कर्मचारीका बीच प्रेम हुन पुग्यो भन्ने कथा यसमा मध्यमवर्गीय परिवारकी गृहिणी इला (निम्रत कौर) को आफ्नो श्रीमानसँग राम्रो सम्बन्ध  छैन श्रीमानको मन जित्न उनी दिनहुँ मीठा परिकार बनाउने कोशिश गरिरहन्छिन् यसमा उनकी छिमेकी (आन्टी जसको आवाज मात्र सुनिन्छ पार्श्वबाट) ले सहयोग गर्छिन् तर दैववशात् उनले श्रीमानका लागि पठाउने डब्बा सरकारी कार्यालयका लेखापाल विधुर साजन फर्नान्डिज (इर्फान खान) कहाँ  पुग्छ गल्ती थाहा पाएपछि इलाले साजनलाई चिट्ठी पठाउँछिन् साजनले जवाफ फर्काएपछि उनीहरूका बीच त्यै लन्चबक्समा चिट्ठी आदानप्रदान हुन्छ जसमा उनीहरूले आफ्नो जीवनका दु: एक अर्कासँग साट्छन् (चिट्ठीमात्र  नभएर यहाँ खानाले पनि पो संवाद गर्छ विस्तारै दुवैको मनमा  प्रेमांकुर समेत रोपिन्छ तर के ती दुई सदाका लागि एक अर्काका हुन सक्लान् ? फिल्म ओपेनएन्डेड   इर्फान खान, निम्रत कौर नवाजुद्दिन सिद्दिकीले एकदमै राम्रो काम गरेका छन् नवाजुद्दिनले अस्लम शेखको भूमिका निर्वाह गरेका छन् जो साजन रिटायर भएपछि उनको स्थानमा आउन खोजिरहेको कथानक अघि बढ्दै जाँदा हुने चरित्रको विकासलाई   निर्देशक रितेश बत्राले कलात्मक पाराले देखाएका छन् इर्फान सुरुमा एक्लै बस्ने अल्लि विथड्रन खाले हुँदा उनको शारीरिक हाउभाउ टाइट देखिन्छ भने चिट्ठीमार्फत मनका व्यथा फुकाउँदै जादा शरीर पनि रिल्याक्स्ड हुँदै जान्छ  र अस्लमप्रति पनि  उनी खुल्दै जान्छन् चिसा मान्छेलाई पनि प्रेमको तातोले मानवीयता दिलाउँछ    अनि उनले  आँखाले, मुखमुद्राले पनि धेरै बोलेका छन् बरु शब्दै चाहिँ कम निकाल्छन् मुखबाट (फिल्मजस्तो भिजुअल माध्यममा साइलेन्सको कत्तिको महत्त्व हुन्छ भन्ने कुरा यहाँ मज्जैले प्रमाणित हुन्छ) निम्रतले पनि ननभर्बल जेस्चरमार्फत उत्कृष्ट अभिनय गरेकी छिन् आवाज मात्र सुनिने भए पनि भारती अच्रेकरको "अभिनय" लाजवाब (हुन पूरा फिल्मको चुरो नै अनुपस्थितिमा अडिएको ) नवाजुद्दिनको हास्य करुणायुक्त अभिनय पनि काबिलेतारिफ मुम्बई सहरलाई मजाले दृश्यांकन गरिएको केही सिन दोहोरिएका फिल्म अवधिलाई घटाउन सकिने कमजोरीका बाबजुद यो बलिवुडमा बन्ने फिल्महरूमध्ये  प्रशंसनीय प्रयास बन्न पुगेको नेपालमा भने हलमा रिलिज नभएकाले डिभिडी ल्याएर हेर्नुपर्छ